"प्रेमा शाह" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा clean up, replaced: ==बाहिरी लिङ्कहरू== → ==बाह्य कडीहरू==
पङ्क्ति ५५:
}}
 
'''प्रेमा शाह''' (अङ्ग्रेजी: [[:en:Prema Shah|Prema Shah]]) को जन्म सन् १९४५, जुन २९ [[विक्रम सम्वत्|विक्रम सम्बत्]]: २००२ [[आषाढ]] १६ गते शुक्रबार भएको हो ।<ref name="sahityaghar">{{cite web|url=https://sahityaghar.blogspot.in/2012/04/blog-post_26.html|title=नारीमनकी कथाकार प्रेमा शाह र उनको ‘पहेँलो गुलाफ’ कथाको विश्लेषण|trans-title=|first=कृष्णप्रसाद|last=कोइराला|website=sahityaghar.blogspot.in|publisher=निहारिका|date=4/27/2012|accessdate=2018-04-19}}</ref> उनी प्रेम र यौनलाई अङ्गिकार गरी वीसको दशकमा नेपाली साहित्यमा यौटा नयाँ युगको शुरुवात गर्ने प्रख्यात साहित्यकार मानिन्छिन् ।<ref name="vpkonlinenews">{{cite web|url=http://www.vpkonlinenews.com/प्रेमा-शाह-युगको-अन्त्य/|title=प्रेमा शाह युगको अन्त्य|trans-title=|first=|last=|website=vpkonlinenews.com|publisher=विश्वपरिक्रमा|date=December 21, 2017|accessdate=2018-04-19}}</ref>
 
==जीवनी==
पङ्क्ति ६१:
[[कथाकार]] प्रेमा शाहको जन्म संवत् २००२ असार १६ गते [[शुक्रवार|शुक्रबार]] [[वीरगञ्ज]]को श्रीपुरमा भएको थियो । यिनको चिनाको नाउँ गिरिराजलक्ष्मी शाह हो । जन्मेको चौध दिनमा उनका बुबा पूर्णेन्द्रविक्रम शाह तथा आमा अरुणा शाहको ममतामयी न्यानो काखबाट अलग्याएर यिनलाई वीरगन्जबाट [[काठमाडौँ|काठमाडौं]]स्थित उनको मावलीघर ल्याइएको थियो । बाल्यकालदेखि गीतसङ्गीत र नृत्यमा उनको रूचि देखिन्छ । उनी धाईआमाको लालनपालन र स्याहारसुसारमा हुर्किएकी थिइन् ।<ref name="sahityaghar"/>
 
===शिक्षा===
 
प्रेमा शाहले मावलीघरमा पढ्ने, जान्ने र हुर्कने अनुकूलता प्राप्त गरिन् । उनले मावलीमा नै कखरा पढिन् । यिनलाई पढाउन मामाघरमै अलगअलग विषयका बेग्लाबेग्लै शिक्षक नियमित रूपमा आउने गर्थे । घरमा राम्ररी पढ्नलेख्न जानेपछि यिनलाई पाटन हाईस्कुलको बिहानको कक्षामा एकैचोटि छैटौँ कक्षामा भर्ना गरियो । प्रेमाले एक वर्ष पाटन हाईस्कुलमा पढेपछि त्यस स्कुलको बिहानका सम्पूर्ण कक्षा मदन मेमोरियल स्कुलमा सरे । त्यसपछि उनी पनि मदन मेमोरियल स्कुल जान थालिन् । अनि उनी पाटनको त्रिपद्म स्कुलमा भर्ना भइन् । त्यसपछि यिनलाई पाटन, मङ्गलबजारस्थित आदर्शकन्या निकेतनमा पु¥याइयो । यसरी स्कुले शिक्षा लिने क्रममा विभिन्न ठाउँमा चाहारेर यिनले २०१६ मा एस्. एल्. सी. उत्तीर्ण गरिन् । उनले पाटन कलेजबाट प्रवीणता प्रमाणपत्र तह र स्नातक गरिन भने [[त्रिभुवन विश्वविद्यालय]]बाट स्नातकोत्तर गरिन् ।<ref name="sahityaghar"/>
पङ्क्ति ७१:
===व्यक्तिगत जीवन===
 
प्रेमा शाहको यौवनावस्था र गार्हस्थ्य जीवन भने त्यति राम्रो भने भएन । साहित्यिक व्यक्तित्व झैं नै यिनको शारीरिक बनोट र रूप पनि वर्णनीय थियो । भारतका जमिन्दार जे.पी. शाहीसँग २०२८ साल असार १८ गते यिनको विवाह भयो ।<ref name="janatatimes">{{cite web|url=http://janatatimes.com/archives/20711|title=साहित्यकार प्रेमा शाहबारे केही तथ्य|trans-title=|first=लीला | last=लुइटेल | website=janatatimes.com|publisher=Janata Times | date=December 30, 2017|accessdate=2018-04-19}}</ref> बिहेपछि प्रेमा शाह बनारस पढ्न गइन् । उनी बनारसमा पढ्न बस्ता शाहीले उनलाई धूमधाम सहयोग पनि पुर्‍याएका थिए । त्यसै समयमा उनले [[बनारस हिन्दू विश्वविद्यालय]]बाट बाटिक पेन्टिङ्गमा डिप्लोमा गरिन् । साथै त्यहाँ उनले सेरामिक्सको पनि अध्ययन गरिन् । तर शाही दम्पती नेपाल फर्केपछि लगत्तै यिनीहरूको पारपाचुके भयो ।
 
