"नेपाल" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
पङ्क्ति १२०:
}}
 
हिमालय क्षेत्रमा मानिसहरू बस्न थालेको कम्तिमा पनि ९,००० वर्ष भएको कुरा [[काठमाडौँ उपत्यका]]मा पाइएका [[प्राचीन]] औजारहरूबाट पुष्टि हुन्छ। सम्भवत:सम्भवतः भोट-बर्मेली मूलका मानिसहरू नेपालमा २,५०० वर्ष अगाडि बसोबास गर्दथे।<ref name="Library_of_Congress">{{Cite web |url=http://memory.loc.gov/frd/cs/nptoc.html |title=A Country Study: Nepal |publisher=Federal Research Division, Library of Congress |language=अङ्ग्रेजी |accessdate=2018-03-18}}</ref>
 
ईशापूर्व १५०० तिर [[हिन्द-आर्य नागरिक|इन्डो-आर्यन]] जातिहरू उपत्यका प्रवेश गरे। ईशापूर्वको १००० तिर स-साना राज्यहरू र राज्यसङ्गठनहरू बने। [[गौतम बुद्ध|सिद्धार्थ गौतम]] (ईशापूर्व ५६३–४८३) त्यस्तै एक वंश, [[शाक्य]]वंशका राजकुमार थिए, जसले आफ्नो राजकाज त्यागी तपस्वीको जीवन अँगाले र उनी [[बुद्ध]] भनेर विश्व प्रसिद्ध भए। ईशापूर्वको २५० सम्ममा यो क्षेत्र उत्तर भारतको [[मौर्य साम्राज्य]]को प्रभावमा पर्‍यो र पछि चौँथोचौथो शताब्दिमा [[गुप्त राजवंश|गुप्त साम्राज्य]]को अधीनस्थ राज्य हुनपुग्यो। यो क्षेत्रमा ५औं५औँ शताब्दिको उत्तरार्द्धमा आएर [[लिच्छवि काल|लिच्छवीहरू]]ले राज्य गरे। ८ औँ शताब्दिको उत्तरार्धमा लिच्छवीवंशको अस्त हुनथाल्यो र सन् ८७९ देखि नेवार युगको उदय भयो, यद्यपि उनीहरूको नियन्त्रणमा देशको कति विस्तार भएको थियो यकिन छैन। ११औं११औँ शताब्दिको उत्तरार्द्धमा दक्षिण भारतबाट आएका चालुक्य साम्राज्यको प्रभावमा नेपालको दक्षिणी भूभाग पर्‍यो। चालुक्यहरूको प्रभावमा त्यति बेला चलिआएको बुद्ध धर्मको साटो राजाहरूले हिन्दू धर्मको समर्थन गर्न थाले र नेपालमा हिन्दू धर्म तर्फको धार्मिक परिवर्तन हुनथाल्यो।
 
