अश्लील चित्रण

यौन कार्यहरूको स्पष्ट रूपाङ्कन

अश्लील चित्रणले यौन उत्तेजनाका लागि यौनको चित्रणलाई बुझाउँछ ।[१] अश्लील चित्रण पत्रिका, एनिमेसन, लेख, चलचित्र, भिडियो वा भिडियो गेमको रूपमा उपलब्ध हुन सक्छ । यस वाक्यांशले अश्लील कार्यक्रमलाई समावेश गर्दैन । आधुनिक अश्लील चित्रणको प्राथमिक विषय अन्तर्गत यौन प्रदर्शनकर्ताहरू पर्दछन् ।

गोलाकारभित्र XXX लेखिएको चित्र ।
XXX ले अश्लील चित्रण जनाउँछ ।

विभिन्न सामाजिक समुदायले यौनको चित्रणलाई अनैतिक र दुर्व्यसनी मानी अवैध बनाएका छन् । यस्ता मान्यताका साथै अश्लील चित्रणको परिभाषा पनि देश र समुदाय अनुसार फरक भएको पाइन्छ ।[२] अश्लील चित्रणको निर्माण र उपभोग गर्ने यौन उद्योगको स्थापना र विकास २० औँ शताब्दीको दोस्रो भागतिर मात्रै भएको थियो । घरघरमा टेलिभिजनइन्टरनेटको सुविधाले विश्वभर यौन उद्योगको राजस्व वृद्धि तीव्र गतिमा हुन थाल्यो । अहिले यस उद्योगले बर्सेनि रूपमा अरबौँ रुपियाँको राजस्व आर्जन गर्छ ।[३] सन् २००६ मा विश्वभरको यौन उद्योगले रु. ९७ अर्बको आम्दानी गरेको थियो ।[४] यो उद्योग हजारौँ प्रदर्शनकर्ताका साथै उत्पादन कर्मचारीहरूका लागि जीविकोपार्जनको स्रोत बनेको छ । अहिले चाहिँ बलात्कारसाइबरसेक्सका भिडियोहरू पनि सजिलैसँग नाम चलेका अश्लील वेबसाइटमा हेर्न सकिन्छ ।[५][६]

वर्गीकरण सम्पादन गर्नुहोस्

अश्लील चित्रणका विभिन्न प्रकार हुन्छन् । अश्लील चित्रणमा प्रायजसो विषमयौनिक क्रियाकलापहरू देखाइने हुनाले यौन उद्योग मुख्य रूपमा विषमयौनिक धारणाको माध्यम मानिन्छ । यद्यपि, समयौनिक क्रियाकलापको चित्रण, प्रभुत्व, यौन प्रतीकात्मकता, पारलैङ्गिक यौन र शारीरिक परिमार्जन जस्ता अश्लील चित्रणहरू पनि उपलब्ध छन् ।[७] अश्लील चित्रणलाई निम्न रूपमा वर्गीकृत गर्न सकिन्छ:

अध्ययन र विश्लेषण सम्पादन गर्नुहोस्

अश्लील चित्रणका प्रभावबारे विभिन्न अध्ययन र अनुसन्धान गरिएका छन् ।[८] यस्ता अनुसन्धानमा बलात्कार, घरेलु हिंसा, यौनजन्य सङ्क्रमण, सम्भोगमा समस्या र बाल यौन हिंसाका सम्भावनालाई अध्ययन गरिन्छ ।[९] अश्लील चित्रणको लत लाग्ने मान्यता भएपनि निश्चित निस्कर्षमा पुग्न पर्याप्त प्रमाण प्राप्त भएको छैन ।[१०] कयौँ अध्ययनले अश्लील चित्रणको वैधताले बलात्कार र घरेलु हिंसा घट्ने निस्कर्षमा पुगेको छ भने अन्य अध्ययनहरूको कुनै निश्चित निष्कर्ष निस्केको छैन ।[११]

नीतिनियम सम्पादन गर्नुहोस्

 
अश्लील चित्रणसम्बन्धि नियमको नक्सा ।
  वैध
  वैध, प्रतिबन्धित
  अवैध
  तथ्य अनुपलब्ध

अश्लील चित्रणसम्बन्धि नीतिनियम देश र समुदाय अनुसार फरक पर्छ । धेरैजसो देशहरूमा टेलिभिजनमा नग्नताको प्रसारण गर्ने स्वीकृति दिइएको छ । अन्य प्रकारका अश्लीलताको प्रदर्शन र प्रसारण भने नियन्त्रित छन् । बालबालिकाको संलग्नता भएको अश्लील चित्रणलाई झन्डै सबै देशमा अवैध घोषित गरिएको छ । कुनैकुनै देशहरूमा हिंसात्मक अश्लील चित्रणपशुभावानात्मक अश्लील चित्रणको प्रदर्शन र प्रसारणमा प्रतिबन्ध लागिएको छ ।

