"चीनको जनवादी क्रान्ति" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ९७:
 
=== तत्कालीन कारण: लाल सेनामाथि राष्ट्रिय सेनाको आक्रमण ===
सन् १९२६ देखि नै क्रान्तिका रूपमा गृहयुद्धको थालनी भएको थियो । सन् १९४८ मा राष्ट्रिय सेनाले मन्चुरियामा लाल सेनामाथि गरेको आक्रमण नै क्रान्तिको तत्कालीन कारण बन्यो । पछि यो युद्ध नै निर्णायक बन्न गयो । सुरुको अवस्थामा राष्ट्रिय सेनाले उत्साहजनक विजय प्राप्त गर्यो । लाल सेनाले गुरिल्ला रणनीति अवलम्बन गरे । यसले राष्ट्रिय सेनामा ठुलो क्षति हुन गयो । लाल सेनाको पहिलो पटकको गुरिल्ला हमलामा ३ लाख राष्ट्रिय सेनाले आत्मसमर्पण गरी लाल सेनालाई आफ्नो हतियार बुझायो भने सन् १९४८ को डिसेम्बरमा सुन्चो भन्ने स्थानमा भएको युद्धमा ५ लाख राष्ट्रिय सेनाको ज्यान गयो । यसै पटक [[लाल सेना]]ले पेकिङसमेत आफ्नो नियन्त्रणमा लियो । सन् १९४९ अक्टोबर १ मा माओत्से तुङले <nowiki>[[जनवादी गणतन्त्र चीन]]</nowiki>को घोषणा गरे ।
 
चीन]]को घोषणा गरे ।
== क्रान्तिको घटनाक्रम ==
देशमा भएको अत्याचार, निश्चित समूहको एकाधिकार, विदेशी हस्तक्षेप, निरङकुशता आदि जस्ता कारणले कोमिङताङ पार्टीभित्रै [[च्याङ काइ सेक|च्याङ काई सेक]]को चर्को आलोचना भइरहेको थियो । यसैबखत [[लाल सेना]]सँग राष्ट्रिय सेनाको लज्जास्पद हार भएपछि उनले राष्ट्रपति पदबाट राजिनामा दिए । राष्ट्रपतिको जिम्मेवारी सम्हाल्दै उपराष्ट्रपति “ली सुङ जुङ” ले [[चिनियाँ कम्युनिष्ट पार्टी|चिनिया कम्युनिस्ट पार्टी]]लाई वार्तामा आउन आह्वान गरे । उनको आह्वानमा चिनिया कम्युनिस्ट पार्टीले निम्न सर्तहरू प्रस्तुत गर्‍यो ः
 
(क) च्याङ काई सेक र ली सुङ जुङलाई पदबाट बर्खास्त गर्ने
 
(ख) देशबाट पुँजीवादको अन्त्य गर्नका लागि साम्यवादी सिद्धान्तमा आधारित भूमि, र सैनिक नीति लागु गर्ने
 
(ग) विदेशीसँग भएका सबै सन्धि सम्झौता रद्द गर्ने
 
(घ) युद्ध बिराम गर्ने आदि ।
 
चिनिया कम्युनिस्ट पार्टीले राखेका सर्तहरूलाई नानकिङ सरकारले अस्वीकार गर्‍यो । च्याङ काई सेकले नानकिङमा राजधानी बनाई देशको शासन चलाएको हुनाले यो सरकारलाई नानकिङ सरकार भनिएको हो । कुनै पनि देशका सरकारलाई राजधानीको नामबाट सम्बोधन गरिने चलन अहिले पनि छ । नानकिङ सरकारले लाल सेनाका सर्तहरू अस्वीकार गरेपछि लाल सेनाले आÇना गतिविधिहरूलाई अझै तीव्र बनाउँदै लग्यो । सन् १९४९ को अप्रिलमा नानकिङ र [[साङ्घाई]] पनि लाल सेनाको नियन्त्रणमा आए । लाल सेनाले देशका विभिन्न स्थानहरूमा जनसरकार गठन गर्दै गयो । [[च्याङ काइ सेक|च्याङ काई सेक]] फारमोसा भन्ने टापुमा भाग्न सफल भए । फारमोसा टापुलाई हाल ताइवान भनिन्छ । हाल ताइवान एक स्वतन्त्र राज्य हो । माओत्से तुङले १ अक्टोवर १९४९ मा नयाँ सरकार गठन गर्दै जनवादी गणतन्त्र चीनको घोषणा गरे । यसप्रकार झन्डै २३ वर्षसम्मको युद्ध पनि समाप्त भयो । जनगणतन्त्रवादी चीनलाई सर्वप्रथम रुसले मान्यता दियो ।
 
== परिणाम ==