अद्दु सरह माल्दिभ्सको राजधानी माले पछिको दोस्रो ठूलो शहर हो । यो शहरमा रहेको जनसङ्ख्या माल्दिभ्सको अन्य दुई सहर माले र फुभमुलहको जनसङ्ख्या बराबर रहेको छ । यो सहर माल्दिभ्सको ६ अन्य जिल्लाहरूमा फैलिएर रहेको छ । ती जिल्लाहरूमा हिथाढु, मराढु-फिढु मराढु, फिढु, हुल्हुढु, तथा मेइढु पर्दछन् । यो डिभिजन वा जिल्लाहरू माल्दिभ्सका अन्य टापुहरू नजिकै रहेको छ, तर ती छ वटा जिल्लाहरू भने एक आपसमा जोडिएका छन् ।

अद्दु शहर
އައްޑޫ
शहर
राष्ट्रमाल्दिभ्स
सरकार
 • Mayorअब्दुल सोदिक्
क्षेत्रफल
 • जम्मा११.२३४ किमी (४.३३७ वर्ग माइल)
आयामहरू
 • लम्बाइ११.५५ किलोमिटर (७.१८ माइल)
 • चौडाइ१४.२९ किलोमिटर (८.८८ माइल)
जनसङ्ख्या
 (२०१३)
 • जम्मा३२,०६२
 • घनत्व२९००/किमी (७४००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+05:00 (MST)

इतिहास सम्पादन गर्नुहोस्

ब्रिटेन गोप्य आधार सम्पादन गर्नुहोस्

ब्रिटेन सामुन्द्रिक आधार सम्पादन गर्नुहोस्

जिल्लाहरू सम्पादन गर्नुहोस्

 
  • हिथढु जनसङ्ख्या: १५,१४६
  • मराढु जनसङ्ख्या: ५,२०३
  • फिढु जनसङ्ख्या: ६,५०२
  • हुलहुमीढु अद्दु जनसङ्ख्या: ६,४९२

अद्दु सहर जनसङ्ख्या: ३२,०६२

हिथढु, व्यापारीक तथा प्रशासकीय जिल्ला सम्पादन गर्नुहोस्

हिथढु (स्थानीय नाम: ހިތަދޫ) एउटा अद्दु सहरको जिल्ला हो, जुन माल्दिभ्समा रहेको छ । हिथढुलाई अद्दु सहरको एक प्रमुख प्रशासकीय जिल्लाका रूपमा लिन सकिन्छ । किनभने यो जिल्लामा प्राप प्रशासकीय भवनहरू रहेको छ । यो जिल्ला सहरकै सर्वाधिक धेरै जनसङ्ख्या भएको जिल्ला हो ।

जनसङ्ख्या सम्पादन गर्नुहोस्

हिथढुको हालको जनसङ्ख्या झन्डै १८,००० भन्दा बढी रहेको छ । यहाँका अधिकांश जनताहरू स्थानीय भाषा दिभेही तथा अद्दु बस बोल्ने गर्दछन् । अद्दु बस भाषालाई एक दिभेही भाषाको उपभाषाका रूपमा लिन सकिन्छ । यो भाषा सम्पुर्ण माल्दिभ्समा बोलिने दोस्रो ठुलो उपभाषा हो ।

शिक्षा सम्पादन गर्नुहोस्

हिथढुमा यो सहरका मुख्य-मुख्य शैक्षिक संघसंस्थाहरू रहेका छन्।जहाँ अन्तर्गत तीनवटा नर्सरी स्कुल, तीनवटा प्राथमिक तथा दुईवटा उच्चमावि स्तरीय स्कुल रहेको छ । यस्तै गरी माल्दिभ्स नेसनल युनिभर्सिटी क्याम्पस पनि यहाँ रहेको छ ।

स्वास्थ सम्पादन गर्नुहोस्

अद्दु सहरमा विभिन्न खाले सरकारी तथा गैरसरकारी स्वास्थ्य चौकी, अस्पतालहरू रहेको छ । जसमध्ये हिथढु क्षेत्रीय अस्पताल यो सहरको प्रमुख तथा ठुलो अस्पताल हो ।

पर्यटन सम्पादन गर्नुहोस्

यो सहर माल्दिभ्सको त्यस्तो दोस्रो ठूलो सहर हो जहाँ परम्परागत माल्दिभ्सका प्रायद्विपीय समुदायहरूको अवलोकन गर्न सकिन्छ । साथै यो सहर परम्परागत माल्दिभिसिय टापुको संस्कृति झल्कने प्रमुख सहर पनि हो। यहाँका अद्दु आदिवासीहरू भयानक तथा स्वतन्त्र रूपमा राजधानीमा भन्दा फरक तरिकाबाट आफ्नो मोलिक तथा लोक भाषा बोल्ने गर्दछन्।

अद्दुको पहिलो गेष्टहाउस “स्टेलर मराढु (Stellar Maradhoo)” हो । जसको सुरूवाट सन् २०१३ सालमा भएको थियो । जसले यो सहरको पर्यटन विकासमा योगदान दिने गर्दछ।

अद्दु सहर स्थानीय टापु पर्यटनका निम्ति एक विशेष योजना अन्तर्गत सुचारु गरिएको थियो । त्यस पछि अद्दु सहरलाई माल्दिभ्सको नयाँ बिदाका समयमा पर्यटन गर्ने प्रमुख गन्तव्य स्थल अन्तर्गत अगाडि बढाइएको थियो ।

गन अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय उडानका निम्ति २०१३ देखि सुचारू भएको थियो । श्रीलङ्का एअरलाइन्सले पहिलोपटक गन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको थियोल। यो विमानस्थलले अन्तर्राष्ट्रिय रूपमा अद्दुलाई कोलम्बोसँग हवाई मार्गका रूपमा जोड्ने गर्दछ ।[१] जसले गर्दा अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनका निम्ति अद्दु सहरलाई ठूलो टेवा तथा सुविधा पुगेको छ।

यातायात सम्पादन गर्नुहोस्

अद्दु जोड्ने रोड सम्पादन गर्नुहोस्

अद्दु सहरमा रहेको १६ किलोमिटर लामो लिंकरोड (अद्दु सहर जोड्ने रोड) माल्दिभ्सको दोस्रो लामो रोड हो । जुन रोडले हिन्थढु, मराढुर मराढु-फिढु, फिढु, र गनलाई जोड्ने गर्दछ।

गन अन्तर्राष्ट्रिय विमानस्थल सम्पादन गर्नुहोस्

गन अन्तर्राष्ट्रिय विमानस्थल अद्दु सहरकोलागि प्रयोग हुने विमानस्थल हो।जुन विमानस्थल अद्दु सहरको नजिकै टापुमा अवस्थित रहेको छ । पहिलो पटक यो विमानस्थल ब्रिटिस रोयल नाभि, तथा रोयल हवाई फोर्सले गरेको थियो ।

सन्दर्भ सामाग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडी सम्पादन गर्नुहोस्