"सल्यान जिल्ला" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति ७३:
सल्यान सदरमुकाम खलङ्गादेखि १९ किलोमिटर दक्षिणपूर्वमा पर्ने उक्त मन्दिर शारदा नदीको पनि पूर्वतिर रहेको छ ।
त्यहाँ पुग्ने जो कोहीलाई छायाक्षेत्र साँच्चिकै आफै छायाँमा परेको महसुस हुन्छ । टाढा-टाढाबाट मानिसहरु आए पनि यहाँ आउने बाटो, आवास, पानी लगायतको राम्रो व्यवस्था हुन सकेको छैन ।
५० रोपनी क्षेत्रफलमा फैलिएको छायाँक्षेत्र मन्दिरमा शिवरात्रीको[[महाशिवरात्रि|शिवरात्री]]को बेलामा ठूलो मेला लाग्ने गर्दछ ।
मन्दिर परिसरमा अहिले छत्रेश्वरी देवीको ठूलो मन्दिर छ । यससँगै सुकमोला योगिनी पिशाचेश्वर महादेवको उत्पत्ति भएको धार्मिक विश्वास छ । यस मोक्ष भूमिमा काल आदि अष्ट भैरवले तपस्या गरेका थिए । जहाँ-जहाँ सतीदेवीको शरीर पतन भएको थियो, त्यहीं-त्यहीं पीठ उत्पन्न हुँदै गएको धार्मिक ग्रन्थमा उल्लेख छ ।
मन्दिर परिसरको उत्तरतिर एउटा ठूलो शीला छ, जहाँ? सतिदेवीको सम्पूर्ण अङ्ग पतन भएको विश्वास गरिन्छ । अङ्ग पतन भएको शीलामा आँखाले अवलोकन गरे सल्यानका गाउँबस्ती देख्न सकिन्छ भन्ने किंवदन्ती छ ।