१३औं शताब्दिको पूर्वार्द्धमा संस्कृत शब्द "मल्ल" थर भएका नाइकेहरूको उदय हुनथाल्यो। सुरूमा उनीहरूको सत्ता उदयमान भयो, तर त्यसपछिका २०० वर्षहरूमा राजाहरूले उनीहरूको शक्ति एकमुष्ट पार्ने मात्र काम गरे। १४औं शताब्दिको उत्तरार्धमा देशका धेरैजसो भागहरू एकीकृत राज्यको अधीनमा आए। तर यो एकीकरण छोटो समयसम्म मात्र टिक्यो: सन् १४८२ मा यक्ष मल्लको समयमा आफ्ना छोराहरूलाई अंशबण्डामा काठमाडौँ उपत्यकाका तीन राज्य बाँडेर दिने निर्णय पछि यो राज्य तीन भागमा टुक्रियो – [[कान्तिपुर (राज्य)|कान्तिपुर]], [[ललितपुर महानगरपालिका|पाटन]], र [[भक्तपुर नगरपालिका|भादगाउँ]] – जसको बीचमा शताब्दियौंसम्म खिचातानी र दुश्मनी रहिरहेको थियो।
पङ्क्ति १२८:
१७६५ मा, [[गोरखा राज्य|गोरखा]]का राजा [[पृथ्वीनारायण शाह]]ले थोरैमात्र हतियार र सहयोग जुटाई छिमेकी राज्यहरू, खासगरी लम्जुङ, कास्की र तनहुँ, को तटस्थता आफ्नो पक्षमा उपयोग गर्न सफल भएपछि देश एकीकरणका निम्ती अघि बढे। धेरै रक्तरञ्जित लडाईंहरूपश्चात्, उनी ३ वर्षपछि काठमाडौँ उपत्यकालाई विशाल नेपाल भित्र एकीकरण गर्ने अभियानमा सफलता प्राप्त गरे। यद्यपि उनले तत्कालीन राजा [[जयप्रकाश मल्ल]]ले राज्य गरिरहेको कान्तिपुर (काठमाडौँ) राज्यलाई जित्ने क्रममा कुनै युद्ध गर्नु परेन। पृथ्वीनारायण शाहले आफ्ना सेनाहरू लिएर काठमाडौँतर्फ अग्रसर हुँदा काठमाडौँ उपत्यकाका सबै जनताहरू [[इन्द्रजात्रा]] मनाइरहेका थिए; र खासै कुनै मेहनत बिना उपत्यकालाई कब्जा गरी आफै बसेर जात्रा चलाएर साँस्कृतिक सम्मानको अवधारणा प्रस्तुत गरे। त्यसैगरी नेपाल एकीकरणको सिलसिलामा सम्पूर्ण साना राज्यहरू जितेपछि गोरखाली सेना पूर्वमा पल्लो किराँत लिम्बुवान राज्य पुगे। [[लिम्बुवान]] राज्यमा १७ पटकसम्म हमला गरी वि.स‌ं. १८३१ श्रावण २२ गते लिम्बुवानको केन्द्रीय राजधानी [[बिजयपुर|विजयपुर]]मा लालमोहर सहित तम्रपत्रमा लेखी सन्धि भयो। यसले वर्तमान नेपालको जन्मको आधारशिला तय गर्‍यो।
 
तिब्बतसँग हिमाली मार्गको नियन्त्रणको निम्ति भएको विवाद र त्यस पश्चातको युद्धमा चीन तिब्बतको सहायताको लागि आएपछि नेपाल पछि हट्नुपर्‍यो। नेपालको सीमा नजीकका स-साना राज्यहरूलाई हडपेका कारण सुरू भएको [[इस्टईस्ट इन्डिया कम्पनी|ईष्टइस्ट इण्डिया कम्पनी]]सँगको दुश्मनीका कारण रक्तरञ्जित [[नेपाल अङ्ग्रेज युद्ध|नेपाल अङ्ग्रेज युद्ध (सन् १८१४–१६)]] भयो, जसमा नेपालले हालको सीमा रक्षा गर्न सफल भएपनि [[महाकाली नदी]]को पश्चिम तथा [[मेची नदी]]को पूर्वका आफ्ना क्षेत्रहरू गुमाउनु पर्‍यो। आफ्नो स्वाधीनताका लागि नेपालले ईष्ट इण्डिया कम्पनीसँग [[सुगौली सन्धि]] गरेर तराईका केही भूभाग र एक तिहाइभन्दा बढी भूभाग सहित [[सिक्किम]], [[दार्जिलिङ|दार्जिलिंग]] पनि गुमाउनु पर्‍यो। ती क्षेत्रहरू हालको भारतको [[उत्तराखण्ड]] र [[हिमाञ्चल प्रदेश]]मा पनि पर्दछन। [[काँगडा किल्ला|कांगडा]]सम्म पुगेका नेपाली र [[सतलज नदी|सतलज]]देखि [[टिस्टा नदी|टिस्टा]]सम्मको [[विशाल नेपाल]] मेची र कालीका बीच सीमित हुन पुग्यो, तर पनि पछि सन् १८६० मा प्रथम राणा प्रधानमन्त्री [[जङ्गबहादुर राणा]]सँग खुसी भई अङ्ग्रेजले नेपाललाई [[राप्ती नदी|राप्ती]]देखि कालीसम्मको तराई फर्काइदिएका थिए।
 
