"कोङ्कण" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: thumb|[[महाराष्ट्रको कोङ्कण तटमा अ...
चिनो: २०१७ स्रोत सम्पादन
 
लेख विस्तार
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति २:
 
'''कोङ्कण''' वा '''कोङ्कण तट''' [[भारत]]को पश्चिमेली समुद्री तटमा अवस्थित एक उबडखाबड क्षेत्र हो जुन उत्तरमा [[खम्भातको खाडी]]मा अवस्थित [[दमन जिल्ला]]देखि [[महाराष्ट्र]] र [[गोवा]]को पश्चिमेली समुद्री तट हुँदै [[कर्नाटक]]मा अवस्थित [[कारवार]]को उत्तरमा रहेको [[करावली]]सम्म फैलिएको छ ।
 
==परिभाषा==
भौगोलिक हिसाबले उत्तरमा [[दमनगङ्गा नदी]]देखि दक्षिणमा [[गङ्गावली नदी]]सम्म फैलिएको भूमिलाई कोङ्कण भनिन्छ ।<ref>{{cite book |last=भण्डारे|first=वसन्त रामचन्द्र|date=सन् १९८५|title=Maharashtra-Karnataka border dispute: politics of manipulation|url= https://books.google.co.in/books?id=WbW1AAAAIAAJ&dq=Karwar+part+of+Konkan&focus=searchwithinvolume&q=Gangavali+ 63|publisher= कृति प्रकाशन|location=कर्नाटक}}</ref>
 
प्राचीनकालमा सप्तकोङ्कण नामक क्षेत्र [[गुजरात]]देखि [[केरल]]सम्म फैलिएको थियो ।<ref name="manohar">{{cite book|last=सरदेसाय|first=मनोहरराय|date=सन् २०००|chapter=The Land, the People, and the Language|url= https://books.google.co.in/books?id=1YILeUD_oZUC&pg=PA1&dq=isbn:9788172016647&source=gbs_toc_r&cad=4#v=onepage&q&f=false|publisher= साहित्य अकादमी|title=A History of Konkani Literature: From 1500 to 1992|pages=१-१४}}</ref> तटीय महाराष्ट्रदेखि तटीय कर्नाटकसम्मका क्षेत्रलाई कोङ्कणमा समावेश गरिएको छ ।
 
यद्यपि, यो खण्ड कोङ्कण र [[मालाबार तट]]को सातात्यमा अधिव्यापन हुन्छ र उक्त स्थानका उत्तरी तथा दक्षिणी क्षेत्रसँग मेल खान्छ ।
 
==शब्दको व्युत्पत्ति==
[[File:Dabhol Beach.jpg|thumb|कोङ्कण तटमा पाइने [[नरिवल]] र [[खजुर]]का बोट]]
 
[[स्कन्द पुराण]]को [[सह्याद्री खण्ड]]मा लेखिएअनुसार [[परशुराम अवतार|परशुराम]]ले समुद्रमा वाण हानी [[वरुण]]लाई वाण पुगेको ठाउँसम्मको पानी पछाडि सार्ने आदेश दिएका थिए । पानी पछि सरी उत्पन्न भएको नयाँ ठाउँलाई संस्कृतका "कोण" र "कण" शब्दको समासबाट "कोङ्कण" वा "सप्तकोङ्कण" भन्न थालियो ।<ref name="skanda">
{{cite book| title = Shree Scanda Puran (Sayadri Khandha)| editor-last = शास्त्री गायटोण्डे| editor-first = गजानन| language = मराठी| publisher = श्री कत्यानी प्रकाशन| publication-place = मुम्बई}}</ref><ref>{{cite book| title = Gomantak Prakruti ani Sanskruti| version = भाग १ | page = २०६ | last = सतोस्कर | first = बी. डी. | language = मराठी | publisher = शुभादा प्रकाशन}}</ref> प्रसिद्ध चिनियाँ बौद्ध भिक्षु [[हुयान साङ]]ले आफ्नो पुस्तकमा यस क्षेत्रलाई "कोङ्कण देश" भनेर उल्लेख गरेका थिए । [[वराहमिहिर]]को [[बृहत् संहिता]]मा कोङ्कणलाई भारतमा अवस्थित एक क्षेत्रको रूपमा वर्णन गरिएको छ । पन्ध्रौँ शताब्दीका लेखक रत्नकोषले पनि कोङ्कण देशको उल्लेख गरेका छन् ।<ref name="manohar"/>
 
==भूगोल==
[[File:Map of Hill-stations on Konkan belt.png|thumb|महाराष्ट्रको कोङ्कण क्षेत्रमा अवस्थित हिल स्टेसन र तिनलाई जोड्ने रेलमार्गको व्यवस्था मानचित्र]]
 
