अच्युत घिमिरे (जन्म: वि.सं. २०३४ साल असोज २९, प्रख्यात नाम: अच्युत घिमिरे बुलबुल) एक प्रख्यात नेपाली सञ्चारकर्मी, रेडियोकर्मी, व्यवस्थापक र तालिमकर्ता हुन्।[१] घिमिरेले वि.सं. २०५६ सालदेखि बौद्ध, तीनकुनेमा रहेको एचबीसी ९४ एफएमबाट आफ्नो रेडियो कार्यकाल सुरु गरेका थिए। घिमिरेले हाल उज्यालो रेडियो नेटवर्क मार्फत प्रसारण हुने सुप्रसिद्ध कार्यक्रमहरू जस्तै एकल कविता वाचन, श्रुति संवेग र बुलबुल रेडियो कार्यक्रमका वाचकका रूपमा काम गर्दै आएका छन्। घिमिरे नेपाली साहित्य तथा श्रोताका माझ यिनै कार्यक्रम मार्फत लोकप्रिय बनेका थिए। घिमिरे रेडियो कार्यक्रम सञ्चालक साथसाथै बुलबुल प्रकाशन प्रा.लि.का निर्देशक र उज्यालो ९० नेटवर्कका संयोजक पनि हुन्।[२]

अचम्म घिमिरे
अच्युत घिमिरे रेडियो स्टुडियोमा कार्यक्रम सञ्चालन गर्दै
जन्म (1977-10-15) १५ अक्टोबर १९७७ (उमेर ४६)
काठमाण्डौ, जोरपाटी
वासस्थाननेपाल नेपाल, काठमाण्डौ
राष्ट्रियतानेपाल नेपाली
पेशारेडियो तथा सञ्चारकर्मी
कार्यकालवि सं २०५६-हाल
चिनारीको कारणश्रुति संवेग, बुलबुल र एकल कविता वाचन
गृहनगरजोरपाटी
धर्महिन्दु

बाल्यकाल सम्पादन गर्नुहोस्

नेपाली कथा, उपन्यास, गजल तथा कविता वाचक अच्युत घिमिरेको जन्म वि.सं. २०३४ साल असोज २९ गते शुक्रबारका दिन काठमाण्डौको जोरपाटीमा बुवा कृष्ण प्रसाद घिमिरे र आमा लीलावती घिमिरेको पहिलो सन्तानको रूपमा भएको थियो। घिमिरेको वि.सं. सालमा जोरपाटीको मनकामना उच्च माध्यमिक विद्यालयबाट पठनपाठन सुरू गरेका थिए। घिमिरेले चमुण्डा उच्च माध्यमिक विद्यालयबाट प्रथम श्रेणीमा प्रवेशिका परीक्षा उतिर्ण गरेका थिए र उनले वि.सं. सालमा काठमाडौँको घण्टघर स्थित त्रिचन्द्र क्याम्पसमा उच्च शिक्षाका लागि भर्ना भएका थिए।[३]

कार्यकाल सम्पादन गर्नुहोस्

घिमिरेले वि.सं. २०५६ सालदेखि बौद्ध तीनकुनेमा रहेको एचबीसी ९४ एफएमबाट आफ्नो रेडियो कार्यकाल सुरु गरेका थिए जहाँ उनले एक कार्यक्रम सञ्चालन गर्ने गरेका थिए।[४] वि.सं. २०५७ साल भदौ महिनादेखि घिमिरेले एचबीसी रेडियोमा उत्पादक अधिकारीका रूपमा काम गरेका थिए। वि.सं. २०५७ सालदेखि घिमिरेले सोही रेडियो मार्फत रेडियो वाचन कार्यक्रमको वाचकको रूपमा काम गर्न सुरु गरेका थिए भने वि.सं. २०६७बाट उक्त कार्यक्रमलाई उज्यालो रेडियो नेटवर्क मार्फत प्रसारण गरेदेखि उक्त कार्यक्रमको नाम श्रुति संवेग राखिएको थियो। वि.सं. २०५८ जेठ महिनादेखि घिमिरेले गजल वाचन कार्यक्रम बुलबुलको पनि सञ्चालकको रूपमा काम गर्न सुरु गरेका थिए।[५] घिमिरेले वि.सं. २०६१ सालबाट एचबीसी रेडियोमा व्यवस्थापकको रूपमा काम गर्दै र एचबीसी रेडियोको पछिल्लो दिनहरूमा व्यवस्थापक र स्टेसन प्रबन्धकको पद पनि सम्हालेका थिए। रेडियो कार्यक्रम श्रुति संवेगलाई वि.सं. २०६५ सालदेखि उज्यालो रेडियो नेटवर्क मार्फत प्रसारण गरेपछि घिमिरेले उक्त कार्यक्रम उत्पादकको रूपमा काम गर्न सुरू गरेका थिए, हाल श्रुति संवेग कार्यक्रम उज्यालो रेडियो नेटवर्क मार्फत देश भरिका १०० भन्दा बढी रेडियो स्टेसन मार्फत हप्ताको शुक्रबार र मंगलबार सवा ९ बजे प्रसारण गरिँदै आएको छ भने यस कार्यक्रममा अस्ट्रेलिया, बेलायत, अमेरिकाक्यानडामा फोनबाट प्रत्यक्ष रूपमा सुन्न सकिन्छ। वि.सं. २०६५ चैत महिनाबाट घिमिरेले बुलबुल रेडियो कार्यक्रम सञ्चालन गरेका थिए भने उक्त कार्यक्रम उज्यालो मार्फत प्रसारण गर्न सुरू गरिएको थियो, हाल यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क मार्फत देश भरिका ७५ भन्दा बढी रेडियो स्टेसन मार्फत हप्ताको बुधबार सवा ९ बजे प्रसारण गरिँदै आएको छ।[६] घिमिरेले वि.सं. २०७१ साल भदौ महिनाबाट उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम संयोजक र व्यवस्थापकको रूपमा काम गर्न सुरू गरेका थिए। वि.सं. २०७१ साल भदौबाट घिमिरेले एकल कविता वाचन कार्यक्रमको सञ्चालकको रूपमा पनि काम गरेका थिए भने हाल यो कार्यक्रम देशभरि विभिन्न स्थानमा रहेका ४५ एफएम मार्फत प्रत्येक शनिबार सवा ९ बजे एकैसाथ प्रसारण गरिन्छ। वि.सं. २०७३ सालदेखि बुलबुल नामबाट घिमिरेले बुलबुल प्रकाशनको सुरुवात गरेका थिए भने उनले वि.सं. २०७३ सालदेखि उक्त प्रकाशन गृहमा निर्देशकको पद सम्हाल्दै आएका छन्।[७] यस प्रकाशन मार्फत हालसम्म कथासङ्ग्रह, कविता सङ्ग्रह, उपन्यास र गजल सङ्ग्रह गरी ४० भन्दा बढी पुस्तकहरू प्रकाशन गरिएका छन्। वि.सं. २०७५ सालबाट एडिबी प्रकाशन सुरुवात गरेपछि उनले उक्त प्रकाशन गृहको पनि निर्देशकको पद सम्हाल्दै आएका छन्। घिमिरेले वि.सं. २०५९ सालदेखि हालसम्म प्युठान, हेटौँडा, धरान, इलाम, काठमाण्डौ आदि विभिन्न स्थानहरूमा रेडियो उद्घोषण, कार्यक्रम उत्पादन र कार्यक्रम व्यवस्थापन लगायतका तालिमहरूमा प्रशिक्षकको रूपमा पनि काम गर्दै आएका छन्।[८]

