"भुटानी शरणार्थी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन्
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
सन १९५० सम्ममा स्थानान्तरीत जातिहरूले नेपाल तथा भुटानमा [[नागरिकता]] पनि प्राप्त गरे। १९८८ मा लिइएको भुटानी जनसङ्ख्या तथ्याङ्कले, नेपाली मूलका मानिसहरूको जनसङ्ख्या ४० प्रतिशत भइ सकेको देखायो र भुटानका [[ड्रुक]] समुदायको जनसङ्ख्या वृद्धिदर नेपाली मूलका जनसङ्ख्याको वृद्धिदर भन्दा कम थियो । यो तथ्याङ्क सम्प्रेषणको केही समय पछि भुटानी सरकारले नेपाली समुदायलाई भुटानी संस्कृतिमा समाहित गर्ने प्रयास गर्यो। यो प्रयास मार्फत विद्यालयहरूमा [[नेपाली]] भाषाको पठनपाठनमा रोक लगाइयो; [[दौरा]], [[धोती]], [[साडी]], [[कुर्ता]] आदिको सट्टा [[भुटानी राष्ट्रिय पोसाक]] लगाउनमा जोड दिइयो। यिनै नयाँ नितिहरूले गर्दा भारतबाट बसाई सरेर आएका नेपालीहरु र भुटानमा पहिलेदेखि नै बसोबास गर्दै गरेका नेपाली मूलका मानिसहरूले विरोध सुरु गरे। यो विरोधको नेतृत्व भुटानका नरेशका सल्लाहकार [[टेकनाथ रिजाल]]ले गर्नुभयो। [[नेपाली भाषा]], [[हिन्दू धर्म|हिन्दु धर्म]], वैदिक संस्कारमा आधारित नेपाली संस्कृतिलाई पनि भुटानी मूलप्रवाहमा समावेश गर्न माग सहित सुरु भएको विरोध पछि गएर [[लोकतन्त्र|प्रजातन्त्र]] स्थापनाको माग सम्म पुग्यो। त्यस अवस्थामा भुटानी राजशाहीले आन्दोलनकारीहरूलाई देशद्रोहीको आरोपमा पकड्न थाले। साथै दक्षिणी भुटान स्थित भारतबाट आएर स्थापित भएका नेपाली मूलका मानिसहरूको [[नागरिकता]] फर्जी करार दिय। यसको साथसाथै नेपाली मूलका आन्दोलनकारीहरु लाई पनि गैर-नागरिक घोषित गरेर देश निकाला गरी दिए। दक्षिणी भुटानमा नेपाली मूलका मानिसहरु लाई गरिएको दमन तथा कारवाहीको डरले पनि केहि मानिसहरु भुटान छोडेर भागे। <ref name="two">{{cite news|url=http://annapurnapost.com/news/78043 |title=भुटानी शरणार्थी : देशले बोलाउने आस| accessdate=03 nov 2019}}</ref>
 
भारत र भुटानको मैत्री सम्बन्धको कारण शरणार्थीहरूलाई भारतमा शरण दिइएन। अतः धेरैजसो शरणार्थी नेपालको [[झापा जिलाजिल्ला]]मा रहेको शरणार्थी शिविरमा बस्न थाले।
 
== भुटानको दृष्टिकोण ==
दर्ता नभएका प्रयोगकर्ता
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/996500" बाट अनुप्रेषित