कोङ्कण [[महाराष्ट्र]], [[गोवा]] र [[कर्नाटक]]का पश्चिमेली तटीय क्षेत्रमा फैलिएको छ ।<ref name="manohar"/> यसको पूर्व सिमानामा [[पश्चिमी घाट]] पर्वत शृङ्खला, पश्चिम सिमानामा [[अरब सागर]], उत्तर सिमानामा [[दमनगङ्गा नदी]] र दक्षिण सिमानामा [[अघनाशिनी नदी]] रहेको छ ।
 
[[गङ्गावली नदी]] वर्तमान [[कर्नाटक]]मा अवस्थित [[उत्तर कन्नड जिल्ला]]मा बग्छ । उक्त नदीको उत्तरी तटमा कोङ्कणको दक्षिणी भाग अवस्थित छ । कोङ्कण तटअन्तर्गत [[कारवार]], [[अङ्कोला]], [[कुमठा]], [[होनावर]] र [[भटकल]] नगरी अवस्थित छन् ।
 
कोङ्कण तटमा रहेको सबभन्दा ठुलो सहर [[महाराष्ट्र]]को [[मुम्बई]] हो । उत्तरदेखि दक्षिणसम्म कोङ्कण तटमा पर्ने जिल्लाहरू निम्नलिखित छन्:
 
* [[पालघर जिल्ला]]
* [[ठाणे जिल्ला]]
* [[मुंबई उपनगर जिल्ला|मुम्बई उपनगरीय जिल्ला]]
* [[मुम्बई सहर जिल्ला]]
* [[रायगड जिल्ला]]
* [[रत्नागिरी जिल्ला]]
* [[सिंधुदुर्ग जिल्ला|सिन्धुदुर्ग जिल्ला]]
* [[गोवा]]
* [[उत्तर कन्नड जिल्ला]]
* [[उडुपी जिल्ला]]
 
==कोङ्कणी लोक==
कोङ्कण क्षेत्रमा बसोबास गर्ने जनसमूहलाई [[कोङ्कणी लोक]] भनिन्छ । यस क्षेत्रमा मुख्यतः आगरी, कुणबी, कोली, [[मराठा]], भण्डारी, महार, [[चमार]], कुम्हार, [[धोबी]], [[तेली]], सुथार, गौड सरस्वत ब्राह्मण, दैवज्ञ ब्राह्मण, गोमान्तक मराठा समाज, चित्पावन, कर्‍हाडे, चन्द्रसेनीय कायस्थ, सोमवंशीय क्षत्रिय, पाठारे प्रभु, वैश्य आदि जातहरू बसोबास गर्छन् ।
 
उत्तर तथा मध्य कोङ्कण क्षेत्रमा बस्ने आदिवासी जनजातिअन्तर्गत कातकरी, वारली तथा महादेव कोली पर्दछन् । दक्षिण [[गुजरात]], [[दादरा र नगर हवेली]] तथा [[महाराष्ट्र]]को [[पालघर जिल्ला]]मा दुबला लोक बस्छन् । पालघर जिल्लामा कोङ्कणी क्षेत्रको सर्वाधिक आदिवासी जनजाति बस्छन् । दक्षिणी कोङ्कणी क्षेत्रमा बाँदरको सिकार गर्ने आदिवासी जनजातिको बसोबास छ । गौड सरस्वत ब्राह्मण मुख्यतः गोवामा बस्छन् ।
 
कोङ्कण क्षेत्रभरि कोङ्कणी मुस्लिम तथा नवयत जस्ता मुसलमान समुदायको बसोबास छ । [[रायगड जिल्ला]]मा बेने इजरायल नामक यहुदी समाजको रहनसहन छ । उत्तरी कोङ्कण र मुम्बईमा इस्ट इन्डियन, गोवामा गोवा क्याथोलिक, उत्तर कन्नडमा कारवारी क्याथोलिक तथा उडुपी र दक्षिण कन्नडमा मङ्गलोर क्याथोलिक समाजले कोङ्कण क्षेत्रको क्रिस्तान समाज बन्छ । कोङ्कण क्षेत्रका अधिकतम मुसलमान, यहुदी तथा क्रिस्तान लोक आर्थिक अभिवृद्धि तथा सुखसुविधाका लागि मुम्बईमा बसाइ सरेका छन् ।
 
==सन्दर्भ सामग्री==
Line १२ ⟶ ५२:
 
[[श्रेणी:कोङ्कण]]
[[श्रेणी:कोङ्कणी]]
[[श्रेणी:गोवाको भूगोल]]
[[श्रेणी:भारतका क्षेत्रहरू]]
"https://ne.wikipedia.org/wiki/कोङ्कण" बाट अनुप्रेषित