"ललितपुर जिल्ला" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति २७:
 
== जिल्लाको नामाकरण ==
यस जिल्लाको ऐतिहासिक पृष्ठभूमी तर्फ नियाल्दा लिच्छवीकालमा यसलाई यूपग्रामद्रङ्ग भनिन्थ्यो। लिच्छवीकालका जनताले त्यसवेला प्रायः एकै ठाउँमा गुजमुच्चिएर नबसी छरिएर आनन्दसँग बस्ती बसाएर रहने इच्छाले विभिन्न भेकमा संगसंगै जस्तै अनेक विकसित ग्रामहरू बनाएर त्यसलाई जोड्ने मूल सडक बिच-बिचमा मान बिहार आदि अनेक प्रसिद्ध विहारहरू बनाएका थिए। पछि यी ग्रामहरू र बिहारहरू संगै गांसिएपछि एक शहरको रूप लियो। पहिलेका ग्रामहरू पछि टोलको रूपमा परिणत भए। ठूल-ठूला कमलपोखरीहरूकमल पोखरीहरू धारा पाटीपौवा उद्योग व्यवसाय आदिले गर्दा रमणीय शहरको रूपमा परिणत भएपछी यसलाई ललितपुरको नामाकरण गरेको हो भन्ने उल्लेख पाइन्छ।
 
त्यस्तैगरी पौराणिक कथाअनुसार एक समय उपत्यकामा १२ वर्षसम्म जलबृष्टि नभै सुख्खा परेको हुनाले त्यसबाट छुटकारा दिलाउन [[मत्स्येन्द्रनाथ]]ले मात्र सक्ने भन्ने निधो भएपछी भक्तपुरका राजा कान्तिपुरका आचार्य र ललितपुरका एक कृषक ज्यापू भारतका आसाम प्रदेशको कामारुकामक्षमा गई साधनाको बलले उपत्यकामा ल्याएको मत्स्येन्द्रनाथलाई कुन नगरमा स्थापित गर्ने भन्ने विषयमा तिनवटै नगर बिच मतभेद हुँदा तिन नगरको सबैभन्दा बयोवृद्ध जो छ त्यसलाई निर्णय गराउने निधो भएछ। त्यस अनुसार ललितपुरका ललित भन्ने एक कृषक बढी उमेर भएकोलाई ७ ओटा ओखलमाथि चढाई उपस्थित जनसमूहलाई निर्णय सुनाउन लगाउँदा उनले भक्तपुरका राजा तथा कान्तिपुरका आचार्यको भूमिका समेत वास्ता नगरी मत्स्येन्द्रनाथ बोकेर ल्याउने मानिस ललितपुरको भएकोले सोही व्यक्तिको नगरमा स्थापित गर्नुपर्दछ भनी निर्णय दिएको हुँदा सातैवटा ओखल समेत उक्त वृद्ध भासिएको हुनाले उक्त स्थानलाई ललितपत्तन भन्ने नामाकरण गरिएको थियो। कालान्तरमा सोही ठाउँको नामवाट ललितपुर तथा पाटन भन्ने नामहरू देखा परेको भनिन्छ। त्यस्तै गरी अर्को किम्बदन्ती अनुसार ललितारण्य भन्ने वन फाँडेर वस्ती विकास गरिएको हुनाले उक्त नगरलाई ललितपुर भनिएको हो पनि भनिन्छ।