अधिकार स्वतन्त्रता वा कानूनी हकको, सामाजिक वा नैतिक सिद्धान्त हो। यसको अर्थ, कुनै कानुनी प्रणाली, सामाजिक अधिवेशन वा नैतिक सिद्धान्त अनुसार मानिसहरूलाई के गर्न अनुमति दिइएको छ वा मानिसहरूलाई के गर्न दिइएको छ भन्ने सन्दर्भमा अधिकार नै आधारभूत नियम हो। कानून र नीतिनियम, विशेष गरी न्याय र देवत्वशास्त्रका सिद्धान्तजस्ता विधाहरूमा अधिकारको अनिवार्य महत्व रहेको छ।

कुनै पनि सभ्यताको लागि अधिकार आधारभूत हुन्छ र सामाजिक द्वन्द्वको इतिहासलाई परिभाषित गर्ने र त्यसलाई पुनः परिभाषित गर्ने प्रयाससित प्रायः गाँसिएका हुन्छन्। नेपाली बृहत् शब्दकोश अनुसार, अधिकार भनेको कानुनी, परम्परागत वा नैतिक रूपमा प्राप्त न्यायोचित दावी हो।[१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा प्रतिष्ठान, २०७१/७२, आइएसबिएन 978-99933-71-10-6 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्