"चीनको जनवादी क्रान्ति" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ८४:
 
===मुद्रास्फिती र महङ्गी ===
मुद्रास्फिती भनेको अन्तर्राष्ट्रिय बजारमा कुनै देशको मुद्राको मूल्य घट्नु हो । जापानसँगको युद्धपछि चिनिया सरकार अमेरिकी सरकारमा आश्रित भयो । यस बेला अन्तर्राष्ट्रिय बजारमा चीनको मुद्राको मूल्य नराम्रोसँग घट्यो भने महङ्गी त्यस्तै गतिमा बढ्दै गयो । सरकारले मुद्राको अवस्था सुधार्ने र महङ्गी नियन्त्रण गर्ने कुरामा ध्यान दिएन । राष्ट्र सेवक कर्मचारी, किसान, मजदुर तथा अन्य तल्लो तहका नागरिकहरूको जीवनस्तर निकै कष्टकर बन्न गयो । यसले गर्दा किसान, मजदुर तथा राष्ट्रसेवक कर्मचारीमा सरकारप्रति वितृष्णाको भावना विकास भयो । उनीहरू सरकारका विरोधी बन्न गए । अतः यो पनि चिनिया जनवादी क्रान्तिको एउटा कारण बन्न गयो ।
क्रान्तिको एउटा कारण बन्न गयो ।
=== भ्रष्टाचार र कालोबजारी ===
च्याङ काई सेक सरकारको शासनकालमा देशमा भ्रष्टाचार निकै बढ्न गयो। ठुलो स्तरका कर्मचारीहरू यसैलाई आफ्नो आम्दानीको प्रमुख स्रोत मान्थे। त्यसै गरी व्यापारीहरूले दैनिक उपभोग्य सबै सामानहरू लुकाउँथे र बजारमा कृत्रिम अभावको सिर्जना गर्दथे। यसले गर्दा सर्वसाधारण वर्ग निकै आत्तिएको थियो। च्याङ काई सेकको सरकार यिनै ठुलो व्यापारी र कर्मचारीको आडमा चलेको हुनाले भ्रष्टाचार र महङ्गी नियन्त्रण गर्नेतर्फ कुनै सोच नै बनाउँदैन्थ्यो। अतः जनताले यो सरकारको विकल्प खोज्न थाले। यसरी यो पनि क्रान्तिको कारण बन्न गयो।
Line ९३ ⟶ ९२:
 
