"नेपाल" का संशोधनहरू बिचको अन्तर

→‎नेपालका विश्वविद्यालयहरू: हिज्जे/वर्तनी सुधार
वर्तनी
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
पङ्क्ति ९३:
'''नेपाल''' (आधिकारिक नाम: '''सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल''') [[दक्षिण एसिया|दक्षिण एसियाली]] [[भूपरिवेष्ठित राष्ट्र|भूपरिवेष्ठित]] [[हिमालय|हिमाली]] राष्ट्र हो। २६°२२′ देखि ३०°२७′ उत्तर अक्षांश र ८०°४′ देखि ८८°१२′ पूर्वी देशान्तरसम्म फैलिएको यस राष्ट्रको कुल क्षेत्रफल १,४७,५१६ वर्ग किलोमिटर छ। यो क्षेत्रफल पृथ्वीको कुल क्षेत्रफलको ०.०३% र [[एसिया|एसिया महादेश]]को ०.३% पर्दछ। [[लन्डन|लण्डन]]स्थित [[ग्रिनविच मान समय|ग्रिनविच मीन टाइम]]भन्दा पूर्वतर्फ रहेकोले [[गौरीशंकर हिमाल|गौरीशङ्कर हिमाल]]को नजिक भएर जाने ८६°१५′ पूर्वी देशान्तरलाई आधार मानी [[नेपालको प्रमाणिक समय]] ५ घण्टा ४५ मिनेट अगाडि मानिएको छ।
 
नेपालको पूर्वी सीमाना [[मेची नदी]] देखि पश्चिमी सीमाना [[महाकाली नदी]]सम्मको औसत लम्बाइ ८८५ कि.मि. छ। उत्तरदेखि दक्षिणको चौडाइचौडाई भने एकनासको छैन। पूर्वी भागभन्दा पश्चिमी भाग केही चौडा छ। त्यस्तै मध्य भाग भने केही खुम्चिएको छ। यसमा अधिकतम चौडाई २४१ कि.मि. र न्यूनतम चौडाई १४५ कि.मि. रहेको छ। यसर्थ नेपालको औसत चौडाइ १९३ कि.मि. रहेको छ। नेपालको उत्तरमा [[चीन]]को स्वशासित क्षेत्र [[तिब्बत]] पर्दछ भने दक्षिण, पूर्व र पश्चिममा [[भारत]] पर्दछ। नेपालका लगभग ८१% नागरिक [[हिन्दू धर्म|हिन्दू धर्मावलम्बी]] छन्; यस अर्थमा नेपाल विश्वकै सबैभन्दा बढी प्रतिशत हिन्दू धर्मावलम्बी भएको राष्ट्र पनि हो। यसबाहेक [[बुद्ध धर्म|बौद्ध]], [[इस्लाम धर्म|इस्लाम]], [[किराँत जाति|किराँत]] आदि धर्म मान्ने मानिसहरू पनि यहाँ बसोबास गर्दछन्। एउटा सानो क्षेत्रको लागि नेपालको भौगोलिक विविधता निकै उल्लेखनीय छ। यहाँ [[तराई]]का उष्ण फाँटदेखि चिसा हिमालयका शृङ्खला अवस्थित छन्। संसारका [[विश्वका अग्ला हिमालहरू|सबैभन्दा उच्च १४ हिमशृङ्खला]]हरू मध्ये [[नेपालका हिमालहरूको सूची|८ वटा नेपालमा पर्दछन्]], जसमध्ये संसारको सर्वोच्च शिखर [[सगरमाथा]] (नेपाल र चीनको सीमानामा पर्ने) पनि एक हो। नेपालको प्रमुख सहर र राजधानी [[काठमाडौँ]] हो। [[काठमाडौँ जिल्ला|काठमाडौँ]], [[ललितपुर जिल्ला|ललितपुर]] र [[भक्तपुर जिल्ला|भक्तपुर]] जिल्लारूलाई [[काठमाडौँ उपत्यका]] भनेर चिनिन्छ। अन्य प्रमुख सहरहरूमा [[पोखरा महानगरपालिका|पोखरा]], [[विराटनगर महानगरपालिका|विराटनगर]], [[भरतपुर महानगरपालिका|भरतपुर]], [[वीरगञ्ज महानगरपालिका|वीरगञ्ज]], [[जनकपुर उपमहानगरपालिका|जनकपुर]], [[भैरहवा]], [[नेपालगञ्ज उपमहानगरपालिका|नेपालगञ्ज]] आदी पर्दछन् ।
 
नेपाल शब्दको उत्त्पत्तिउत्पत्ति बारेमा ठोस प्रमाण उपलब्ध नभएतापनि एक प्रसिद्ध किंवदन्ती अनुसार मरिची ॠषिका पुत्र 'ने' मुनिले पालन गरेको ठाउँको रूपमा यहाँको नाम नेपाल रहन गएको विश्वास छ। निरन्तर रूपमा राजा-रजौटाहरूको अधीनमा रहेर फुट्ने र जुट्ने लामो तथा सम्पन्न इतिहास बोकेको अहिले नेपाल भनेर चिनिने यो खण्डको [[नेपालको एकिकरणकाल|एकिकरण]] वि.सं. १८२४ मा [[गोरखा राज्य|गोरखा]]का [[पृथ्वीनारायण शाह|राजा पृथ्वी नारायण शाह]]ले थालेका थिए। [[नेपालको जनआन्दोलन २०४६|वि. सं. २०४६ सालको आन्दोलन]] पश्चात् [[संवैधानिक राजतन्त्र]]को नीति अवलम्बन गरिएको थियो। [[नेपालको जनआन्दोलन २०६३|वि.सं. २०६३ को लोकतान्त्रिक जनआन्दोलन]]पश्चात् राजाले देशको सार्वभौमसत्ता जनतालाई हस्तान्तरण गरे। वि.सं. २०६५ जेठ १५ गते [[नेपालको पहिलो संविधान सभा|पहिलो संविधानसभा]]को ऐतिहासिक बैठकले राजतन्त्रलाई प्रतिस्ठापन गर्दै नेपाललाई एक सङ्घीय लोक्तान्त्रिकलोकतान्त्रिक गणतन्त्र घोषणा गर्‍यो। वि.सं. २०७२ असोज ३ गते [[नेपालको संविधान २०७२|नेपालको संविधान]] जारी भएपश्चात प्रशसनिक रूपमा [[नेपालका प्रदेशहरू|सात प्रदेश]]मा विभाजन गरी नेपाललाई एक [[धर्म निरपेक्षता|धर्मनिरपेक्ष]] [[सङ्घीयता|सङ्घीय]] [[संसदीय व्यवस्था|संसदीय]] [[गणतन्त्र]] कायम गरिएको छ।
 
== शब्दको उत्पत्ति ==
"https://ne.wikipedia.org/wiki/नेपाल" बाट अनुप्रेषित