"फत्तेजङ्ग शाह" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २८:
बि सं १९९० पौष ५ गते "मिनिस्टर एन्ड कमान्डर इनचिफ" भन्ने पदवीका साथ यिनले नेपाल अधिराज्यको मुख्तियारको अभिभारा सम्हाले। यस व्यवस्थाबाट फत्यजङ्ग शाह साविक भन्दा एक तह तल झरेर सामान्य मन्त्रीका रुपमा कायम भए।
 
अब उप्रान्त नेपाल अधिराज्यका चौतारा तथा काजी लगायत सबै भाइ भारदारले कमान्डर इनचिफ माथवरसिंह थापाकै राय निर्देशन अनुसार काम गर्नु पर्ने भयो। चौतारा फत्यजङ शाहले आफ्नो यस अपमानलाई सहन गर्न सकेनन् र तीर्थ श्राद्ध गर्न गया जान्छु भनी भारत्तिर पलायन भै बिरामी भएको बाहाना गरि गोरखपुरको आसपासमै रोकिएर रहे। यसको प्रतिक्रिया स्वरुप यिनलाई १२ लाख रुपैयाँको बाँकी लाग्यो र यसैबापत बि सं १९०१ बैशाखको आरम्भमा यिनको सर्वस्व समेत हरण भयो।<ref>{{cite book|title=अब यस्तो कहिल्यै नहोस्|author=[[बाबुराम आचार्य]]|page=१३५|date=माघ २०७५ |publisher=फाइनप्रिन्ट बुक्स|isbn=978-9937-665-40-7|url=}}</ref>
 
वि.सं. १९०० देखि १९०२ सम्म [[भारत]]को [[गया]]मा निर्वासित रहे।