"एडल्फ हिटलर" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ७३:
 
==राजनैतिक जिवन==
१९१८ मा हिटलरले [[नाजी पार्टी]]को स्थापना गरे। यसको प्रत्येक सदस्यमा देशप्रेमको भावना ओतप्रोत थियो। यश दलले प्रथम विश्व युद्धमा जर्मनीको पराजयको लागि यहुदीलाई दोषी ठहर्यायो।। आर्थिक स्थिति खराब भएकोले जब नाजी पार्टीका नेता हिटलरले आफ्नो ओजस्वी सम्बोधनहरूमा आर्थिक अवस्थालाई सुधृढ गर्ने आश्वासन दिए, कयौं जर्मन यश दलको सदस्य बने।। हिटलरले भूमिसुधार गर्ने, [[भर्सायको सन्धि|भर्सेलिज सन्धी]] समाप्त गर्ने र एक विशाल जर्मन साम्राज्य स्थापनाको लक्ष्य जर्मन नागरिकको सामु प्रस्तुत गरे जसबाट जर्मनहरू सुखी हुन्थे। यस प्रकार १९२२ मा नै जर्मनीमा हिटलर एक प्रभावशाली व्यक्ति बने। उनले [[स्वस्तिक]]लाई आफ्नो दलको अपने चिह्र बनाए जुन [[हिन्दू धर्म]]मा पनि शुभ प्रतीक मानिन्छ। समाचारपत्र को बलमा हिटलरले जनता माझ आफ्नो दलको सिद्धान्तको प्रचारप्रसार गरे। खैरो रङको पोशाक लगाएर सैनिक टुकुडी पनि तयार गरे। १९२३ मा हिटलरले जर्मन सरकार विरुद्ध [['कु']]को प्रयत्न गरे। यसमा असफल भएपछि उनलाई कैद गरियो। त्यहीँ उनले ''[[मीन केम्फ]]'' {{lang|de|'''Mein Kampf'''}} ({{IPA-de|maɪn ˈkampf|lang}} ("[[मेरो संघर्ष]]") नामक आफ्नो आत्मकथा लेखे। यसमा नाजी दलको सिद्धान्तको बिबेचना गरिएको थियो। उनले लेखेका छन्, " [[आर्य]] जाति सबै जातिहरूमा श्रेष्ठ छ र जर्मन आर्य हो। उनीहरूले विश्वको नेतृत्व गर्न पर्छ। यहूदी सधै भरी संस्कृतिमा बाधा सिर्जना गर्दै आइरहेका छन्। जर्मन नागरिकहरूलाई साम्राज्यविस्तारको पूर्ण अधिकार छ। उनीहरू जीवित रहनको लागि [[फ्रान्स]] र [[रूस]]सँग लडेर भूमि प्राप्त गर्नु पर्छ।"
===१९३० को दशक===
१९३०-३२ मा जर्मनीमा जर्मनीमा [[बेरोजगारी]] निकै बढ्यो। संसदमा नाजी दलको सदस्य संख्या २३० पुग्यो। १९३२ को चुनावमा हिटलर राष्ट्रपति निर्वाचनमा उम्मेदवार बने तर हिडनबर्ग संग पराजित भए। जर्मनीको आर्थिक अवस्था झनै खराब हुँदै गयो र विजयी देशहरूले जर्मनीलाई सैनिक शक्ति बढाउने अनुमति दिए। १९३३ मा चान्सलर बन्ने बित्तिकै हिटलरले जर्मन संसद् भंग गरे, कम्युनिस्ट पार्टीलाई गैरकानूनी घोषित गरे र राष्ट्रलाई स्वावलम्बी बनाउनको लागि आह्वान गरे। हिटलरले डा॰ जोजेफ गोयबल्सलाई आफ्नो प्रचारमन्त्री नियुक्त गरे। [[नाजी पार्टी|नाजी दल]]को विरोधी व्यक्तिहरूलाई जेलमा पठाइयो। कार्यकारिणी र कानून बनाउने सम्पुर्ण अधिकार हिटलरले आफ्नो हातमा लिए। १९३४ मा उनले आफूलाई सर्वोच्च न्यायाधीश घोषित गरे। त्यसै साल राष्ट्रपति हिन्डनबर्गको मृत्यु पश्चात् हिटलर राष्ट्रपति/फ्युरर पनि बने। नाजी दलको आतंक जनजीवनको प्रत्येक क्षेत्रमा छायो। १९३३ देखि १९३८ सम्म लाखौं [[यहुदी धर्म|यहुदी]]हरूको हत्या गरियो। नवयुवकहरूमा राष्ट्रपतिको आदेशको पूर्ण रूपमा पालन गर्ने भावना विकसित गरियो र जर्मन जातिको भाग्य सुधार्न को लागि सबै शक्ति हिटलरले आफ्नो हातमा लिए।
"https://ne.wikipedia.org/wiki/एडल्फ_हिटलर" बाट अनुप्रेषित