"विकिपिडिया:चौतारी (नीति)" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा +जानकारी
पङ्क्ति ३७४:
*विश्वव्यापी आचार संहिता नेपाली विकिका लागि एकदमै आवश्यक रहेको छ । जसले गर्दा विकि प्रयोगकर्ताहरूले स्वतन्त्र रूपमा आफै मर्यादित भएर सम्पादन गर्न सकुन, अनि समुदायका सबै प्रयोगकर्ताहरू बिच सुमधुर सम्बन्ध कायम भई एक अर्का बिचको सम्पादकीय कार्य सहयोगी र विश्वासनीय होस् । ([[User:Bhupendra Shrestha|Bhupendra Shrestha]] ([[User talk:Bhupendra Shrestha|कुरा गर्ने]]) १०:१६, ३१ जनवरी २०२१ (नेपाली समय))
* सबै विकिमिडिया परियोजना र अभियानभित्र स्वीकार्य व्यवहारको एउटा सार्वभौम मापदण्ड प्रदान गर्न र विकिपिडियालाई सुरक्षित स्थान प्रदान गरी उत्पीडन र भयरहित वातावरणमा सबै विकिपिडियनलाई योगदान गर्न प्रोत्साहन गर्ने विश्वव्यापी आचार संहिताको प्रमुख उद्देश्य रहेकोले नेपाली विकिपिडियामा पनि समुदायहरूसँग व्यापक छलफल गरी निश्कर्षमा पुग्न अपरिहार्य भएको महसुस भएको छ। [[User:दीपक कथित|दीपक कथित]] ([[User talk:दीपक कथित|कुरा गर्ने]]) १०:२१, ३१ जनवरी २०२१ (नेपाली समय)
 
* आवश्यक छ[[प्रयोगकर्ता:हिमाल सुबेदी|हिमाल सुबेदी]] [[प्रयोगकर्ता वार्ता:हिमाल सुबेदी|कुरा गर्ने]] २१:००, ३१ जनवरी २०२१ (नेपाली समय)
* बिना कुनै भय योगदान गर्न आवश्यक छ। [[प्रयोगकर्ता:Bishaldev100|बिशाल श्रेष्ठ]] [[प्रयोगकर्ता वार्ता:Bishaldev100|कुरा गर्ने]] Bishaldev ११:५५, १ फेब्रुअरी २०२१ (नेपाली समय)
* विश्वव्यापी आचार संहिता (युसिओसी) व्यावहारिक विकि आन्दोलनको एक नियमित प्रक्रिया र दूरगामी संगठनात्मक अभ्यासको रूपमा आवश्यक देखिन्छ । तर यसो भन्दै गर्दा नेपाल जस्तो विभिन्न सामुदायीक र बहुभाषिक मूल्यमान्यता बोकेको विकि समुदायहरुमा एक विश्व एक नीति र नीति कार्यान्वयन र व्यावहारिक निर्णयमा संस्था नै कानुनी मालिक भन्ने कुरा त्यति सान्दर्भिक नभएको विचार व्यक्त गर्न चाहन्छु । यद्दपि संस्थामा बहुसमुदयक प्रतिनिधित्व र वैचारिक स्वतन्त्रता रहेको, तर नैतिकताको आधारमा प्रतिनिधिले विश्वव्यापी आचार संहिता भन्दा भिन्न रहेर मौलिक नीतिनियम र मूल्यमान्यताको वकालत गराई कार्यान्वयन गर्ने गराउने सम्भावना कम रहन्छ । तर विकासको क्रममै रहेका हाम्रा विकि परियोजनाहरुमा भविष्यमा यसले दिने नीतिगत फाइदालाई पनि नजरअन्दाज गर्न नसकिने भएकाले यस विषयलाई थप छलफल र आवश्यक परे कुनै अन्य वार्ता प्रणाली द्धारा सबैको मौखिक तथा लिखित जिज्ञासा समेटेर समाधान गरेपश्चात मात्र थप प्रक्रियामा लानपर्ने आवश्यकता देखिन्छ । - [[User:Nabin K. Sapkota|Nabin K. Sapkota]] ([[User talk:Nabin K. Sapkota|कुरा गर्ने]]) १७:२२, २ फेब्रुअरी २०२१ (नेपाली समय)
 
 
===जानकारी===
[[:m:Universal Code of Conduct/ne|विश्वव्यापी आचार संहिता]]को मस्यौदा पाठलाई विकिमिडिया फाउन्डेसनको न्यासी समितिले सन् २०२१ फेब्रुअरी २ को दिन अनुमोदित गरेको छ। विश्वव्यापी आचार संहिता सम्बन्धी प्राय सोधिने प्रश्नहरूको लागि [[:m:Universal Code of Conduct/FAQ/ne|मेटा पृष्ठ]] हेर्न अनुरोध गर्दछु। आउने हप्ताको अन्त्यमा यसै विषयलाई लिएर समुदायका प्रयोगकर्ताहरूसँग अनलाइन सामुदायिक छलफल गर्ने तयारी गर्देछु। हालसम्म प्रयोगकर्ताहरूले यो महत्वपूर्ण विषयमा राख्नुभएका सुझाव उत्साहजनक छ। यो सुझाव प्रक्रिया अझै चल्ने भएकोले कृपया आफ्नो महत्वपूर्ण सुझाव राख्नुहोला। धन्यवाद--[[User:BAnand (WMF)|BAnand (WMF)]] ([[User talk:BAnand (WMF)|कुरा गर्ने]]) ०८:०९, ६ फेब्रुअरी २०२१ (नेपाली समय)