"रुद्र शमशेर जङ्गबहादुर राणा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति ४०:
रुद्रशमशेर ज्यादै सोझा साथै धर्मपरायण थिए। राजकाज सम्बन्धी जालझेल कपटको साथै कूटनीतिक चाल चल्न सक्ने क्षमता उनमा कत्ति थिएन । खासगरी उनी [[जुद्ध शमशेर जंगबहादुर राणा|श्री ३ जुद्ध]]प्रति ज्यादै विश्वास र आस्था राख्दथे। उनका छोराहरू ईश्वर, [[गोपाल शमशेर जङ्गबहादुर राणा|गोपाल]], श्याम र धैर्यशमशेरहरूले बारम्बार ‘जुद्धशमशेरले हामीलाई निष्कासन गर्ने तर्जुमा गर्दै छन् भन्ने कुरा हाम्रा गुप्तचरहरूबाट सूचना आइरहेछ । कुनै एकाध गुप्तचर गलत हुन सक्छ, तर सबै तर्फबाट यही सूचना पाउनुको कारण कुरा सत्य हो’ भनी सूचना गर्दा पनि किन हो मुख्तियार रुद्रशमशेर सदैव ‘[[जुद्ध शमशेर जंगबहादुर राणा|जुद्धशमशेर]]ले म उपर यस्तो अनर्थ गर्दैन’ भन्दथे । यस्तै कमजोरी उनमा थियो ।
 
यसै १९९० साल चैत १ गते घोडेजात्राको दिन श्री ३ जुद्धले मुख्तियार रुद्रशमशेरलाई ‘काहिँला चैत ५ गते सञ्चयकोष विषयमा मिटिङ छ, त्यस दिन २ कम्पनी सेना हातहतियारसहितहातहतियार सहित सिंहदरबार पठाऊ’ भनी आदेश गरे ।
 
अर्कोतर्फ सोही दिन अर्थात् [[घोडेजात्रा]]कै दिन टुँडिखेलको खरीको बोटको चौतारामा प्रचण्डशमशेर र मानशमशेर (जुद्धकै छोरा)ले समेत गुप्त तरिकाबाट ईश्वरशमशेरलाई ‘सञ्चयकोष विषयको मिटिङ भन्ने बहाना मात्र हो, सो दिन रुद्रसहित सबैलाई काठमाडौंबाट निष्कासन गर्ने तर्जुमा गरेका छन्’ भनी सूचना गरे ।