"नेपाल" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
पङ्क्ति २४४:
== शिक्षा ==
 
नेपालमा आधुनिक शिक्षाको सुरुवात राणा प्रधानमन्त्री जङ्गबहादुर राणाको बेलायत यात्रा पछि सन् १९८२ मा स्थापित दरबार हाइस्कूल (हालको रानीपोखरी किनारको भानु मा.बि)बाट भएको हो। यसभन्दा अगाडि नेपालमा केही धर्मशास्त्रीय दर्शनमा आधारित शिक्षामात्र दिइन्थ्यो। आधुनिक शिक्षाको सुरुवात १९८२ मा भएपनि यो आम नेपाली जनताका लागि भने सुलभ थिएन। तर देशका विभिन्न भागमा केही विद्यालय दरवार हाइस्कूलको सुरुवात सँगै खुल्न सुरु भए। नेपालमा पहिलो उच्च शिक्षाको केन्द्र चाहिँ काठमाडौँमा रहेको त्रि-चन्द्र क्याम्पस हो। राणा प्रधानमन्त्री चन्द्र सम्शेरलेशम्शेरले आफुसँगै राजा त्रिभुवनको नाम जोडी यस क्याम्पसको नाम राखेका थिए। यो क्याम्पसको स्थापना पछि नेपालमा उच्च शिक्षा आर्जन धेरै सहज हुनपुगेको थियो। तर सन १९५९ सम्म पनि देशमा एउटा पनि विश्वविद्यालय स्थापना हुन सकेको थिएन। राजनीतिक परिवर्तन पछि राणा शासन मुक्त देशले अन्तत १९५९ मा त्रिभुवन विश्वविद्यालयको स्थापना गर्‍यो। त्यसपछि महेन्द्र संस्कृतका साथै अन्य विश्वविद्यालयहरू पनि खुल्दै गए। हालै मात्र सरकारले ४ वटा अरू विश्वविद्यालय पनि खोल्ने घोषणा गरेको छ। नेपालको शिक्षाको सबैभन्दा मुख्य योजनाकार शिक्षा मन्त्रालय हो। त्यस बाहेक शिक्षा विभाग, क्षेत्रीय शिक्षा निर्देशनालयहरू, जिल्ला शिक्षा कार्यालयहरू, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, उच्चमाध्यमिक शिक्षा परिषद्, पाठ्यक्रम विकास केन्द्र, विभिन्न विश्वविद्यालयका परीक्षा नियन्त्रण कार्यलयहरू विकास विस्तार तथा नियन्त्रणका क्षेत्रमा कार्यरत छन्।
 
