"शेरा दरबार" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : इन्कोडिङ मिलाउँदै
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २१:
|size=१८१ रोपनी
}}
'''शेरा दरबार'''को निर्माण पृथ्वीनारायण शाहद्वारा शीतकालिन दरबारका रूपमा वि.सं.१८२२ मा निर्माण भएको थियो।
 
[[पृथ्वीनारायण शाह]]को शासनकालमा [[नुवाकोट]]मा दुई दरबार निर्माण भएको थियो। पृथ्वी नारायण शाहले शीतकालिन दरबारका रूपमा वि.सं.१८२२ मा शेरा दरबारको निर्माण भएको थियो। [[साततले दरबार (नुवाकोट)|साततले दरबार]]लाई गृष्मकालिन दरबारका रूपमा उपयोग गरीएको थियो। नुवाकोटको शेरावेसीमा रहेको यो दरवार भग्न अबस्थामा रहेको छ । पृथ्वीनारायण शाहको समयमा राजा जाडो महिनामा नुवाकोट डाँडामा रहेको दरबार र गर्मी महिनामा तादी किनारमा रहेको शेरा बेसी दरबारमा बस्ने गर्दथे । काशीनाथ तमोटले अनुमान गर्नुभएजस्तै पृथ्वीनारायण शाहले ‘[[दिव्योपदेश]]’ दिएको ऐतिहासिक स्थल यही शेराबेँसीको दरबार नै हो भन्ने अनुमान गर्न सकिन्छ । <ref>[http://dabalikhabar.com/opinion/7063/ स्मृतिका तरेलीहरूमा महामण्डल साहित्य यात्रा]</ref>
 
पृथ्वीनारायण शाहको वि.सं. १८३१ मा मृत्यु भइसके पछि पनि कर्कप्याट्रिक नुवाकोटको भ्रमणमा जादा पनि [[बहादुर शाह]]संग यसै दरबारमा भेट गरेका थिए । वि.सं. १८९७-९८ तिर [[राजेन्द्र विक्रम शाह|राजा राजेन्द्र]] तथा रानी साम्राज्य लक्ष्मी नुवाकोटमा भ्रमणमा जाँदा पनि यसै दरबारमा बसेका थिए । वि.सं. १९०३ मा यस शेरा बेसी दरबार भत्कियो । दरबार भत्किएपछि भग्नावशेषमा परिणत भयो । त्यसको धेरै वर्ष पछि [[जुद्ध शमशेर जंगबहादुर राणा|जुद्धशम्शेर]] नुवाकोट भ्रमणमा जाँदा उनले भग्नावशेष दरबार बारेमा बुझ्न खोजे । [[जुद्ध शमशेर जंगबहादुर राणा|श्री ३ जुद्ध]]ले राजा पृथ्वीनारायण शाहको गृष्मकालिन दरबारको भग्नावशेष हो भनेर जानकारी पाएपछि तत्कालै पुरानो दरबार जस्तै दरबार बनाउनु भनेर आदेश दिए ।<ref>[http://himalaya.socanth.cam.ac.uk/collections/journals/contributions/pdf/CNAS_02_02_08.pdf श्री ५ '''पृथ्वीनारायण शाहको''' नुवाकोट-माडी दरबार. धनवज्र वज्राचार्य]</ref> तर त्यसबेला पुरानो दरबार देख्ने कोही नभेटेको र पुरानो दरबारको कुनै चित्र पनि नभएकोले शेराफाँटको भव्यता तथा दरबार परिसरबाट मोहित भएका जुद्ध शमशेर महाराजले आफ्नै अनुमानमा दरबार बनाए ।
"https://ne.wikipedia.org/wiki/शेरा_दरबार" बाट अनुप्रेषित