"परमहंस योगानन्द" का संशोधनहरू बिचको अन्तर

सा
उच्च माध्यमिक विद्यालयको पढाइ सिध्याएपछि, परमहंस योगानन्दले औपचारिक रूपमा घर छोड्नुभयो र वाराणसीको एउटा महामण्डल आश्रममा सामेल हुनुभयो; तर त्यहाँ ध्यान र ईश्वर धारणाको सट्टा संगठनात्मक कार्यमा बढी जोड दिइने भएकाले उक्त आश्रममा उहाँँलाई सन्तुष्टि मिलेन। त्यसैले उहाँले पथप्रदर्शनका लागि ईश्वरलाई प्रार्थना गर्नुभयो जसको परिणाम स्वरूप १७ बर्षको उमेरमा स्वामी श्री युक्तेश्वर गिरीले उहाँलाई शिष्यका रूपमा स्विकार गर्नुभयो र क्रियायोगको दीक्षा दिनुभयो। त्यो समयमा, राम्ररी संरक्षण गरेर राखिएको ताबीज रहस्यमय ढंगमा हरायो, जसले आफ्नो आध्यात्मिक उद्देश्य पूरा गरिसकेको थियो। आफ्नो आत्मकथामा योगानन्दले युक्तेश्वर जी सँगको पहिलो भेटलाई यसरी वर्णन गर्नुभएको छः
<blockquote>"निशब्दताको एकतामा हामी दुवै एक भयौँ; शब्दहरूको प्रयोजन निकृष्टतम् प्रतित हुन लाग्यो। विश्वस्त बनाउने संवाद गुरूको हृदयबाट शब्दरहित सान्त्वना बनेर शिष्यको हृदयमा प्रवेश गर्न थाल्यो। आफ्नो अन्तर्मनमा मैले निर्विवाद रूपमा जानें कि मेरो गुरूले ईश्वरलाई चिन्नुहुन्छ, र मलाई ईश्वरसमक्ष पुर्याउनु हुनेछ। यो जीवनको अन्धकार पुर्वजीवनका स्मृतिहरूको मधुर अरूणोदयमा अदृष्य भयो। रोमाञ्चक समय! भूत, वर्तमान र भविष्य कालचक्रमा चक्राकार घुम्दै गरेका दृष्य हुन्। सूर्य यी पवित्र चरणहरूमा मलाई पहिलो पटक मात्र देख्दै थिएन!"<ref name="autob2"/></blockquote>
 
उहाँ अघिल्लो दश बर्ष (१९१०-१९२०) का लागि शिष्यका रूपमा श्री युक्तेश्वर जी को नेतृत्वमा श्री रामपुर र पुरीमा धर्मोपदेशको प्रशिक्षणका लागि जान तयार हुनुभयो। पछि श्री युक्तेश्वर जी ले योगानन्दलाई सूचित गर्नुभयो कि उहाँलाई उहाँकै वंशका महान गुरु [[महावतार बाबाजी]]ले योग प्रसारको विशेष विश्व उद्देश्यको लागि पठाउनु भएको थियो।<ref name="autob2"/>
 
==उपदेश==
९९०

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/996550" बाट अनुप्रेषित