"सुवर्ण शमशेर राणा" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ११:
एकीकरण पश्चात सुवर्णका भान्जा [[थिरबम मल्ल]]को नेतृत्वमा [[पूर्णसिंह खवास]], डीबी राई, [[दिलमान सिंह]] लगायतका सेनाको अनुभव बोकेका व्यक्तिहरूको लडाकु दस्ता गठन गरियो । उनीहरूलाई भारतका विभिन्न स्थानमा फौजी तालिम दिन थालियो र हतियार सङ्कलन द्रुतगतिमा सुरु भयो । सशस्त्र क्रान्तिको सम्पूर्ण जिम्मा सुवर्ण शमशेरलाई दिइयो । अनि कांग्रेस पूर्णरूपले सशस्त्र क्रान्तिको तयारीमा जुट्यो । सशस्त्र क्रान्तिलाई विधिवत रूपमा अनुमोदन गर्न २००७ असोज १० र ११ भारतको बैरगनियाँमा कांग्रेसले विशेष सम्मेलन बोलायो । सम्मेलन पश्चात एकदिन सशस्त्र क्रान्तिकै प्रसंगमा कुरा गर्न [[विश्वेश्वरप्रसाद कोइराला|वीपी]] र [[गणेशमान सिंह|गणेशमान]] भएको स्थानमा उनी पुगे । कुराकानीकै क्रममा सुवर्णले 'क्रान्तिका निम्ति हतियार किन्न कति रकम चाहिन्छ' भन्ने प्रश्न राख्दा वीपीले 'त्यही २५/३० लाख' भने । जवाफमा सुवर्णले 'त्यतिले कहाँ क्रान्ति हुन्छ, म १ करोड दिन्छु' भने ।
 
२००७ कात्तिक २५ र २६ को राति शून्य समयमा [[नेपाली कांग्रेसको मुक्ति सेना|मुक्ति सेनालेसेना]]ले वीरगन्ज आक्रमण गरेर सशस्त्र संघर्षको सुरुवात गर्‍यो र तेजबहादुर अमात्यलाई त्यहाँको प्रमुख बनायो । सशस्त्र संघर्षको पहिलो आक्रमणमा नै [[थिरबम मल्ल]] मारिए । छोटो समयमा आधाभन्दा बढी राज्य कांग्रेसको कब्जा र नियन्त्रणमा आयो ।
 
== संयुक्त सरकार ==