"यशोब्रम्ह शाह" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: फर्काई दियो दृश्य सम्पादक मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा 2401:4900:27B7:49F9:0:5D:5764:2701 (वार्तालाप)द्वारा Sarojbotद्वारा गरिएको पछिल्लो संशोधनतर्फ उल्टाइएका सम्पादनहरू
चिनो: पूर्ववत
पङ्क्ति २२:
| religion = [[हिन्दू धर्म|हिन्दु]]
|}}
'''[[यशोब्रम्ह]] शाह''' वा '''यशोब्रह्म शाह''' वा '''यशोबाम शाह''' कास्कीका राजा [[कुलमण्डन खाँ]] (शाह) का कान्छा छोरा हुन्। लम्जुङ राज्यमा कास्की राजाकै माहिला भाईको मृत्यु पश्चात उनिलाई त्याहाँ स्थापित गरिएको हो। उनका २ छोरा [[नरहरि शाह]] र [[द्रव्य शाह]] थिए । नरहरि शाहका सन्तानहरू लम्जुङ्गका राजा भएका थिए र द्रव्य शाहका सन्तानहरू गोरखाका राजा भएका थिए । द्रव्य शाहका वंशज [[नरभूपाल शाह]] र [[पृथ्वीनारायण शाह]]ले [[नेपालको एकिकरण]]को शुरुवात गरेका थिए।
==किम्बदन्ति र दाबी==
श्रोतहरूको आधारमा शाह वंशका पूर्खाहरू भारतको चितौडबाट मुश्लिम आक्रमणबाट बच्न नेपाल पसेका भूपाल तथा उनका छोराहरू हरिहरसिंह र अजयसिंह थिए । चितोरगढका चन्द्रवंशी राजा भट्टारक ऋषिराज राणाजीको ३३ औँ वंशका राजा भूपति राणाजीका उदयरस, फत्तेसिंह र मनमथ नाम गरेका तीन छोराहरू थिए। फत्तेसिंहकी छोरी अत्यन्त रूपवती थिइन्। उनलाई हरण गर्ने उद्देश्य लिएर मुसलमानहरूले चितोरगढ आक्रमण गरे । मुसलमानहरूले फत्तेसिंहकी सुन्दरी कन्याका लागि चितोरगढलाई ध्वस्त पारिदिएपछि केवल मनमथ नै जीवित रहे र उज्जयनमा शरण लिई ज्यान जोगाए । त्यहाँ उनका ब्राह्मणिक र भूपाल नाम गरेका दुई पुत्रहरू जन्मिए । पुत्रहरूका बीचमा आपसी मेल नभएका कारणले भट्किएका भूपाल मुसलमानहरूका डरले उत्तरतर्फ पार्वत्य अञ्चलमा प्रवेश गरे ।<!--The story has been proved fake by historians like Baburam Acharya. Thus, anyone with more evidence may help this.-->