अफ्रिकन ट्रिपानोसोमियासिस

अफ्रिकन ट्रिपानोसोमियासिस वा निद्रा रोग[१] मानिसहरू र अन्य जनावरहरूमा हुने एउटा सरुवा रोग हो। यो प्रजातिको परजीवी ट्रिपानोसोमा ब्रुसेइद्वारा हुने गर्दछ।[२] यीनीहरू दुई प्रकारका छन् जसले मानिसहरूमा संक्रमण गर्छ, ट्रिपानोसोमा ब्रुसेइ ग्याम्बाइन्स (टि.बि.जी.) र ट्रिपानोसोमा ब्रुसेइ र्होडेसीएन्स (टि.बि.आर.)।[१] देखिएका केसहरूका ९८% भन्दा बढीमा टि.बि.जी. नै कारण हुन्छ।[१] प्राय दुवै संक्रमित सेट्सी झिङ्गा को टोकाइबाट सर्ने गर्दछन् र ग्रामिण क्षेत्रमा यो बढी रहेको देखिन्छ।[१]

अफ्रिकन ट्रिपानोसोमियासिस
विभाग:Infectious diseases Edit this on Wikidata

प्रारम्भिक रूपमा, रोगको पहिलो चरणमा, ज्वरो आउने, टाउको दुख्ने, चिलाउने, र जोर्नीहरू दुख्ने हुन्छ।[१] यो टोकाइ पछि एक देखी तीन हप्तामा सुरू हुने गर्दछ।[३] हप्तौं र महिनौ पछि दोस्रो चरण सुरू हुन्छ जसले गर्दा भ्रम, खराब समन्वय, लाटोपन र सुत्ने समस्या हुने गर्दछ।[१][३] निदानहरू रगत परीक्षणमा पाइएको परजीवी वा लिम्फ नोडको र्‍याल मार्फत गरिएका हुन्।[३] एउटा लम्बर पंचर प्राय पहिलो र दोस्रो चरण बीचको भिन्नता भन्नका लागि आवश्यक पर्ने गर्दछ।[३]

गम्भीर रोगको रोकथाम अन्तर्गत बढी जोखिममा रहेका मानिसहरूलाई टि.बि.जी. का लागि परीक्षण गर्नु पर्दछ।[१] रोग चाँडै पहिचान हुँदा तथा स्नायु सम्बन्धी लक्षणणहरू देखिनु अघिसम्म यसको उपचार सजिलो हुन्छ।[१] पहिलो चरणको लागि उपचार औषधिहरू पेन्टामाइडिन वा सरमेनबाट हुन्छ।[१] टि.बि.जी. दोस्रो चरणको लागि उपचारमा एफ्लोर्नाइथिन वा निफ्रुटिमोक्स र ऐफ्लोर्नाइथिनको संयोजन समावेश हुन्छन्।[३] जब मेलार्सोप्रोल दुवैका लागि काम गर्छ, तब यसलाई विशेष रूपमा केवल टि.बि.आर. का लागि प्रयोग गरिन्छ किनभने गम्भीर प्रतिकुल प्रभावहरू हुने गर्दछन्।[१]

यो रोग नियमित रूपमा सब-साहारा अप्रिकाका केही क्षेत्रहरूमा हुने गर्दछ, ३६ देशका लगभग ७ करोड जनसङ्ख्या यसबाट संक्रमित छन्।[४] २०१० का अनुसार, यो लगभग ९,००० जति मृत्युहरूको कारण बनेको थियो, जुन संख्या १९९० मा ३४०० थियो।[५] हाल ३०,००० मानिसहरूमा संक्रमण रहेको, २०१२ मा ७००० को संख्यामा नयाँ संक्रमित थपिएको अनुमान गरिएको छ।[१] यी मध्येका ८०% भन्दा बढी केसहरू प्रजातान्त्रिक गणतन्त्र कंगोमा रहेका छन्।[१] वर्तमान इतिहासमा तीनवटा प्रमुख घटनाहरू भएका छन्: पहिलो १८९६ देखी १९०६ सम्म प्राथमिक रूपमा युगाण्डाकंगो जलाशयमा र दोस्रो १९२० र १९७० मा थुप्रै अमेरिका मुलुकहरूमा।[१] अन्य जनावरहरू, जस्तै: गाईहरूलाई यो रोगहरू लाग्न वा यसबाट संक्रमित हुन सक्छन्।[१]

सन्दर्भहरू सम्पादन गर्नुहोस्

  1. १.०० १.०१ १.०२ १.०३ १.०४ १.०५ १.०६ १.०७ १.०८ १.०९ १.१० १.११ १.१२ १.१३ WHO Media centre (जुन २०१३), Fact sheet N°259: Trypanosomiasis, Human African (sleeping sickness) 
  2. ढाँचा:MedlinePlusEncyclopedia
  3. ३.० ३.१ ३.२ ३.३ ३.४ Kennedy, PG (२०१३ Feb), "Clinical features, diagnosis, and treatment of human African trypanosomiasis (sleeping sickness).", Lancet neurology 12 (2): 186–94, पिएमआइडी 23260189 
  4. Simarro PP, Cecchi G, Franco JR, Paone M, Diarra A, Ruiz-Postigo JA, Fèvre EM, Mattioli RC, Jannin JG (२०१२), "Estimating and Mapping the Population at Risk of Sleeping Sickness", PLoS Negl Trop Dis 6 (10): e1859, डिओआई:10.1371/journal.pntd.0001859 
  5. Lozano, R (Dec १५, २०१२), "Global and regional mortality from 235 causes of death for 20 age groups in 1990 and 2010: a systematic analysis for the Global Burden of Disease Study 2010.", Lancet 380 (9859): 2095–128, डिओआई:10.1016/S0140-6736(12)61728-0, पिएमआइडी 23245604 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्