राजपरिवार बीचको गुटबन्दीका कारण युद्धपछि पनि अस्थिरता कायम रहीरह्यो। सन् १८४६ मा शासन गरिरहेकी रानीका सेनानायक जङ्गबहादुर राणालाई पदच्युत गर्ने षड्यन्त्रको खुलासा हुनाले [[कोत पर्व|कोतपर्व]] घट्न पुग्यो। हतियारधारी सेना र रानीप्रति बफादार भाइ-भारदारहरूबीच मार-काट चल्नाले देशका सयौं राजखलक, भारदारहरू र रजौटाहरूको हत्या भयो। जङ्गबहादुरले जितेपछि [[राणा वंश]] सुरू गरे र [[राणा शासन]] लागू गरे। राजालाई नाममात्रमा सीमित गरियो र प्रधानमन्त्री पदलाई शक्तिशाली र वंशाणुगत गरियो। राणाहरू पूर्णनिष्ठाले ब्रिटिसहरूकाब्रिटिशहरूका पक्षमा थिए र ब्रिटिसहरूलाईब्रिटिशहरूलाई सन् १८५७ को सिपाही विद्रोह (भारतको पहिलो स्वतन्त्रता संग्राम) र पछि दुवै विश्वयुद्धहरूमा सघाएका थिए। सन् १९२३ मा [[संयुक्त अधिराज्य]] र नेपालबिच आधिकारिक रूपमा मित्रताको सम्झौतामा हस्ताक्षर भयो, जसमा नेपालको स्वतन्त्रतालाई संयुक्त अधिराज्यले स्विकार गरेको थियो।
 
<gallery mode="packed" heights="250">
पङ्क्ति १४५:
 
===पञ्चायत विरूद्ध संघर्ष र बहुदल घोषणा===
पञ्चायती व्यवस्था लागू भएदेखि नै देशमा यसको विरुद्धमा आन्दोलनहरू भए। वि.स‌ं. २०१८ मा नेपाली कांग्रेसले सशस्त्र क्रान्ति गर्यो। कम्युनिष्टकम्यूनिस्ट युवाहरूले वि.स‌ं. २०२८ मा गरेको झापा क्रान्तिले [[नेपाल कम्युनिष्टकम्यूनिस्ट पार्टी (मार्क्सवादी-लेनिनवादी)|नेकपा माले]]को स्थापना गर्यो। वि.स‌ं. २०३६ मा विद्यार्थी आन्दोलन भएपछि राजाले बहुदल कि निर्दल भनी छान्न [[जनमत सङ्ग्रह, २०३७|जनमत सङ्ग्रह]] गराए। वि.स‌ं. २०४२ मा पनि सत्याग्रह आन्दोलन भयो। अन्तत वि.स‌ं. २०४६ मा नेपाली कांग्रेस र संयुक्त वाममोर्चा मिलेर गरेको आन्दोलनले ३० वर्षे पञ्चायती व्यवस्था ढाल्यो। सन् १९८९ को [[नेपालको जनआन्दोलन २०४६|जनआन्दोलन]]ले राजतन्त्रलाई संवैधनिक सुधार गर्न र बहुदलीय संसद् बनाउन बाध्य तुल्यायो।<ref name="Nepal_Timeline">{{Cite web |url=http://www.bbc.co.uk/news/world-south-asia-12499391 |title=Nepal profile - Timeline |date=2018-02-19 |language=अङ्ग्रेजी |accessdate=2018-03-18}}</ref> फलतः नेपालमा पञ्चायती व्यवस्थाको अन्त्य भई [[बहुदलीय प्रणाली|बहुदलीय प्रजातन्त्र]]को पुनर्स्थापना भयो। सन् १९९१ मे मा [[कृष्णप्रसाद भट्टराई]] अन्तरिम सरकारको प्रधानमन्त्री बने, नयाँ संविधान [[नेपाल अधिराज्यको संविधान २०४७]] अंगीकरण गरियो र संसदका लागि लोकतान्त्रिक चुनाव भयो। नेपाली कांग्रेसले राष्ट्रको पहिलो लोकतान्त्रिक चुनावमा बहुमत ल्यायो र [[गिरिजा प्रसाद कोइराला|गिरिजाप्रसाद कोइराला]] प्रधानमन्त्री बने।
 
