"पृथ्वीपाल सेन" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति ११:
==हत्या==
[[भीमसेन थापा]]ले शत्रुको दमन गर्ने क्रममा [[भण्डारखाल पर्व (१८६३)|१८६३ मा]] पाल्पाली राजा पृथ्वीपाल सेनको टाउको काटेर हत्या गरियो र साथमा तानसेनबाट आएका १८ जना अंगरक्षक पनि मारिए ।
 
रणबहादुर शाहको हत्या भएपछि चौतारा विदुर शाह, काजी त्रिभुवन प्रधान, काजी नरसिंह गुरुङ, राजा पृथ्वीपाल सेन तथा यिनका भाइ चौतारा रणबहादुर सेन समेत कडाइका साथ कैदमा परिसकेका थिए।<ref name="अब यस्तो कहिल्यै नहोस्">{{cite book|title=[[अब यस्तो कहिल्यै नहोस्]]|author=[[बाबुराम आचार्य ]]|page=75|date=फागुन २०६१|publisher=फाइनप्रिन्ट बुक्स|isbn=978-9937-665-40-7|url=}}</ref> रणबहादुरको हत्यामा उनीहरूको हात थियो कि थिएन र थियो भने कसकसको केकस्तो हात थियो भन्ने कुराको कुनै छनबिन तथा पुर्पक्ष नै नगरी भोलिपल्ट नै राजभवन भित्र कै भण्डारखालको बगैंचामा यिनीहरू सबै काटिए। चौतारा विदुर शाहीका नाबालक छोराहरू सम्मले पनि बोल्ने अवसर पाएनन् र काटिए। काजी त्रिभुवन प्रधान र काजी नरसिंह गुरुङका छोराहरू मात्र होइनन्, नातिहरू पनि [[विष्णुमती नदी]]मा पुर्यायी काटिए।
 
पाल्पाली राजा पृथ्वीपाल सेन र यिनका १८ जना निरपराध पाल्पाली अंगरक्षक पनि भण्डारखाल बगैंचामा काटिए। दाहसंस्कार गर्न समेत नदिई यिनीहरू सबैको लासलाई अमानवीय व्यवहार गर्दै दाम्लोले घिसार्न लगाई विष्णुमती नदीको बगरमा फाल्न लगाएर स्याल तथा गिद्धहरूलाई खुवाइयो।
 
== सन्दर्भ ==