पुरस्कार तथा सम्मान सम्पादन गर्नुहोस्

घिमिरेले हालसम्म विभिन्न स्थानहरूमा आयोजना गरिने साहित्यिक कार्यक्रमहरूमा प्रमुख अतिथि बन्दै आएका छन् भने उनी विभिन्न सङ्घ संस्था र साहित्यिक क्लबहरूबाट सम्मानित र पुरस्कृत पनि भएका छन्।

वि.सं. २०५८ सालमा नेपाल उद्धोषक सङ्घले आयोजना गरेको रेडियो पुरस्कारमा घिमिरे सर्वोत्कृष्ट कार्यक्रम उत्पादकको रूपमा पुरस्कृत भएका थिए। वि.सं.. २०७५ सालमा संयुक्त अरब इमिरेट्स स्थित बार दुवईमा रहेको एभरेष्ट क्लबले आयोजना गरेको शुभकामना साँझ कार्यक्रममा घिमिरेलाई सम्मान गरिएको थियो। यूएईमा बसेर साहित्यमा सक्रिय रहेका नेपालीहरूको सिर्जना वाचन डबलीले घिमिरेलाई सम्मान गरेका थिए सोही कार्यक्रममा घिमिरेलाई यूएईका लागि नेपाली राजदूत सागरप्रसाद फुँयालले दोसल्ला ओढाएर तथा ताम्रपत्र प्रदान गरेर सम्मान गरेका थिए। यूएईमा नेपाली समुदाय अन्तर्गत पहिलो दर्ता भएको संस्था हामी नेपालीका अध्यक्ष डा. आचार्यलाई कार्यवाहक फुँयालले दोसल्ला ओढाएर तथा ताम्रपत्र प्रदान गरेका थिए।[९]

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "अच्युत घिमिरे", हाम्रो आवाज, अन्तिम पहुँच १९ मे २०१९ 
  2. उज्यालो, "अच्युत घिमिरेको जानकारी", उज्यालो अनलाइन 
  3. "अच्युत घिमिरे बुलबुलको टेलिभिजनमा पहिलो अन्तर्वाता", युट्युब डटकम, १८ मे २०१८। 
  4. इन्टरनेसनल न्युज, "अच्युत घिमिरे", अन्तिम पहुँच २५ फेब्रुअरी २०१७ 
  5. "आवाजका बादसाह अच्युत घिमिरे बुलबुल कपिलवस्तुमा", १३ मे २०१८। 
  6. "अच्युत घिमिरेको जानकारी", मझेरी डटकम 
  7. "अच्युत घिमिरेको बुलबुल रेडियो कार्यक्रम", युट्युब, ९ अप्रिल २०१९। 
  8. "म अनुहार देखाउन रुचाउँदिन:अच्युत घिमिरे ‘बुलबुल", हिमाल पोष्ट 
  9. "उज्यालो सहकर्मी अच्युत घिमिरे ‘बुलबुल’ यूएईमा सम्मानित", उज्यालो अनलाइन, अन्तिम पहुँच २२ पुस २०७५ 

बाह्य सुत्रहरू सम्पादन गर्नुहोस्