ओट्टो चक्र विशिष्ट स्पार्क इग्निशन पिस्टन इञ्जिनको कार्य वर्णन गर्ने एक आदर्श उष्मागतिकी चक्र (थर्मोडायनामिक साइकल) हो । यो उष्मागतिकी चक्र प्राय जसो अटोमोबाइल इन्जिनहरूमा पाइन्छ। [१]

प्रक्रियाहरू सम्पादन गर्नुहोस्

 
प्रेसर-भोलुम रेखाचित्र
 
तापक्रम-इन्त्रोपी रेखाचित्र

प्रक्रियाहरू निम्नानुसार वर्णन गरिएको छ: [२]

  • प्रक्रिया ०-१: स्थिर प्रेसर (दबाब)मा हावालाई पिस्टन / सिलिन्डरमा तानिन्छ।
  • प्रक्रिया १-२: एडिआबेटिक (आइसेन्ट्रोपिक) कम्प्रेशन; पिस्टन तल्लो डेड सेन्टर ( बीडीसी ) बाट शीर्ष डेड सेन्टर ( टीडीसी ) मा सर्छ चार्ज एडिआबेटिक (आइसेन्ट्रोपिक) कम्प्रेशन हुन्छ।
  • प्रक्रिया २-३: स्थिर भोलुम ताप स्थानान्तरण; जब पिस्टन शीर्ष डेड सेन्टरमा हुन्छ, इन्धन र हावाको मिश्रण जल्छ।
  • प्रक्रिया ३-४ : एडिआबेटिक (आइसेन्ट्रोपिक) विस्तार (पावर स्ट्रोक) ।
  • प्रक्रिया ४-१ :स्थिर भोलुम ताप उत्सर्जन; यो प्रक्रियासंगै चक्र पुरा हुन्छ
  • प्रक्रिया १-०: हावा स्थिर (प्रेसर) दबाव प्रक्रियामा वायुमण्डलमा उत्सर्जन हुन्छ।

इतिहास सम्पादन गर्नुहोस्

पहिलो फोर स्ट्रोक इन्जिनको पेटेन्ट अल्फोनसे बेउ डे रोचास ले १८६१ मा प्राप्त गरेका थिए ।[३] यस भन्दा अघि, १८५४-५७ तिर , दुई जना इटालेली यूजेनियो बर्सानती र फिलिस मत्तयूच्चि ले इन्जिनको आविष्कार गरेका थिए , जुन चर्चा गरिएअनुसार समान किसिमको थियो ।

संचालनमा आएको फोर स्ट्रोक इन्जिन बनाउने पहिलो व्यक्ति जर्मन इन्जिनियर निकोलस अट्टो थिए । यो स्थिर / अचल इन्जिन कोइला ग्यास-हावाको मिश्रणबाट सञ्चालित हुन्थ्यो ।[४] यसै कारणले फोर-स्ट्रोक सिद्धान्तलाई आज आमरूपमा अट्टो चक्र भनिन्छ र स्पार्क प्लग प्रयोग गरिने फोर स्ट्रोक इन्जिनलाई अट्टो इन्जिन भनिन्छ ।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Wu, Chih. Thermodynamic Cycles: Computer-aided Design and Optimization. New York: M. Dekker, 2004. page 99
  2. Moran, Michael J., and Howard N. Shapiro. Fundamentals of Engineering Thermodynamics. 6th ed. Hoboken, N.J. : Chichester: Wiley ; John Wiley, 2008. Print.
  3. Mike Busch, "150-Year-Old Technology", Sport Aviation: २६। 
  4. Gunston, Bill (१९९९), Development of Piston Aero Engines (2 संस्करण), Sparkford, UK: Patrick Stephens Ltd, पृ: २१, आइएसबिएन 978-0-7509-4478-6 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्