"रौतहट जिल्ला" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति ५४:
गोरखाका राजा [[पृथ्वीनारायण शाह]]ले मकवानपुर विजय गरिसकेपछि पनि मकवानपुर राज्य अन्तर्गतकै यस क्षेत्रलाई बृहत गोरखा राज्यमा मिलाउन सकेका थिएनन। तत्कालिन नेपाल उपत्यका (अहिलेको [[काठमाडौँ|काठमाडौँ उपत्यका]]) विजय भइसकेपछि मात्र गोरखा राज्य विस्तारका अगुवा [[पृथ्वीनारायण शाह]]ले रौतहटदेखि [[महोत्तरी जिल्ला|महोत्तरी]]सम्मको भूभागलाई नेपाल राज्यमा गाभेका थिए।
 
सन् १७६४मा१७६४ मा [[इस्ट इन्डिया कम्पनी|इष्ट इण्डिया कम्पनी]] कप्तानका किनलकको नेतृत्वमा आक्रमण गर्दा नेपालको पहाडमा अङ्ग्रेजहरूको हार भएपछि अङ्ग्रेजहरू तीन वर्षम्म बारा, पर्सा, रौतहटका समथर मैदानमा डेरा जमाई बसेका थिए। यी कुराहरूले के प्रमाणित गर्दछ भने कागजी रूपमा रौतहट जिल्ला [[गोरखा राज्य]]को मातहत गए पनि वास्तवमा रौतहटमा कुनै एक सरकारको पकड थिएन। सन् १७८३ मा मात्र कम्पनी सरकारले रौतहट जिल्ला गोर्खालीलाई फिर्ता गर्ने निर्णय गरेको थियो। त्यस पूर्व यस जिल्लामा अङ्ग्रेजहरूको आधिपत्य थियो।
 
गणराज्यहरूको सामन्ती र डोय राज्यमा समाहित हुँदा सम्म यस भूमिको नाउँ रौतहट भएको उल्लेख कतै पाइएको छैन। यद्यपि यो ठाउँको कतियौं भूभाग ठाँठार, प्रगन्ना स्वविराज आदि नामले पुकारिन्थ्यो। राजा [[पृथ्वीनारायण शाह]], [[प्रतापसिंह शाह]], राजमाता [[रानी राजेन्द्र लक्ष्मी|राजेन्द्रलक्ष्मी]], राजकुमार [[बहादुर शाह]] र जनरल [[भीमसेन थापा]]का दूरदर्शी सैनिक अभियानले सानो गोर्खा राज्यको सीमालाई पूर्वमा [[सिक्किम]], पश्चिममा [[सतलज नदी|सतलज]]को साँध, उत्तरमा हिमालय पर्वत र दक्षिणमा [[गोरखपुर]]सम्म विस्तार भई एकीकरणको जगलाई मजबुत र स्थायी बनाउने प्रयास भइरहेको बेलामा [[बुटवल उपमहानगरपालिका|बुटवल]], स्यूराज(शिवराज)हालको रौतहट जिल्लामा पर्ने २२ वटा गाउँहरू बरेली आदिको विषयलाई लिई सन् १८१४ अर्थात् विसंवि.सं. १८७१मा१८७१ मा साम्राज्यवादी शक्ति [[इस्ट इन्डिया कम्पनी]]सँग युद्ध भएको थियो। यी ऐतिहासिक कालखण्डले रौतहट जिल्लाको गरिमालाई बोध गराउँछ।
 
वर्तमान नेपालको नक्सामा अङ्कित रौतहटको भूगोल पटक पटक परिवर्तन भएको छ। जस्तै बागमती नदी रौतहट र [[सर्लाही जिल्ला]]को सीमा छुट्याउने काम गर्छ तर नदी कटान र धार परिवर्तन भई रहने हुनाले रौतहटका कतिपय भूभाग [[सर्लाही जिल्ला]]मा गाभिएका छन।
"https://ne.wikipedia.org/wiki/रौतहट_जिल्ला" बाट अनुप्रेषित