लोग्नेसँग सम्बन्धविच्छेद भएपछि कलासम्बन्धी अध्ययन गर्न उनी जापानतिर लागिन् । त्यहाँबाट फर्केपछि प्रेमा शाहले काम खोजिन् र बानेश्वरको एभरेस्ट सेराटन होटलमा जागिर खान थालिन् । त्यसै बीचमा उनको परिचय आर.एम. कर्माचायर्सँग भयो ।२०३८ मा उनीहरूले बिहे गरे । बिहे गरेको एक वर्षपछि जल शाह छोरीका रूपमा जन्मिइन् ।<ref name="sahityaghar"/>
पङ्क्ति ८४:
यिनले पुस्तकाकार रूपमा ‘पहेँलो गुलाफ’ (कथासङ्ग्रह : २०२३) निकालेर नेपाली कथासाहित्यमा यौन आकर्षण प्रस्तुत गरेकी छिन् । ‘पहेँलो गुलाफ’को प्रकाशन नेपाली भाषासाहित्यमा यौनमनोवैज्ञानिक कथाको एउटा सशक्त उपलब्धी थियो ।
‘विषयान्तर (कथासङ्ग्रह : २०२८) पनि उनको दोस्रो यौन कथासङ्ग्रह हो । विषयान्तरमा प्रेमा शाहले सुरुमै लेखिन् ‘त्यसपछि उसले पेट बोकी र लोग्नेलाई राम्रो असर दिई, ‘हाम्रो परिणति ।’ तर लोग्ने केही बोल्दै बोलेन उ मात्रै केही दिनसम्म एकनासले त्यस परिणतिलाई लिएर फलाक्दै रही । अनि भित्रभित्र लाजले खुम्चिँदै गई । लोग्नेले एकचोटि पनि उसको पेटलाई लिएर कुरा गरेन् । उसले लोग्नेको अनुहारमा कुनै भाव परिवर्तन पनि देखिन । खाली ऊ एक्लै पेट हल्लाएर हिँड्न थाली र त्यस्तै पेटको बोझ लिएर बस्न थाली । शायद उसले पेट बोक्नैपथ्र्यो त्यसपछि उसले ‘हाम्रो परिणति’ को बखान गर्न छोडिदिई ।’ ‘ऊ आफैलाई सम्झाउन थाल्छे लोग्ने उसको हक होइन् । उसको त्यो बढेको पेटसित लोग्नेको नाता पनि छैन ।’
प्रेमा शाहले ‘ममी’ नामक उपन्यास पनि लेखिन् जुन यौन आकाशमै नाचेको पाइन्छ । यसका साथै ‘आकाश विभाजित छ’ नामक उपन्यास चाहिँ यिनले अरू चारजना स्रष्टाको सहभागितामा लेखिन् । प्रेमा शाहले साहित्यको सृजना गर्दै जाँदा केही बालउपन्यास र बालकथासङ्ग्रहहरु पनि लेखिन् । उनले उमेर छिप्पिन थालेपछि बालकथा र उपन्यास लेख्न थालेको देखिन्छ । उनका ६ वटा बालकथासङ्ग्रह र ३ वटा बालउपन्यास प्रकाशित छन् ।<ref name="rabinsxp1">{{cite web|url=https://www.rabinsxp.com/blog/2010/03/नारीचुली-देवी-शर्मा-प्रे.html|title=नारीचुली – देवी शर्मा – प्रेमा शाह – वानीरा गिरी – मीरा प्रधान रेम – भुवन ढुङ्गाना – माया ठकुरी – कुन्ता शर्मा – शान्ति छेत्री – बेन्जु शर्मा – तोया गुरmङ – पद्मावती सिंह – उषा ठाकुर–|trans-title=|first=RABINS |last=LAMICHHANE |website=rabinsxp.com|date=MARCH 28, 2010|accessdate=2018-04-19}}</ref>
 
प्रेमा शाह आफ्नो कविता ‘सूर्यसँग संभोग’ र ‘पहेंलो गुलाब’, ‘लोग्ने’ आदि कैयौँ कथामार्फत एउटा ‘बोल्ड’ लेखिकाको रूपमा पनि अत्यन्त चर्चित थिइन् । प्रेमाका समकालिन लेखक डा.[[ध्रुवचन्द्र गौतम (साहित्यकार)|ध्रुवचन्द्र गौतम]] उनलाई विद्रोही साहित्यकारका रूपमा सम्झन्छन् र नेपाली साहित्यमा पारिजातपछि सबैभन्दा अब्बल कथा लेखकका रूपमा लिएको बताउछन् ।<ref name="prateekdaily"/><ref name="kantipurdaily"/>
पङ्क्ति १३२:
{{reflist}}
 
==बाह्य कडीहरू==
==बाहिरी लिङ्कहरू==
* <span class="plainlinks">[http://www.majheri.com/node/1470/kk/ मझेरी डट कम]</span>
 
 
 
 
{{नेपाली भाषाका साहित्यकारहरू}}
 
{{Authority control|VIAF=}}
 
 
[[श्रेणी:लेखकहरू]]
"https://ne.wikipedia.org/wiki/प्रेमा_शाह" बाट अनुप्रेषित