"लाहिडी महाशय" का संशोधनहरू बिचको अन्तर

सा
सा (+श्रेणी:बङ्गाली मानिसहरू स्वतःविकी ब्राउजर प्रयोग गर्दै)
 
 
क्रियायोगको विधि केवल दिक्षित साधकहरूलाई मात्रै बताइन्छ । यो प्रक्रिया नितान्त शास्त्रगत छ र यसको कुन्जी गीता हो । गीतामा कर्मयोग साँख्ययोग आदिको यति विशिष्ट व्याख्या छ कि यसलाई धर्मले कुनै असर गर्दैन । यसैले उहाँका भक्तहरू सबै धर्मानुयायीहरु छन् । हिन्दु मुसलमान कसैलाई भेद नगरी यो दिक्षा उहाँले प्रदान गर्नुभएको छ ।
 
वाराणसीका प्रसिद्ध संत [[तैलंग स्वामी]]ले निम्न शब्दहरूमा लाहिरी महाशयको प्रशंसा गर्नुभएको थियो, "लाहिडी महाशय एक दिव्य बिरालोको बच्चा समान हुनुहुन्छ। जसरी बिरालोको बच्चालाई उसकी आमाले जहाँ राख्छिन, ऊ त्यहीं रहन्छ; त्यसैगरी लाहिडी महाशयलाई पनि जगत जननी ले जहाँ राख्नुहुन्छ, त्यहीं बस्नुहुन्छ। कर्तव्य पालनका खातिर सांसारिक मनुष्यको भूमिका निभाएर पनि उहाँले त्यो पूर्ण आत्मज्ञान प्राप्त गर्नुभएको छ जसलाई प्राप्त गर्नको लागि मलाई सबै कुरा त्याग्नु पर्यो — यहाँसम्म कि मेरो लंगौटी पनि !"
 
लाहिडी महाशयको प्रवचनहरूको पूर्ण अंश प्राप्त छैन किन्तु गीता उपनिषद् संहीता इत्यादिका व्याख्याहरु उपलब्ध छन् । ६६ वर्षको उमेरमा उहाँले सन् १८९५ २६ सेप्टेम्बरमा वनारसमा महासमाधि लिनुभयो ।
९९१

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/995880" बाट अनुप्रेषित