अन्तर्राष्ट्रिय हवाई यातायात सङ्घ

अन्तर्राष्ट्रिय हवाई यातायात सङ्घ (IATA /ˈɑːtə/[१]) एक अन्तर्राष्ट्रिय वायुसेवाहरूको उद्योग व्यापार समूह हो जसको प्रधान कार्यालय मोन्ट्रियल, क्यानाडामा रहेको छ ।[२] यही स्थानमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनको मुख्यालय पनि रहेको छ । यस सङ्गठनको उद्देश्य वायुसेवा उद्योगको सेवा र टेवा पुर्याउनु हो । यस सङ्घले २३० वायुसेवा निगमको प्रतिनिधित्व गर्ने गर्दछ, जुन अनुसूचित अन्तर्राष्ट्रिय हवाई यातायातको ९३% भाग हो ।[३] यस सङ्गठनको वर्तमान महानिर्देशक टोनी टेलर हुन् । वर्तमान समयमा यो सङ्गठन १५० भन्दा बढी देशमा रहेको छ भने यसको विश्वव्यापी १०१ कार्यालय छन् ।

अन्तर्राष्ट्रिय हवाई यातायात सङ्घ
सङ्क्षिप्त नामआइएटिए
गठनहवाना, क्युबामा 19 अप्रिल 1945; ७८ वर्ष पहिले (1945-०४-19)
प्रकारअन्तर्राष्ट्रिय व्यापार सङ्घ
प्रधान कार्यालय८००, प्लेस भिक्टोरिया (रुई गाउभिन), मोन्ट्रियल, क्यानाडा
निर्देशाङ्कहरू४५°३०′०२″N ७३°३३′४२″W / ४५.५००६°N ७३.५६१७°W / 45.5006; -73.5617
सदस्यता
अनुमानित २०० वायुयानहरू (२०१५)
महाप्रबन्धक र सिइओ
टोनी टेलर
वेबसाइटwww.iata.org

इतिहास सम्पादन गर्नुहोस्

आइएटिएको स्थापना अप्रिल, १९४५ मा हवाना, क्युबामा भएको थियो ।[४]

प्राथमिकता सम्पादन गर्नुहोस्


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "IATA", Oxford Dictionaries, Oxford University Press, ११ जुलाई २०१३।  वेब्याक मेसिन अभिलेखिकरण २४ डिसेम्बर २०१८ मिति
  2. "International Air Transport Association", CAPA Centre for Aviation, अन्तिम पहुँच २ फेब्रुअरी २०१५ 
  3. "Current Airline Members", International Air Transport Association, अन्तिम पहुँच २ फेब्रुअरी २०१५ 
  4. Sebastian Höhne, "IT in general Aviation: Pen and Paper vs. Bits and Bytes", hoehne.net, पृ: ३८, अन्तिम पहुँच ५ मे २०१४ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्