"महाशिवरात्रि" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
अनावश्यक
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ३८:
 
ज्योतिषीय गणितको अनुसार चतुर्दशी तिथिमा चन्द्रमा अफ्नो क्षीणस्थ अवस्थामा पुग्दछ। त्यस कारण बलहीन चन्द्रमा सृष्टिलाई ऊर्जा प्रदान गर्न असमर्थ हुन्छन्। चन्द्रमाको सीधा सम्बन्ध मनसग हुन्छ। अब मन: कमजोर हुदा भौतिक सन्तापले प्राणीलाई घेर्दछ तथा विषादको स्थिति उत्पन्न हुदछ। जसबाट कष्टहरूको सामना गर्नु पर्दछ। चन्द्रमा शिवको मस्तकमा सुशोभित छन्। अत: चन्द्रदेवको कृपा प्राप्त गर्न भगवान शिवको आश्रय किने गरिन्छ। महाशिवरात्रि शिवको प्रिय तिथि हो। अत: प्राय: ज्योतिषीहरू शिवरात्रिका दिन शिवको आराधना गरेर कष्टहरूबाट मुक्ति पाउन सुझाव दिन्छन्। शिव आदि-अनादि हुन। सृष्टिको विनाश वा पुन:स्थापनको बीचको मुख्य कडी हो प्रलय अर्थात कष्ट, पुन:स्थापन अर्यात सुख। अत: ज्योतिषमा शिवलाई सुखको आधार मानेर महाशिवरात्रिमा अनेक किसिमका अनुष्ठान गर्ने महत्ता दर्शाइएको छ।
 
== रुद्राक्ष ==
 
[[File:Groupofrudraksha.jpg|thumb|रुद्राक्ष]]
हिन्दूहरूको धार्मिक आस्थाका रूपमा रहेको [https://www.nepalrudraksha.com रुद्राक्ष] अलौकिक शक्ति प्रदान गर्नुका साथै आर्युवेदिक औंषधिमा पनि उत्तिकै महत्त्वका साथ प्रयोग गर्ने गरिन्छ । महाशिवरात्रिको दिन आफ्नो राशि अनुसार धारणीय रुद्राक्ष धारण गरेमा फलिफाप हुने धार्मिक विश्वास पनि रहेको छ ।
मेष- तीन मुखी
वृष - छ मुखी
मिथुन- चार मुखी
कर्क - दो मुखी
सिंह- एक मुखी
कन्या - चार मुखी
तुला- छह मुखी
वृश्चिक- तीन मुखी
धनु- पांच मुखी
मकर- सात मुखी
कुंभ - सात मुखी
मीन- पांच मुखी
 
=== अनुष्ठान ===
;कारोबार वृद्धिको लागी
महाशिवरात्रिको सिद्ध मुहर्तमा पारद शिवलिंगको प्राण प्रतिष्ठा गरी स्थापना गर्दा व्यवसायमा वृद्धि तथा नोकरीमा सफलता प्राप्ति हुन्छ।
 
;बाधा नाशकको लागी
शिवरात्रिको प्रदोष कालमा स्फटिक शिवलिंगलाई शुद्ध गङ्गाजल, दूध, दही, घीउ, मह वा शक्करबाट स्नान गराएर धूप-दीप बालेर निम्न मन्त्रको जाप गर्दा समस्त बाधाहरूको शमन हुन्छ।
॥ॐ तुत्पुरूषाय विद्महे महादेवाय धीमहि तन्नो रूद्र: प्रचोदयात्॥
 
;रोगबाट छुटकाराको लागी
शिव मन्दिरमा शिवलिङ्गपूजन गरेर रुद्राक्षको माला प्रयोग गरी दस हजार पटक महामृत्युञ्जय मन्त्रको जाप गर्दा प्राणरक्षा हुन्छ भन्ने शास्त्रीय मान्यता छ।
;शत्रु नाशको लागी
शिवरात्रिका दिन रूद्राष्टकको यथासम्भव पाठ गर्दा शत्रुहरूबाट मुक्ति प्राप्त हुन्छ। मुद्दा मामिलाम विजय प्रप्ति हुन्छ र समस्त सुखभोग मिक्दछ।
;मोक्षको लागी
शिवरात्रिका दिन एक मुखे रूद्राक्षलाई गङ्गा जलले स्नान गराएर धूप-दीप गरी आसनमा स्वच्छ कपडा ओछ्याई स्थापना गरी शिवरूपी रूद्राक्ष सम्मुख बसेर सवा लाख "ॐ नम: शिवाय" मन्त्र जपको सङ्कल्प गरी जाप आरम्भ गर्ने तथा शिवरात्रि पछि पनि जापलाई निरन्तरता दिई पूर्ण भएपछि साङ्गे गर्दा मोक्ष प्राप्ति हुने मान्यता छ।
 
== आयोजन अनुष्ठान मेला ==
"https://ne.wikipedia.org/wiki/महाशिवरात्रि" बाट अनुप्रेषित