"गीर्वाणयुद्ध विक्रम शाह" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ३३:
 
=== राज्याभिषेक ===
रणबहादुर शाहले आफ्नी रानी कान्तिवतीको जिद्दी टार्न नसकी डेढ वर्षका छोरा [[गीर्वाणयुद्ध विक्रम शाह|गिर्वाणयुद्ध विक्रम शाह]]लाई राज्यरोहण गराउने भएपछि त्यसको दिलाउनको लागि शक्तिशाली राज्य पाल्पाका राजा [[पृथ्वीपाल सेन]] का हातबाट राजतिलक लगाइदिने प्रबन्ध मिलाएका थिए।<ref>धनबज्र बज्राचार्य (सम्पादक) : पण्डित सुदरानन्द विरचित त्रिरत्न सौन्दर्य गाथा, काठमाडौँ: नेपाल सांस्कृतिक परिषद्, वि सं २०१९, पृष्ठ १५३</ref> उक्त शुभकार्यमा काठमाडौँ पुगेका पाल्पाली राजा माथि शङ्का गरेर रणबहादुर शाहले उनलाई नजरबन्द गर्न लगाएका थिए।
 
=== नेपालको महाभारत ===
पङ्क्ति ४२:
[[भण्डारखाल पर्व (१८६३)|भण्डारखाल पर्व]]
 
{{Main|भण्डारखाल पर्व (१८६३)}}वि.सं १८६३ वैशाखमा हनुमानढोकाको भण्डारखाल बगैचामा एक हप्तासम्म राजनैतिक नियतले [[रणबहादुर शाह]]को हत्याको अनुसन्धानमा चौतारिया [[शेरबहादुर शाह]], त्रिभुवन खवास, पाल्पाका राजा [[पृथ्वीपाल सेन]] लगायत ९३ जनाको हत्या भयो। आफ्ना प्रायः सबै विरोधीको एकै पटक संहार पूरा गरी काजी [[भीमसेन थापा]] अब नेपाल अधिराज्यका एक मात्र निष्कण्टक [[तानाशाही|अधिनायक]] बने। यिनको स्वेच्छाचारिता माथी अङ्कुश लगाउन सक्ने व्यक्ति नेपालमा अब कोही पनि बाँकी थिएन। यसपछी भीमसेन थापाले बालक राजा श्री ५ [[गीर्वाणयुद्ध विक्रम शाह]]बाट मुख्तियार वा राजप्रतिनिधिको पद पनि प्राप्त गरे। "अब उप्रान्त अधिराज्यका [[चौतारिया|चौतारा]] तथा [[काजी]] सबैले मुखियार भीमसेन थापाले लगाए अह्राए अनुसारका कामकाज गर्नू" भन्ने लालमोहर गराएर, आफ्नो अनुकुल रहेकी स्वामी महाराज [[रणबहादुर शाह]]की नवविवाहिता किशोरी रानी [[ललित त्रिपुरा सुन्दरी|ललितत्रिपुरा सुन्दरी]]लाई भने [[सती प्रथा|सती]] जान बाट रोकी राजमाताको हैसियत प्रदान गरेर यिनैलाई बालक राजा गीर्वाण युद्ध विक्रमको संरक्षिकाका रुपमा नियुक्त गर्न पनि यिनी सफल भए।
{{Main|भण्डारखाल पर्व (१८६३)}}
 
=== नेपाल अंग्रेज युद्ध ===