अच्युतकृष्ण खरेल

नेपाली पोलिस अफिसर

अच्युतकृष्ण खरेल नेपालका पूर्व प्रहरी महानिरीक्षक (प्रमुख) हुन। २००३ साल फागुन २८ गते मंगलबार काभ्रेपलाञ्चोक जिल्लाको खरेलथोक गाविसमा जन्मेका खरेलले २०२७ सालमा प्रहरी निरीक्षक पदमा प्रहरी सेवामा प्रवेश गरेका थिए ।


अच्युतकृष्ण खरेल
प्रहरी कार्यकाल
देशनेपाल
विभागनेपाल प्रहरी
पदप्रहरी महानिरीक्षक

क्रमश बढुवा भएपछि उनी २०४९ सालमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा नियुक्त भए ।

मोतीलाल बोहराले प्रहरी सेवाबाट अवकाश पाएपछि खरेल पहिलोपटक २०५३ चैत्तमा प्रहरी महानिरीक्षकमा नियुक्त भए । प्रहरी महानिरीक्षकमा नियुक्त भएको ३६ दिनपछि खरेलको राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा स्थानान्तरण भयो । उनको ठाउँमा उनका प्रतिस्पर्धी ध्रुव बहादुर प्रधान नेपाल प्रहरीका प्रमुख भए । त्यसको करिब ८ महिनापछि २०५४ मंसिरमा खरेल पुन: नेपाल प्रहरीको प्रमुख भए । यसरी नेपाल प्रहरीको इतिहासमा दुईपटक प्रहरी महानिरीक्षक बन्ने खरेल पहिलो तथा एकमात्र व्यक्ति हुन् ।

उनको कार्यकालमा नेपाल प्रहरीमा 'गुटबन्दी प्रथा' नकारात्मक रूपमा चरम बिन्दुमा पुगेको मानिन्छ ।

उनी माओवादी द्वन्द्वकालमा प्रहरी महानिरीक्षक थिए।[१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्