धेरै देशमा नाबालकको अश्लील चित्रको पहुँचलाई नियन्त्रण गरिएको पाइन्छ । अश्लील चित्रणको विक्रीवितरण हुने अश्लील पसलहरूमा छिर्न पनि न्यूनतम उमेर तोकिएको छ । सामान्यतया, नाबालकहरूलाई अश्लील चित्रण देखाउने र बेच्ने कामलाई अपराधको रूपमा लिइन्छ । यद्यपि, इन्टरनेटमा अश्लील चित्रणले यी प्रयासहरूलाई विफल तुल्याएको छ ।

अश्लील चित्रणले संलग्न व्यक्तिहरूको अधिकार हनन गर्न सक्छ, जब यौनिक क्रियाकलापमा दुबै पक्षको सहमति हुन्दैन । उदाहरणका लागि प्रतिशोधात्मक अश्लील चित्रणमा बदलाको भावनाले अरूहरूको अश्लील श्रव्यदृश्यलाई स्वीकृति बिना इन्टरनेटमा हालिन्छ ।[१२] कुनैकुनै देशहरूमा यस समस्याको सम्बन्धमा विशिष्ट नियमहरूको परिचालन गरिएको छ ।[१३]

थप लेखहरू सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. अश्लील लेख र चित्रणबिच भिन्नता – लियन एफ सेल्टजर (अप्रिल ६, २०११) । साइकोलोजी टुडे ।
  2. एच मन्टगमरी हाइड (सन् १९६४) । अश्लील चित्रणको इतिहास: १-२६ ।
  3. कपरस्मिथ, जोनाथन (मार्च २००६), "के तपाईँको आमालाई तपाईँले के गर्नुहुन्छ भन्ने जानकारी छ ? कम्प्युटरद्वारा अश्लील चित्रणको बदलिँदो प्रकृति ।", इतिहास र प्रविधि २२ (१): १–२५, आइएसएसएन ०७३४-१५१२ |issn= मान जाँच गर्ने (सहायता), डिओआई:१०.१०८०/०७३४१५१०५००५०८६१०|doi= मान जाँच (सहायता) 
  4. "सन् २०१९ को सर्वोत्कृष्ट इन्टरनेट फिल्टर सफ्टवेयर", मूलबाट अक्टोबर १३, २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच मे २७, २०१० 
  5. "’१४ वर्षको उमेरमा मेरो बलात्कार गरिएको थियो र त्यो घटनाको भिडियो अहिले एक अश्लील वेबसाइटमा राखिएको छ ।’", बिबिसी, फेब्रुअरी १०, २०२०, अन्तिम पहुँच मार्च ८, २०२० 
  6. कोल, सम्यान्था; मेबर्ग, इम्यनुएल (जुलाई १६, २०१९), "पोर्नहब र यौन दुर्व्यवहार", भाइस, अन्तिम पहुँच मार्च ८, २०२० 
  7. मल्होल्याण्ड, मोनिक (मार्च २०११), "अश्लील चित्रण र विषमयौनिकता", अस्ट्रेलियन नारीवादी अध्ययन (टेलर र फ्रान्सिस) २६ (६७): ११९–१३५, डिओआई:१०.१०८०/०८१६४६४६.२०११.५४६३३२|doi= मान जाँच (सहायता) 
  8. सेगल, डेभिड (मार्च २८, २०१४), "के अश्लील चित्रणले बालबालिकालाई असर गर्छ ?", द न्यु योर्क टाइम्स, अन्तिम पहुँच मार्च ३०, २०१४ 
  9. "के अश्लील चित्रण हानिकारक छ ?", बिबिसी, सेप्टेम्बर २६, २०१७, अन्तिम पहुँच सेप्टेम्बर २७, २०१७ 
  10. क्राउस, शेन; भून, भ्यालरी; पोटेन्जा, मार्क एन (सेप्टेम्बर २२, २०१५), "बाध्यकारी यौनिक क्रियाकापको विज्ञान", न्युरोसाइकोफर्माकोलोजी ४१ (१): ३८५–३८६, आइएसएसएन ०८९३-१३३X |issn= मान जाँच गर्ने (सहायता), डिओआई:१०.१०३८/npp.२०१५.३००|doi= मान जाँच (सहायता), पिएमआइडी २६६५७९६३, पिएमसी ४६७७१५१ 
  11. डिअमाटो, एन्थोनी (Jजून २३, २००६), "धेरै अश्लील चित्रण, थोरै बलात्कार", पश्चिमोत्तर सार्वजनिक कानून (शोधपत्र नं. ९१३०१३), एसएसआरएन ९१३०१३, डिओआई:१०.२१३९/ssrn.९१३०१३|doi= मान जाँच (सहायता) 
  12. सल्टर, माइकल (सन् २०१३), "प्रतिशोधात्मक अश्लील चित्रणको जवाफ: लिङ्ग, न्याय र अनलाइन कानूनी दण्डहीनता", पश्चिम सिड्नी विश्वविद्यालयमा आयोजित "कसको न्याय ? अपराध र द्वन्द्वप्रतिको दृष्टिकोण" नामक कार्यक्रममा प्रदर्शित ।, अन्तिम पहुँच जनवरी ३, २०१६ 
  13. "फेसबुकमा प्रतिशोधात्मक अश्लील चित्रणको कारण जेल सजाय", बिबिसी, डिसेम्बर ३, २०१४, अन्तिम पहुँच अक्टोबर ९, २०१५