"सेयर" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १६:
कम्पनीमा हुने अग्राधिकार सेयर भन्दा बाहेकको सेयरलाई साधारण सेयर भनिन्छ । यस प्रकारको सेयरले कम्पनीको स्वामित्वलाई जनाउँदछ, तथा यस सेयर धारण गर्ने व्यक्तिले कम्पनीको साधारण सभामा मत दिने अधिकार हुन्छ ।
 
संस्थापकहरूले संस्थापक सेयर हालिसकेपछि कम्पनी चलाउन लगानी जुट्ने वातावरण सृजना हुन्छ । त्यसपछि मात्र ऋण खोजिन्छ र साधारण सेयर जारी गरिन्छ । साधारण सेयर तपाई हामी सर्बसाधारण जनताबाट उठाईएको सेयर हो । सामान्यतया १ कित्ता सेयरको मुल्य रु.१०० हुन्छ । सामान्यतया सर्बसाधारणलाई ५०१० कित्तादेखि माथि सेयर हाल्ने अवसर दिईन्छ । कम्पनी विघटन गर्दा अन्तिममा नाफा र घाटा सबै लिने सेयर साधारण सेयर हो ।
 
सेयर जारी गर्नुअघि कम्पनीहरूले [[नेपाल धितोपत्र बोर्ड]]मा दर्ता गर्नुपर्ने हुन्छ । त्यस्तै, कम्तीमा ३ करोड रुपैयाँभन्दा बढी रकमको सेयर सर्वसाधारणमा निष्कासन गर्दा [[इक्रा नेपाल]]बाट पनि रेटिङ गराउनुपर्छ । यी दुई संस्थाको वेबसाइटबाट पनि कुन कम्पनीको सेयर आउँदै छ भन्नेबारे लगानीकर्ताले जानकारी लिन सक्छन् । 
"https://ne.wikipedia.org/wiki/सेयर" बाट अनुप्रेषित