"दिव्योपदेश" का संशोधनहरू बिचको अन्तर

सा clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[चित्र:Prithvinarayanshah.jpg|thumb|राजा पृथ्वीनारायण शाह]]
[[चित्र:Divyopadesh.png|thumb|दिव्योपदेश]]
[[पृथ्वीनारायण शाह|श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाह]] आफ्नो अन्तिम समयमा [[शेरा दरबार]] दिएका दिव्योपदेशका कारणले चर्चित छन् । उनका उपदेशहरू आजपनि समय सान्दर्भिक रहेको धेरैको बुझाइ छ । पृथ्वीनारायण नारायण शाह भन्दथे कि "बुढाहरू मर्दा कोहि अर्ति दिन्छन्, पछिल्ला पुस्तालाई ती कुर घतिला हुनाले एकले अर्कालाई भन्दै राज्य सञ्चालन गर्दै जान्छन् ।<ref>नेपालको तथ्य इतिहास पृष्ठ १८५</ref> पृथ्वीनारायणले आफ्नो अन्तिम समय तिर भारदारहरूलाई उपदेश दिएका दिए । उनका अन्तिम सन्देशहरूबाट त्यस्ता पेचिला र चोटिला कुराहरू झल्कन्छन्।<ref>नेपालको तथ्य ईतिहास पृष्ठ १८४</ref>
 
==पृष्ठभुमि ==
पृथ्वीनारायण शाहको निधन वि.सं. ५२ वर्षको उमेरमा वि.सं. १८३१ माघे सङ्क्रान्तिका दिन नुवाकोटको [[त्रिशूली नदी|त्रिशूली]] र तादीको दोभान [[देवीघाट]] मोहनतीर्थमा भएको थियो । निधन हुनुअघि केही महिनादेखि बिरामी परेका उनले आफ्ना अभिव्यक्तिहरू सम्भवतः मङ्सिर, पुस महिनामा टिपाएको हुनुपर्छ । लेखपढ गर्न जान्ने मानिसहरू औँलामा गन्न सकिने त्यसबेलामा उनका अभिव्यक्तिहरू लिपिबद्ध गर्ने कार्य गोर्खाली प्रथम सेनापति [[शिवराम सिंह बस्न्यात|शिवरामसिंह बस्न्यात]]का सुपुत्र काजी [[अभिमान सिंह बस्न्यात|अभिमानसिंह बस्न्यात]]ले गरेका थिए भनी [[योगी नरहरिनाथ]]ले बृहद आध्यात्मिक परिषद् द्वारा प्रकाशित आफ्नो ‘दिव्य उपदेश पृथ्वीको अर्ति’ नामक पुस्तिकामा उल्लेख गर्नुभएको छ । कलाकार [[हरिप्रसाद शर्मा]]ले पृथ्वीनारायणले आफ्नो बिरामी शैयामा बसी बताइरहेका, उनको सामुन्ने शैयामुनी बसी काजी अभिमानसिंह बस्न्यातले टिपोट लेखिरहेका, शैयाको छेउमा भित्तातर्फ राजकुमार [[बहादुर शाह]] कुर्सीमा बसिरहेका, राजवैद्यले औषधि बनाइरहेका, अन्य भाइभारदारहरू वरिपरि बसेर पृथ्वीनारायणका अर्ति उपदेश ध्यानपूर्वक सुनिरहेका दृश्य आफ्नो एक तैल चित्रमा सजीव रूपमा चित्रण गर्नुभएको छ ।<ref>[http://hijoajakokhabar.blogspot.com/2015/10/blog-post_91.html पृथ्वीनारायण शाहले आफ्ना भारदारलाई दिव्योपदेश सुनाउँदाको परिवेश कस्तो थियो होला ?]</ref>
"https://ne.wikipedia.org/wiki/दिव्योपदेश" बाट अनुप्रेषित