===बहुदलीय संसदीय व्यवस्था अवधि===
पङ्क्ति १५१:
 
====शाही कू र राजाको प्रत्यक्ष शासन====
फलतः राजाले निर्वाचित संसद भङ्ग गरी सत्ता आफ्नो हातमा लिए। [[नेपाल अधिराज्यको संविधान २०४७]] मा राजकीय सत्ता तथा राजाको अधिकारको विषयमा केही व्यवस्थाहरू स्पष्ट नभएकाले राजाले यो कदम उठाउन सकेका थिए। संसदका बिना देशमा विभिन्न व्यक्तिहरूको प्रधानमन्त्रीत्वमा राजाले मन्त्रीमण्डल फेर्दै गए र अन्ततः राजा ज्ञानेन्द्रले वि.सं. २०६१ माघ १९ का दिन एउटा घोषणा मार्फत सम्पूर्ण राज्यसत्ता आफ्नो हातमा लिएर आफ्नै अध्यक्षतामा नयाँ मन्त्रीमण्डल गठन गरे। त्यसपछि देशभरका टेलिफोन तथा मोवाइलहरूकामोबाइलहरूका लाइन काटिए। रेडियो, टिभी, पत्रपत्रिका लगायतका सञ्चार माध्यमहरूमा सेन्सरसिपसेन्सरशिप लागू भयो। मौलिक हकमा समेत प्रतिबन्ध लगाइयो।
 
===राजतन्त्रको अन्त्य===
राजा ज्ञानेन्द्रको यो कदमको देशभित्र र बाहिर गरी विश्वव्यापी रूपमा विरोध भयो। राजनीतिक दलहरू आन्दोलनमा उत्रिए। सशस्त्र युद्ध गरिरहेको [[नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)|नेकपा माओवादी]] र आन्दोलनरतआन्दोलनरत् सात राजनीतिक पार्टीहरूबीच वि.सं. २०६२ फागुनमा भारतको मध्यस्थतामा [[नयाँ दिल्ली]]मा वार्ता भई १२ बुँदे सहमति भयो। त्यसपछि माओवादीले पनि हतियार बिसाई शान्तिपूर्ण जनआन्दोलनमा सहभागी हुने भयो। सबै मिलेर आन्दोलन भयो र विघटित संसद पुनर्स्थापित भयो। आन्दोलनरत माओवादी र सरकारबीच [[विस्तृत शान्ति सम्झौता]] सम्पन्न भयो। [[नेपालको अन्तरिम संविधान २०६३]] लागू गरियो र माओवादी समेतलाई सम्मिलित गरी अन्तरिम व्यवस्थापिका संसदको निर्माण भयो। माओवादी समेत सम्मिलित स‌ंयुक्त सरकार बन्यो र नेपालको भावी संविधान निर्माण गर्नका लागि [[संविधानसभा निर्वाचन, २०६४|संविधानसभाको निर्वाचन]] गराइयो। वि.सं. २०६५ जेठ १५ गते बसेको संविधानसभाकोसंविधान सभाको बैठकले नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गर्‍यो। त्यसपछि गणतान्त्रिक नेपालका प्रथम [[नेपालका राष्ट्रपति|राष्ट्रपति]]को रूपमा [[रामवरण यादव|डा. राम वरण यादव]] र [[नेपालका उपराष्ट्रपतिहरू|उपराष्ट्रपति]]मा [[परमानन्द झा]] चुनिए। वि.सं. २०७२ असोज ३ गते गणतन्त्र नेपालको संविधान घोषणा गरिएपश्चातगरिए पश्चात् नेपाललाई सात प्रदेशमा विभाजन गरी हरेक प्रदेशको आफ्नै व्यवस्थापिकाको स्थापना गरियो।
 
नेपालका वर्तमान राष्ट्रपतीराष्ट्रपति [[विद्यादेवी भण्डारी]] तथा प्रधानमन्त्रिप्रधानमन्त्री [[खड्गप्रसाद ओली|केपी शर्मा ओली]] हुन्।
 
== भूगोल ==
"https://ne.wikipedia.org/wiki/नेपाल" बाट अनुप्रेषित