अभि सुवेदी

कवि, नाटककार, भाषाविद, अनुवादक तथा समालोचक

अभि सुवेदी (जन्म - वि.स. २००२ असार १७, तदनुसार सन् १९४५ जुन ३०) नेपालीअङ्ग्रेजी भाषामा समानान्तर कलम चलाउने नेपाली समालोचक, भाषाविद्, नाटककार, अनुवादक तथा कवि हुन्।[१] उनको स्रष्टा व्यक्तित्व नाटककार, कवि र निबन्धकारमा विभक्त छ भने द्रष्टा व्यक्तित्व समालोचक र साहित्यिक चिन्तकका रूपमा प्रसिद्ध छ। करिब तीन दर्जन कृतिका कृतिकार सुवेदीको साहित्यिक छवि उनको बाह्य छविजस्तै सर्वथा भिन्न, उच्च र गम्भीर छ ।[२]

अभि सुवेदी
अभि सुवेदी
अभि सुवेदी सन् २०१० मा नयाँ दिल्लीमा भएको सार्क साहित्य सम्मेलनमा बोल्दै
जन्मअभिनारायण सुवेदी
वि.सं २००२ असार १७
साब्ला, तेह्रथुम, नेपाल
राष्ट्रियतानेपालनेपाली
शिक्षाएम. ए. (अङ्ग्रेजी), एम. एस्सी.(भाषाशास्त्र), विद्यावारिधि
मातृ शिक्षाप्रतिष्ठानइडिनबर्ग विश्वविद्यालय, स्कटल्यान्ड
पेशालेखन
चिनारीको कारणकविता, नाटक, समालोचना
उल्लेखनीय कार्य
आरुका फूलका सपना, कार्पेट टाँगिएको आकाश
गृहनगरकाठमाडौ
जीवनसाथीविन्दु सुवेदी
सन्तानगिरीश सुवेदी, सलिल सुवेदी
पुरस्कारसार्क साहित्य एवार्ड, युगकवि सिद्धिचरण पुरस्कार

प्रारम्भिक जीवन सम्पादन गर्नुहोस्

अभि सुवेदीको जन्म वि.स. २००२ असार १७ मा तेह्रथुम जिल्लाको साब्लामा भएको हो । आफू सानै हुँदा बुवाको देहान्त भएका सुवेदीले प्रारम्भिक शिक्षादीक्षा आमाबाट नै प्राप्त गरे । उनी स्कूलको पढाइ साब्लामा नै पूरा गरेर कलेज पढनका लागि धरान झरे ।[२][३]

 
भारतको नयाँ दिल्लीमा फेब्रुवरी २०१७ मा भएको दक्षिण एसियाली साहित्य सम्मेलनका अवसरमा अनौपचारिक छलफल गर्दै लेखकहरू सुमन पोखरेल, प्रतिभा राय तथा तथा सीताकान्त महापात्रका साथमा अभि सुवेदी ।

शिक्षा सम्पादन गर्नुहोस्

सुवेदीले त्रिभुवन विश्वविद्यालय, नेपालबाट एम्. ए.(अङ्ग्रेजी), तथा बेलायतबाट भाषाशास्त्रमा एम. एस्सी. एवम्, विद्यावारिधीको उपाधी हासिल गरेका छन् ।

कार्य जीवन सम्पादन गर्नुहोस्

अभि सुवेदी करिव चालीस वर्ष त्रिभुवन विश्वविध्यालयमा प्राध्यापन गरी हाल सेवा निवृत्त भएका छन् । उनी हाल स्वतन्त्ररूपमा सिर्जनारत छन् ।

लेखनशैली सम्पादन गर्नुहोस्

निचरेर सुकाएको आकाश
-अभि सुवेदी

आकाशबाट
धर्धरी
भक्कानो फोरेर रोएको
कानमा खसेपछि
वेगले भेट्न दौडेँ,
पृथ्वी मेरो मोटरसाइकलको चक्कामा
पहिरन अल्झाएर
झन्डै नाङ्गिइन्,
पानी जस्तै थ्याच्च बसिन्
म भिजेको सरि
मायाले टाँगिएँ र
एक निचरेर सुकाएको हलुका आकाश भएँ ।

शब्द र चोट

लेखन एवम् प्रकाशन / मुख्य कृतिहरू सम्पादन गर्नुहोस्

कवितासङ्ग्रह सम्पादन गर्नुहोस्

  • शब्द र चोट - सन्‌ १९९७

नाटक सम्पादन गर्नुहोस्

निबन्धसङ्ग्रह सम्पादन गर्नुहोस्

  • निबन्धमा उत्तरवर्ती कालखण्ड - सन्‌ २००९ ISBN 9789993307211 [६]
  • कार्पेट टाँगिएको आकाश
  • निबन्ध र टुँडिखेल - सन्‌ २००८
  • फ्लानरको डायरी - सन्‌ २०१४

अनुवाद सम्पादन गर्नुहोस्

  • जापानी नोह नाटक - सन्‌ १९८९
  • पोयम्स अब् द सेन्चुरी - सन्‌ २०००
  • भ्वाइसेस अब्‍ नेपाल (संयुक्त) - सन्‌ १९९९
  • बियोन्ड बोर्डर्स (संयुक्त) - सन्‌ २००२
  • जापानी हाइकु - हिजो र आज - सन्‌ १९८७
  • आधुनिक जापानी कविता - सन्‌ १९८७