===नेपालका विश्वविद्यालयहरू===
 
#'''[[त्रिभुवन विश्वविद्यालय]] ''': त्रिभुवन विश्वविद्यालय नेपालको सबैभन्दा पुरानो र ठुलो राष्ट्रिय विश्वविद्यालय हो। यो विश्वविद्यालयको केन्द्रीय कार्यालय कीर्तिपुर काठमाडौँमा छ। हाल यो विश्वविद्यालयमा १,५०,००० विद्यार्थी अध्यनरत छन्। कृषि तथा पशु विज्ञान, वनविज्ञान, इन्जिनियरिंग, विज्ञान तथा प्रविधि , चिकित्साशास्त्र , समाजविज्ञान , मानवशास्त्र, व्यवस्थापन, शिक्षाशास्त्र, कानुन तथा मानविकीमा यो विश्वविद्यालयले शिक्षा प्रदान गरिरहेको छ। यस विश्वविद्यालयका ६० आंगिक तथा ४१६ सम्वन्धनसम्बन्धन प्राप्त क्याम्पसहरू रहेका छन् । यो विश्वविद्यालयले हाल पनि नेपालको उच्चशिक्षामा ७५ प्रतिशत भन्दा बढीको भार बोकीरहेकोबोकिरहेको छ। साथै यो विश्वविद्यालय नेपालको थिंकट्यांकको रूपमा पनि चिनिन्छ। [http://www.tribhuvan-university.edu.np त्रिभुवन विश्वविद्यालयको वेव साइट ]
#'''[[नेपाल संस्कृत विश्वविद्यालय|महेन्द्र संस्कृत विश्वविद्यालय]] (हाल नेपाल संस्कृत बनाइएको )''': नेपालको दोस्रो पुरानो र काठमाडौँ उपत्यका बाहिर दाङ जिल्लामा स्थापित यो विश्वविद्यालय १९८६ मा स्थापना भएको हो। संस्कृत शिक्षाको उच्च तह आयुर्वेद, तथा आधुनिक शिक्षामा समेत पढाइ हुने यो विश्वविद्यालयको कार्यालय वसन्तपुरमा रहेको छ। [http://www.msu.edu.np नेपाल संस्कृत विश्वविद्यालय वेव साइट]
#'''[[काठमाडौं विश्वविद्यालय|काठमाडौँ विश्वविद्यालय]]''': सन् १९९१ को डिसेम्बरमा स्थापित नेपालको पहिलो तथा एकमात्र निजी विश्वविद्यालय काभ्रे जिल्लाको धुलिखेलमा रहेको छ । व्यवस्थापन, वाणिज्य, विज्ञान तथा चिकित्साशास्त्रको यो विश्वविद्यालयमा पढाइ हुने गरेको छ। हाल काठमाडौँ विश्वविद्यालयमा २०७२ जति विद्यार्थी अध्यानरतअध्ययनरत् छन। [http://www.ku.edu.np काठमाडौँ विश्वविद्यालय वेव साइट]
#'''[[पूर्वाञ्चल विश्वविद्यालय]]''': पूर्व नेपालको विराटनगर सहरमा स्थापित नेपालको पहिलो क्षेत्रीय विश्वविद्यालय हो। यो विश्वविद्यालय सन् १९९५ मा स्थापना भएको हो [http://www.purbuniv.edu.np पूर्वाञ्चल विश्वविद्यालय वेव साइट]
#'''[[पोखरा विश्वविद्यालय]]''': पश्चिम नेपालको पोखरा सहरमा अवस्थित छ। यो विश्वविद्यालय सन् १९९६ मा स्थापना भएको हो। हाल यस विश्वविद्यालयमा ४९०० विधार्थी अध्यनरतअध्ययनरत् छन् । यो विश्वविद्यालयमासँग आंगिक र सम्बन्धनप्राप्त गरी देशभरी २४ वटा२४वटा क्याम्पस रहेका छन। [http://www.pu.edu.np पोखरा विश्वविद्यालय वेव साइट]
#'''[[लुम्बिनी विश्वविद्यालय|लुम्विनी विश्वविद्यालय]]''': सन् २००५ मा स्थापित यो विश्वविद्यालयमा आउदो शैक्षिक सत्र देखि मात्र बुद्ध दर्शनमा पढाइ सुरु हुनेछ यो विश्वविद्यालय भगवान बुद्धको जन्मस्थल लुम्विनीमालुम्बिनीमा स्थापना भएको छ।
#'''[[कृषि तथा वन विश्वविद्यालय|नेपाल कृषि तथा वन विश्वविद्यालय]]''': कृषिप्रधान नेपालमा कृषि तथा बातावरण जोगाउन वनको अझ महत्त्व दर्साउन यस विश्वविद्यालयको अवधारणा अघि सारिएको हो। यसको केन्द्रीय कार्यालय भरतपुरको रामपुरमा रहेको छ।
#'''[[मध्यपश्चिमाञ्चल विश्वविद्यालय]]''': यस विश्वविद्यालयको केन्द्रीय कार्यालय सुर्खेतको [[वीरेन्द्रनगर नगरपालिका|वीरेन्द्रनगर]]मा रहेको छ।
"https://ne.wikipedia.org/wiki/नेपाल" बाट अनुप्रेषित