"चन्द्र शमशेर जङ्गबहादुर राणा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १७:
'''चन्द्र शमशेर''' (वि.सं. १९२० असार २६<ref name=":0">नेपालको तथ्य इतिहास :प्रा.[[राजाराम सुवेदी|डा राजाराम सुवेदी]]</ref>-वि.सं. १९८६ मंसिर ११) [[राणा शासन]]का पाचौँ श्री ३ महाराज तथा नेपालका १३ औँ प्रधानमन्त्री हुन्। यिनी आफ्ना दाजू [[देव शमशेर जङ्गबहादुर राणा|देव शमशेर]]लाई सत्ताबाट च्यूत गरी धनकुटा तिर लखेटेर श्री ३ को पदमा विराजमान भएका थिए। चतुर र केही हदसम्म सुधारक देखिएका यिनी निकै लामो समयसम्म (झण्डै २८ वर्ष) नेपालको प्रधानमन्त्री रहे। [[पहिलो विश्वयुद्ध]] ताका यिनी नेपालका प्रधानमन्त्री थिए। यिनले बेलायती सेनाको तर्फबाट लड्न ठूलो संख्यामा नेपाली सेना पठाएका थिए ।
 
==जन्म==
श्री ३ चन्द्रको जन्म १९२० असार २६ गते बुधबारका दिन भएको थियो ।<ref name=":0" /> उनी आफ्नी माता रानी नन्द कुमारी थापा (गोदार)का चौथो पुत्र हुन् । उनका मावली हजुरबुवा काजी [[हेमदलसिंह थापा]] र मामा काजी कर्णेल [[केशरसिंह थापा]] हुन् । सात महिना गर्बमा रहेर जन्मेका यिनलाई [[जङ्गबहादुर राणा|श्री ३ जंग]]ले फिस्टे भनेर बोलाउनो हुनाले उनलाई '''फिस्टे महाराज''' भनेर समेत चिनिन्छ । उनी [[जङ्गबहादुर राणा|श्री ३ जंगबहादुर राणा]]लाई आफ्ना आदर्श र नमुना पुरुष ठान्दथे ।<br />
 
== कमान्डर इनचिफ ==