"बङ्गलादेश" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति ११०:
बङ्गालको इस्लामीकरण [[मुगल]] साम्राज्यको व्यापारीहरूद्वारा १३ औ शताब्दीमा शुरु भयो र १६ औ शताब्दी सम्म बङ्गाल [[एसिया]]को प्रमुख व्यापारिक क्षेत्रको रूपमा उदायो। [[युरोप]] का व्यापारीहरूको आगमन यस क्षेत्रमा १५ औ शताब्दीमा भयो र अन्तत: १६औ शताब्दीमा [[इस्ट इन्डिया कम्पनी|ईस्ट इन्डिया कम्पनी]]द्वारा उनीहरूको प्रभाव बढाउन शुरु भयो। १८ औ शताब्दी आउदा आउदा यस क्षेत्रको नियन्त्रण पूर्ण रूपले उनीहरूको हाथमा आयो जुन बिस्तारै बिस्तारै पूरै [[भारत]]मा फैलियो। जब स्वतन्त्रता आन्दोलनको फलस्वरूप १९४७ मा भारत स्वतन्त्र भयो तब राजनीतिक कारणबाट हिन्दू बहुल भारतलाई र मुस्लिम बहुल [[पाकिस्तान]]मा विभाजित गर्नुपर्‍यो।
 
भारतको विभाजन भएको फलस्वरूप [[बङ्गाल]] पनि दुई भागमा बाडियो। यसको हिन्दू बहुल क्षेत्र भारतसँग रह्यो र [[पश्चिम बङ्गाल]]को नामबाट जनिन थालियो तथा मुस्लिम बहुल क्षेत्र [[पूर्वी बङ्गाल]] [[पाकिस्तान]]को हिस्सा बन्यो जुन [[पूर्वी पाकिस्तान]]को नामबाट जानिन थालियो। [[जमींदारी प्रथा]]ले यस क्षेत्रलाई नराम्रोसँग गाजेर राखेको थियो जसको बिरुध्द १९५० मा एउटा ठूलो आन्दोलन शुरु भयो र १९५२ को [[बङ्गला]] भाषा आन्दोलनको साथ जोडिएर यो बङ्गलादेशी गणतन्त्रको दिशामा एउटा ठूलो आन्दोलन बन्यो। यस आन्दोलनको फलस्वरूप बङ्गला भाषीहरूलाई उनीहरूको भाषाको अधिकार प्राप्त भयो। सन १९५५ मा पाकिस्तान सरकारने [[पूर्वी बङ्गाल]]को नाम बदलेर [[पूर्वी पाकिस्तान]] गरिदियो। [[पाकिस्तान]] द्वारा [[पूर्वी पाकिस्तान]]को उपेक्षा र दमनको शुरुवात यहींबाट भयो। र तनाव स्त्तर दशक आउदा आउदा आफ्नो चरमोत्कर्षमा पुग्यो। पाकिस्तानी शासक [[याहया खाँ]] द्वारा लोकप्रिय [[अवामी लीग]] र उनका नेताहरूलाई प्रताडित गरिन थालियो, जसको फलस्वरूप [[बंगबंधुबंगबन्धु]] [[शेख मुजीवु्ररहमान]]को नेत्रीत्व मा बङ्गलादेशको स्वतन्त्रताको आन्दोलन शुरु भयो। बङ्गलादेशमा रगतको खोला बग्यो, लाखौ बङ्गाली मारिए तथा १९७१ को खूनी संघर्षमा दस लाख भन्दा बढि बङ्गलादेशी [[शरणार्थी]]ले छिमेकी देश [[भारत]]मा शरण लिनु पर्‍यो। [[भारत]] यस समस्याबाट जुध्नलाई त्यस समय धेरै अफ्ठारो सामना गरिरहेको थियो र भारतलाई बङ्गलादेशी नागरिकले अनुरोध गरे यसै अनुरोधको आधारमा भारतले यस समस्यामा हस्तक्षेप गर्नु पर्‍यो जसको फलस्वरूप १९७१ का [[भारत पाकिस्तान युद्ध]] शुरु भयो। बङ्गलादेशमा [[मुक्ति वाहिनी]] सेनाको गठन भयो जसको धेरै जसो सदस्य बङ्गलादेशका बौद्धिक वर्ग र विद्यार्थी समुदाय थिए, यिनीहरूले भारतीय सेनाको मदद गुप्तचर सूचनाहरू दिएर तथा [[गुरिल्ला युद्ध]] पद्धतिबाट गरे। [[पाकिस्तानी सेना]]ले अन्तत: १६ डिसेम्बर १९७१ मा [[भारतीय सेना]]को समक्ष आत्मसमर्पण गरे, लगभग ९३००० युद्ध बन्दी बनाईए जसलाई भारतको विभिन्न शिविरहरूमा राखीयो ताकि उनीहरू बङ्गलादेश क्रोधको शिकार नबनुन। बङ्गलादेश एउटा स्वतन्त्र मुलुक बन्यो र [[मुजीबुर्र रहमान]] यसको प्रथम प्रधानमन्त्री बने।
 
=== बङ्गलादेशको इतिहासको मुख्य घटनाहरू ===
"https://ne.wikipedia.org/wiki/बङ्गलादेश" बाट अनुप्रेषित