"चीनको जनवादी क्रान्ति" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ५६:
यसपछि चीनमा जापान, अमेरिका तथा फ्रान्सको समेत हस्तक्षेप हुँदै गयो । यसले चीनको आर्थिक, सामाजिक, धार्मिक तथा राजनीतिक अवस्था दिन प्रतिदिन बिग्रँदै गयो । देश एक किसिमले विदेशीहरूको बन्धकीमा परेर जीर्ण हुँदै गयो । यो अवस्थामा सुधार गर्नका लागि चिनियाहरूले चिङ वंशको अन्त्य गरी गणतान्त्रिक राज्य व्यवस्थाको स्थापना गर्नु आवश्यक सम्झे ।
 
चीनको गणतान्त्रिक क्रान्ति सन् १९११ को अक्टोबर १० मा हेनकाउको रुसी बस्तीमा एउटा विस्फोट भयो। यो विस्फोट गणतान्त्रिक क्रान्ति को थालनीको पूर्वसूचना जस्तो भयो । शाही सरकारले यस घटनाका बारेमा छानबिन गर्दा शाही सेना नै यो विस्फोटमा संलग्न देखिए। सरकारले यो विस्फोटमा संलग्न शाही सेनालाई कारबाही गर्न सुरु नगर्दै कर्णेल “ली–युआन–हङ” को नेतृत्वमा क्रान्तिकारी सैनिकहरू सङ्गठित भए। १२ अक्टोबरदेखि “बुचाङ” भन्ने स्थानबाट औपचारिक रूपमा क्रान्ति को थालनी भयो । २२ अक्टोबरको दिनमा क्रान्ति कारीहरूले “ली–युआन–हङ” को नेतृत्वमा साङ्घाइमा गणतान्त्रिक सरकारको गठन गरे । क्रमशः अन्य प्रान्तहरूमा समेत गणतान्त्रिक सरकार गठन हुँदै गयो । [[सन यात सेन|डा.सन यात्सेन]] “तुङ मिङ हुई ” नामको पार्टीका अध्यक्ष थिए। यो पार्टी पनि गणतान्त्रिक क्रान्तिमा संलग्न थियो। विभिन्न प्रान्तहरूमा गणतान्त्रिक सरकार गठन भएपछि ती गणतान्त्रिक प्रान्तहरूको परिषद् गठन गरी [[सन यात सेन|डा. सन यात्सेन]]लाई परिषद्को अध्यक्ष बनाइयो । क्रान्ति ले गति लिन थालेपछि शाही सरकार आत्तियो र क्रान्ति दबाउने उद्देश्यले “युआन–सिह–काई”लाई प्रधानसेनापति तथा प्रधानमन्त्री नियुक्त गर्यो ।
[[चित्र:Yuan shikai.jpg|thumb|200px|right||युआन शि-काई]]
तर शक्तिको प्रयोग गरी क्रान्ति दमन गर्न नसकेपछि मंचु सरकारले “युआन–सिह–काई” लाई क्रान्तिकारीहरूसँग वार्ता गर्ने प्रतिनिधि तोक्यो । यिनी महत्वाकांक्षी स्वभावका मानिस थिए। परिषद् अध्यक्ष डा. सन यात्सेन र “युआन–सिह–काई” बिच वार्ता भयो। “युआन–सिह–काई” लाई गणतान्त्रिक चीनको राष्ट्रपति बनाउने सहमति भएपछि उनले शाही सरकारलाई धोका दिए । सन् १९१२ को फेब्रुअरी १२ मा सम्राट “पु यी” ले गद्दी त्याग गरे। फलस्वरूप २६८ वर्ष लामो मन्चु वंशको शासन अन्त्य भयो र चीनमा गणतन्त्रको स्थापना भयो ।
=== गणतान्त्रिक चीन ===
सन् १९१२ फेब्रुअरी १२ मा मन्चु वंशको अन्त्य र गणतान्त्रिक व्यवस्थाको थालनी भएपछि युआन–सिह–काई देशको राष्ट्रपति बने । गणतन्त्रको स्थापनापछि पनि देशको अवस्थामा खासै परिवर्तन भएन । युआन–सिह–काईले तानाशाहका रूपमा देशको शासन चलाउन लागे। उनी निकै ठुलो धोकेवाज र स्वार्थी व्यक्ति थिए। उनले आफैलाई चीनको सम्राट घोषणा गर्ने योजनासमेत बनाए। तर यो योजना सफल हुन भने सकेन। राजनीतिक स्थिरता कायम गरी सार्वभौमसत्ता जनतामा हस्तान्तरण गर्नु देशको प्रमुख आवश्यकता थियो। त्यसैले [[सन यात सेन|डा. सन यात्सेन]]ले तुङ मिङ हुईलाई समेत मिलाएर “कोमिन्ताङ” भन्ने अर्को पार्टीको स्थापना गरे। यता युआन–सिह–काईको सर्बैसत्तावाद विरुद्ध आन्दोलनको थालनी गरे। सन् १९२१ मा पेकिङ राष्ट्रिय विश्वविद्यालयका १२ जना विद्यार्थीहरू मिलेर “कुङ चाङ तन” को स्थापना गरे। “कुङ चाङ तन” भनेको चिनिया कम्युनिस्ट पार्टी हो र यो साम्यवादी दल थियो। यी १२ जनाहरूमध्ये माओत्से तुङ पनि एक थिए। उता डा. सन यात्सेनले रुसका शासक [[भ्लादिमिर लेनिन]]सँग सम्पर्क गरेर कोमिङताङलाई साम्यवादी सिद्धान्तकै पार्टीमा परिणत गरे र “च्याङ–काइ–सेक”लाई “लाल सैनिक” को सङ्गठन गर्ने जिम्मेवारी दिए। सन् १९२५ मा डा. सन यात्सेनको मृत्युपछि कोमिङताङको जिम्मेवारी च्याङ काई सेकको काँधमा आयो । [[चिनियाँ कम्युनिस्ट पार्टी]] र कोमिङताङको संयुक्त पहलमा सन् १९२६ मा सैनिक शासकलाई पराजित गरियो र [[च्याङ काइ सेक]]ले चिनियाँ सरकारको नेतृत्व गरे ।