"ललित त्रिपुरा सुन्दरी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन्
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
 
==भाषा साहित्य==
ललितत्रिपुरसुन्दरीले [[संस्कृत]] र [[नेपाली]] भाषामा [[कविता]] लेखिन् । नेपाली भाषा साहित्यकी प्रथम नारीस्रष्टा ललितत्रिपुरसुन्दरीले [[महाभारत]]को शान्तिपर्वान्तर्गको [[राजधर्म]] अनुशासनपर्वलाई [[संस्कृत]]भाषाबाट १८८१ सालमा [[नेपाली]] भाषामा अनुवाद गरिन् । ललितत्रिपुरसुन्दरीद्वारा लिखित राजधर्म नइ प्रकाशनले पुन: प्रकाशनमा ल्याएको छ । 'राजधर्म' २०१९ सालमा [[जगदम्बा प्रकाशन]]ले प्रकाशनमा ल्याएको थियो । तर त्यति बेला ग्रन्थलेखकको नाउँलाई प्रस्ट्याइएको थिएन । यस ग्रन्थलाई नइ प्रकाशनले २०६४ सालमा प्रकाशनमा ल्याएको हो । यो ग्रन्थ ७२६ पानामा आधारित छ । 'राजधर्म' नामक ग्रन्थमा प्रथम नारीस्रष्टा ललितत्रिपुरसुन्दरीको जीवनी पनि आबद्ध छ ।
ललितत्रिपुरसुन्दरीका व्यक्तित्वका विविध पाटाका विषयमा [[योगी नरहरिनाथ]], [[मदनमणि दीक्षित]], [[सत्यमोहन जोशी]], [[श्यामदास वैष्णव]], [[ईश्वरवल्लभ]], [[गोविन्द भट्ट]], [[मोदनाथ प्रश्रित]], [[बालकृष्ण पोखरेल]], [[गणेशबहादुर प्रसाई]], [[कुमारबहादुर जोशी]], [[विष्णुराज आत्रेय]], [[गार्गी शर्मा]], [[देवीप्रसाद सुवेदी]], [[प्रकाश ए. राज]] आदिले पनि लेखेका छन्। ईतिहासविद दिनेशराज पन्तले राजधर्मलाई ‘नेपाली भाषा साहित्यको गर्व’ भनेका छन्। उनी दरबारमा लेखक तथा कविहरूलाई निकै प्रश्रय दिन्थिन्।
 
* पशुपतिनाथको देवल गुठी र गोरखामा गोरखकाली गुठी स्थापना गरेकी थिइन् ।
*भारतको बनारसमा ललिताघाट र नेपाली मन्दिर पनि निर्माण गरेकी थिइन्।
 
==शृजनाहरू==
==मृत्यु==
दर्ता नभएका प्रयोगकर्ता
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/997566" बाट अनुप्रेषित