=== माओत्से तुङको नेतृत्व र चिनिया कम्युनिस्ट पार्टीको कार्यक्रम ===
चिनिया कम्युनिस्ट पार्टीको स्थापना सन् १९२१ मा भएको हो । माओत्से तुङ यसका संस्थापक सदस्यसमेत रहेका थिए । यिनको जन्म सन् १८९३ मा हुनान प्रान्तको मध्यम वर्गीय किसान परिवारमा भएको थियो । उनले सन यात्सेनलाई आफ्नो आदर्श व्यक्ति मान्दथे । सन् १९११ मा उनले आफ्नो अध्ययनलाई रोकेर सेनामा भर्तीसमेत भएका थिए तर एक वर्षमै सेनाको जागिर छाडेर आफ्नो अध्ययनलाई निरन्तरता दिए । “साम्यवादको घोषणापत्र” को अध्ययन गरेपछि उनले आफू लाई पूर्णतः साम्यवादीमै समर्पित गरे । सन् १९३१ मा चिनिया कम्युनिस्ट पार्टीको अध्यक्ष भएपछि उनी पार्टी सङ्गठनमा लागे । उनको सफल नेतृत्वमा लाल सेना, किसान तथा मजदुरको सङ्गठन खडा गरियो । केन्द्रीय तहदेखि स्थानीय तहसम्म पार्टीका सङ्गठनहरू निर्माण गरिए । यस बेला देशमा अत्याचार, कालो बजारी, महङ्गी, विदेशी हस्तक्षेप आदि जस्ता समस्याहरू थिए । सरकारले यी कुराहरू मिलाउन सकेको थिएन । चिनिया कम्युनिस्ट पार्टीले विभिन्न स्थानहरूमा जनसरकार गठन गर्दै अत्याचार, कालो बजारी, महङ्गी आदि जस्ता समस्याहरूको समाधान गर्यो । त्यतिमात्र नभई विदेशी हस्तक्षेप विरुद्ध जनचेतना फैलाउने काम पनि गर्यो । माओत्से तुङको नेतृत्व र कार्यशैलीबाट चीनका जनताहरू प्रभावित र आशावादी भई उनलाई सहयोग गर्न थाले । यसप्रकार माओत्से तुङको नेतृत्व नै चिनिया क्रान्तिको महत्त्वपूर्ण कारण थियो ।
अध्ययनलाई निरन्तरता दिए । “साम्यवादको घोषणापत्र” को अध्ययन गरेपछि उनले आफू लाई पूर्णतः साम्यवादीमै समर्पित गरे । सन् १९३१ मा चिनिया कम्युनिस्ट पार्टीको अध्यक्ष भएपछि उनी पार्टी
सङ्गठनमा लागे । उनको सफल नेतृत्वमा लाल सेना, किसान तथा मजदुरको सङ्गठन खडा गरियो । केन्द्रीय तहदेखि स्थानीय तहसम्म पार्टीका सङ्गठनहरू निर्माण गरिए । यस बेला देशमा अत्याचार, कालो बजारी, महङ्गी, विदेशी हस्तक्षेप
आदि जस्ता समस्याहरू थिए । सरकारले यी कुराहरू मिलाउन सकेको थिएन । चिनिया कम्युनिस्ट पार्टीले विभिन्न स्थानहरूमा जनसरकार गठन गर्दै अत्याचार, कालो बजारी, महङ्गी आदि जस्ता समस्याहरूको समाधान गर्यो । त्यतिमात्र नभई विदेशी हस्तक्षेप विरुद्ध जनचेतना फैलाउने काम पनि गर्यो । माओत्से तुङको नेतृत्व र कार्यशैलीबाट चीनका जनताहरू प्रभावित र आशावादी भई उनलाई सहयोग गर्न थाले । यसप्रकार माओत्से तुङको नेतृत्व नै चिनिया क्रान्तिको महत्त्वपूर्ण कारण
थियो ।
 
=== तत्कालीन कारण: लाल सेनामाथि राष्ट्रिय सेनाको आक्रमण ===
सन् १९२६ देखि नै क्रान्तिका रूपमा गृहयुद्धको थालनी भएको थियो । सन् १९४८ मा राष्ट्रिय सेनाले मन्चुरियामा लाल सेनामाथि गरेको आक्रमण नै क्रान्तिको तत्कालीन कारण बन्यो । पछि यो युद्ध नै निर्णायक बन्न गयो । सुरुको अवस्थामा राष्ट्रिय सेनाले उत्साहजनक विजय प्राप्त गर्यो । लाल सेनाले गुरिल्ला रणनीति अवलम्बन गरे । यसले राष्ट्रिय सेनामा ठुलो क्षति हुन गयो । लाल सेनाको पहिलो पटकको गुरिल्ला हमलामा ३ लाख राष्ट्रिय सेनाले आत्मसमर्पण गरी लाल सेनालाई आफ्नो हतियार बुझायो भने सन् १९४८ को डिसेम्बरमा सुन्चो भन्ने स्थानमा भएको युद्धमा ५ लाख राष्ट्रिय सेनाको ज्यान गयो । यसै पटक [[लाल सेना]]ले पेकिङसमेत आफ्नो नियन्त्रणमा लियो । सन् १९४९ अक्टोबर १ मा माओत्से तुङले <nowiki>[[जनवादी गणतन्त्र चीन]]</nowiki>को घोषणा गरे ।
 
== क्रान्तिको घटनाक्रम ==