"नारायणगोपाल गुरूवाचार्य" का संशोधनहरू बिचको अन्तर

सा
clean up, replaced: ==बाहिरी लिङ्कहरू== → ==बाह्य कडीहरू==
सा (रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै)
सा (clean up, replaced: ==बाहिरी लिङ्कहरू== → ==बाह्य कडीहरू==)
 
==परिवर्तनको सङ्घारमा==
हेटौँडाको छोटो बसाइँपछि नारायणगोपाल काठमाडौँ आए र जागिरे भए नाचघरमा आफ्ना मित्र माणिकरत्न र जनार्दन समको सहयोगले। नाचघर पस्दा उनी बाद्यवादकका रूपमा गएका थिए र उनी विस्तारै त्यहीँका हाकिमसम्म भए। उनले त्यहीँ रहँदा आफ्ना धेरै साथीहरू गुमाए वा उनले विस्तारै आफ्ना सहकर्मी, साथीहरूलाई छोड्दै गए। त्यसका धेरै कारणमध्ये उनको प्रसिद्धी, सफलता र उनीसँग हुर्कंदै आएको अहम् प्रमुख कारण बन्न पुग्यो।
उनी चर्चित हुँदै गएपछि आफ्ना पुराना गीतकार साथी [[रत्नसम्शेर थापा|रत्नशमसेर थापा]]बाट टाढिँदै गए र उनका गीत गाउनै छोडिदिए। उनी हाकिम भए पछि आफ्ना दोस्रो गुरु माणिकरत्नसँग बोलचाल बन्दको अवस्था बन्न पुग्यो। उनले मित्रता तोड्ने क्रममा आफ्ना बालसखा प्रेमध्वज प्रधानसँग पनि दुरी बढाए। आफ्ना मितज्यू [[गोपाल योञ्जन]]को विवाहपछि उनको गोपालसितको सम्बन्धमा पनि चिसोपन आयो। उनी एक्कासित परिवर्तनको नयाँ सँघारमा पुगे जहाँ उनका सामू आफूपछिको नयाँ पुस्तासँग भेट भयो। त्यसमध्ये दिव्य खालिङसँग उनको जोडी जम्न पुग्यो र उनले खालिङका रचना र संगीतमा आफ्नो दोस्रो इनिङ शुरु गरे। त्यो दोस्रो इनिङमा उनले सधैँ नै म हाँसे तिमीलाई रुवाई, मायाको आधारमा सम्झौता नै हुन्छ, बिपना नभइजस्ता गीतले उनलाई पुनस्र्थापित हुने मौका दियो।
 
यसैसमय उनको गीतकार [[क्षेत्रप्रताप अधिकारी]],[[किरण खरेल]], [[कालिप्रसाद रिजाल]], नोर्देन रुम्बा, [[दिनेश अधिकारी]], [[विश्वम्भर प्याकुरेल|विश्वम्भर प्याकुर्‍याल]]सँग उठबस सुरु भएपछि पुराना साथीसँगाती छुट्दै गए। संगीतकारमा नयाँ पुस्तामा [[शम्भुजित बास्कोटा]], भूपेन्द्र रायमाझी, शुभबहादुर आदि देखापरे।
* वि. सं. २०४५ सालमा [[जगदम्बाश्री पुरस्कार]],
* वि. सं. २०४७ सालमा [[उर्वशी रङ पुरस्कार]] र
* वि. सं. २०४८ सालमा [[त्रिशक्ति पट्ट|त्रिशक्तिपट्ट, तेस्रो]] (मरणोपरान्त)
 
खाना बनाउने, चेस खेल्ने चंगा उडाउने, फुटबल म्याच हेर्ने, टेबुल (विशेष गरी कोठाको) अगाडि पर्‍यो कि बजाउन थालिहाल्ने खालको उनको बानी र शौख थिए। बागीनाको प्रकाशक तथा [[सांस्कृतिक संस्थान]]का महाप्रबन्धक, [[सञ्चार मन्त्रालय]]मा सल्लाहकारसमेत भएका नारायण गोपालले गीति नाटकको कथा ''कान्छी मस्याङ'' लेखेका थिए। उनको निधन वि.सं. २०४७ साल मंसिर १९ गते राति ९ बजे [[वीर अस्पताल|बीर हस्पिटल]]मा भएको भयो।
नारायणकी श्रीमती पेमलाले नारायणका मित्र [[नगेन्द्र थापा]] र उनका शुभचिन्तक बसन्त चौधरी, फत्तेमान राजभण्डारी लगायतको सहयोगमा ''नारायण गोपाल संगीत कोष''को स्थापना गरेकी थिइन् ।<ref>https://nepalkhabar.com/np/news/entertainment/6717/?tpl=150</ref>
 
==बाह्य कडीहरू==
==बाहिरी लिङ्कहरू==
* [http://www.youtube.com/results?search_query=narayan%20gopal&search=Search युट्युबमा उपलब्ध नारायणगोपालका गीतहरू]
* [http://www.madanpuraskar.org/guthi/narayangopal.php मदन पुरस्कार गुठी]
{{reflist}}
 
{{ढाँचा:जगदम्बाश्री पुरस्कार}}
 
{{DEFAULTSORT:नारायणगोपाल, गुरुवाचार्य}}
[[श्रेणी:गीत संगीत]]
[[श्रेणी:नेपाली सङ्गीतकारहरू]]
[[श्रेणी : गोरखा दक्षिण बाहु]]
१५,६८८

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/994017" बाट अनुप्रेषित