समालोचना सम्पादन गर्नुहोस्

  • सहित्य र आमवृत्त - सन्‌ २०१३ ISBN 9789937852531 [७]
  • जापानी हाइकु - हिजो र आज - २०४४[८]
  • पाश्चात्य काव्य सिद्धान्त - वि. सं. २०३० (सन्‌ १९७३) [९]
  • रचना र माध्यम [१०]
  • सिर्जना र मूल्याङ्कन - सन्‌ १९८२ [१०]
  • माध्यम र रचना - सन्‌ १९९७

सम्पादन सम्पादन गर्नुहोस्

  • जापानी नोह नाटक
  • समकालिन नेपाली कविता - सन्‌ १९९६
  • विश्वसाहित्यको ऐतिहासिक रूपरेखा - सन्‌ १९७४
  • पच्चीस वर्षका नेपाली कविता - सन्‌ १९८२
  • आधुनिक नेपाली कविता - सन्‌ १९८७

अङ्ग्रेजी भाषामा प्रकाशित कृतिहरू सम्पादन गर्नुहोस्

  • ब्रूज्ड इभिनिङ्स (नाटक), (Bruised Evenings 2011 (Play).[११]
  • नेपाली थिएटर एज आई सी इट (Nepali Theatre as I See It, 2007) ISBN 999469989X [१२]
  • थ्री प्लेज (अनुवाद- सङ्गीता रायमाझी) (Three Plays. Trans Sangita Rayamajhi, 2003) ISBN 9993364738
  • ड्रीम्स अब् पीच ब्लासम्स (Dreams of Peach Blossoms, 2001, 2012 (play) [११]
  • इकाइ कावागुची - द ट्य्रासप्यास इनसाइडर (Ekai Kawaguchi: the Trespassing Insider, 1999.) ISBN 99933-10-02-5 [१३]
  • चेसिङ ड्रीम्स - काठमाडौँ ओडिसी (Chasing Dreams: Kathmandu Odyssey, (poetic play) ASIN B0006F9QP4 [१४]
  • नेपाली लिटरेचर - ब्याकग्राउन्ड एन्ड हिस्ट्री (Nepali Literature: Background and History, 1978.)
  • मानस (अङ्ग्रेजी कविताहरूको संयुक्त सङ्ग्रह) (Manas (English poems), joint collection, 1974.)

प्रमुख पुरस्कार तथा सम्मान सम्पादन गर्नुहोस्

सन्दर्भ सूची सम्पादन गर्नुहोस्

  1. "‘आफैंले पढाएका प्रचण्डलाई चिनिनछु’ अभि सुबेदीसँग गुरु संवाद", onlinekhabar.com, २०७३ साउन ४ गते, अन्तिम पहुँच २०१७-१२-१२ 
  2. २.० २.१ कोइराला, प्रा.डा.कुमारप्रसाद (सोमबार, १५ मङ्गसीर, २०७१), "निबन्धमा उत्तरवर्ती कालखण्डको आतिथ्यमा रमाउँदा", samakalinsahitya.com, अन्तिम पहुँच २०१७-१२-१२ 
  3. "INTERVIEW WITH PROF. DR. ABHI SUBEDI", nepalihub.com, AUGUST १८, २०१४, अन्तिम पहुँच २०१७-१२-१२ 
  4. http://www.mandalabookpoint.com/main_details.php?sid=137&cat= वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०६ मिति
  5. http://madanpuraskar.org/view_book_info.php?id=19855
  6. http://madanpuraskar.org/view_book_info.php?id=27509
  7. http://www.pandulipibooks.com/sahitya.php वेब्याक मेसिन अभिलेखिकरण २०१५-०३-२६ मिति
  8. सुवेदी, अभि (Sat, १०/२२/२०११), "हाइकुको मिठास बुझ्नेलाई मात्र थाहा हुन्छ", majheri.com, अन्तिम पहुँच २०१७-१२-१२ 
  9. http://madanpuraskar.org/view_book_info.php?id=7548
  10. १०.० १०.१ समालोचना, साझा प्रकाशन वेब्याक मेसिन अभिलेखिकरण २०१३-१०-०५ मिति
  11. ११.० ११.१ http://www.canadanepalprograms.com/2014/08/interview-with-prof-dr-abhi-subedi-in.html वेब्याक मेसिन अभिलेखिकरण २०१४-१२-१८ मिति
  12. http://www.mandalabookpoint.com/main_details.php?sid=218&cat=%20&s=Others&t=Nepali%20Theatre%20As%20I%20See%20It वेब्याक मेसिन अभिलेखिकरण २०१४-१२-१८ मिति
  13. http://www.mandalabookpoint.com/main_details.php?sid=26&cat=%20&s=Travelogue&t=Ekai%20Kawaguchi:%20The%20Trespassing%20Insider वेब्याक मेसिन अभिलेखिकरण २०१४-१२-१८ मिति
  14. http://www.mandalabookpoint.com/main_details.php?sid=20&cat=%20&s=Poems&t=Chasing%20Dreams वेब्याक मेसिन अभिलेखिकरण २०१४-१२-१८ मिति
  15. सार्क लिटरेरी एवार्ड
  16. युगकवि सिद्धिचरण पुरस्कारद्वारा साहित्यकार अभि सुवेदी सम्मानित, साहित्य, KalikaFM 95.2[dead link]
  17. page 371, The World of Theatre 2003 Edition: edited by Ian Herbert, Nicole Leclercq

यी पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्