"कोङ्कणी भाषा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति ४७:
 
==नाम==
प्राचीन कोङ्कणीका वक्ताहरूले कोङ्कणीलाई सामान्य रूपमा "प्राकृत" नै भन्ने सम्भावना छ ।<ref name=pak>{{cite book|last=जनार्दन|first=पन्दरिनाथ भुवनेन्द्र|title=A Higher Konkani grammar|year=1991|publisher=पी.बी. जनार्दन|pages=५४०}}</ref> तेह्रौँ१३औं शताब्दीभन्दाशताब्दी भन्दा पहिलेका कुनै पनि साहित्यिक कृतिमा "कोङ्कणी" शब्दको प्रयोग गरिएको पाइँदैन । मराठी कवि सन्त [[नामदेव]]द्वारा तेह्रौँ शताब्दीमा लेखिएको "[[अभङ्ग]] २६३" मा प्रथम पटक "कोङ्कणी" शब्दको उल्लेख गरिएको छ ।<ref name=nam>{{cite book|title=V.J.P. Saldanha|year=सन् २००४|publisher=साहित्य अकादमी|isbn= 9788126020287|pages=८१}}</ref> कोङ्कणीलाई "क्यानरिम", "कोङ्कणिम्", "गोमान्तकी", "ब्राह्मण" तथा "गोवानी" जस्ता नामले पनि चिनाउने गरिन्छ । शिक्षित मराठी वक्ताहरूले कोङ्कणीलाई "गोमान्ताकी" ([[मराठी भाषा|मराठी लेखनभेद]]: गोमांतकी) भन्ने गर्छन् ।
 
कोङ्कणीलाई पोर्तगाली उपनिवेशवादको बेला "लिङ्ग्वा क्यानरिम" ([[रोमन लिपि]]: Lingua Canarim) भनिन्थ्यो ।<ref name="rai">{{cite book|last=सरदेसाय|first=मनोहरराय|title=A history of Konkani literature: from 1500 to 1992 |publisher=साहित्य अकादमी|year=सन् २०००|pages=३०-७०|chapter=Missionary period}}</ref> क्याथोलिक मिसनरीहरूले कोङ्कणीलाई "लिङ्ग्वा ब्राह्मण" ([[रोमन लिपि]]: Lingua Brahmana) भन्थे ।<ref name="rai" /> पछि "लिङ्ग्वा क्यानरिम" लाई पोर्तगाली उपनिवेशीहरूले "लिङ्ग्वा कोङ्कणिम्" ([[रोमन लिपि]]: Lingua Concanim) भन्न थाले ।<ref name="rai" /> सोह्रौँ शताब्दीमा युरोपेली क्रिस्तान [[थोमस स्टिवन्स]]ले ''आरते दा लिङ्ग्वा क्यानरिम'' ([[रोमन लिपि]]: ''Arte da lingoa Canarim'') नामक पुस्तकमा "लिङ्ग्वा क्यानरिम" वा "क्यानरिम" शब्दको प्रयोग गरेको कारणमा पनि विवाद परेको छ । "क्यानरिम" शब्द [[फारसी भाषा|फारसी शब्द]] "किनार" बाट उत्पत्ति भएको हुन सक्ने मान्यता छ । यसका साथै "कन्नड" शब्दको पोर्तगाली लिप्यन्तरअनुसार "क्यानरिम" शब्द बनेको हुन सक्ने दोस्रो सिद्धान्त अघि सारिएको छ ।<ref name="rai" /> त्यसबेलाका सबै युरोपेली लेखकहरूले भने आम जनताद्वारा बोलिने "क्यानरिम" र शिक्षित वर्गद्वारा बोलिने "लिङ्ग्वा क्यानरिम ब्राह्मण" अर्थात् "ब्राह्मण दे गोवा" भनी गोवामा बोलिने दुइटा विभिन्न भाषाका अभिलेख राखेका छन् । युरोपेली उपनिवेशी तथा अन्य जातका जनताले भने धार्मिक ग्रन्थ लेख्नका लागि "लिङ्ग्वा क्यानरिम ब्राह्मण" अर्थात् "ब्राह्मण दे गोवा" को प्रयोगमा जोड दिन्थे ।<ref name="rai" />
"https://ne.wikipedia.org/wiki/कोङ्कणी_भाषा" बाट अनुप्रेषित