"फत्तेजङ्ग शाह" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति २४:
 
==पहिलो कार्यकाल ==
यिनले वि.सं. १८९७ देखि १८९९ सम्म नेपालको मुख्तियारको रूपमा कार्यहरू गरे। चौतारा पुष्कर शाहको मुख्तियारीमा भएको सैनिक विद्रोहलाई शान्त पार्न राजा राजेन्द्रले टुँडिखेलमा गएर कम्पु पल्टनका सैनिकलाई सान्त्वना दिँदा राजा राजेन्द्रले अधिराज्यको आम्दानीको स्रोत घटेको मात्र चर्चा गरेका थिए। तर बृटिस कम्पनी सरकारका राजदुत बिएच हजसनले "राजा राजेन्द्र द्वारा टुँडिखेलमा रहेको परेडको मैदानमा कम्पनी सरकारका पदाधिकारी विरोधी वक्तव्य दिइएको थियो" भन्ने झुटो सन्देश पठाई कम्पनी सरकारका गभर्नर जनरल अक्ल्यान्डका तर्फबाट राजाको नाममा एउटा हप्कीको कडिकडाउ पत्र लेखाइदिए।
यिनले वि.सं. १८९७ देखि १८९९ सम्म नेपालको मुख्तियारको रूपमा कार्यहरू गरे।
 
यस पत्रमा " नेपाल अधिराज्यमा हाल कार्यरत मन्त्रीहरूलाई हटाई यिनीहरूको बदलामा नयाँ मन्त्रीहरू नियुक्त गरिनु पर्छ" भन्ने सल्लाह समेत दिइएको थियो। राजा राजेन्द्र यस्तो पत्र आएपछि सुरुसुरुमा त अडिएर बसिरहेका थिए। तर यसको निम्ति दोश्रो ताकिता पत्र आएपछि राजाले धर नै पाएनन् र कम्पनी सरकारका पदाधिकारीहरूकै सल्लाहानुसार वि सं १८९७ कार्तिक १८ मा पुष्कर शाहालाई हटाई फत्यजङ्ग शाहलाई मुख्तियार नियुक्त गरियो।<ref>{{cite book|title=अब यस्तो कहिल्यै नहोस्|author=[[बाबुराम आचार्य]]|page=१२१|date=माघ २०७५ |publisher=फाइनप्रिन्ट बुक्स|isbn=978-9937-665-40-7|url=}}</ref>
 
==माथ्वरसिंह थापाको मुख्तियारी==
बि सं १९९० पौष ५ गते "मिनिस्टर एन्ड कमान्डर इनचिफ" भन्ने पदवीका साथ यिनले नेपाल अधिराज्यको मुख्तियारको अभिभारा सम्हाले। यस व्यवस्थाबाट फत्यजङ्ग शाह साविक भन्दा एक तह तल झरेर सामान्य मन्त्रीका रुपमा कायम भए।