"सल्यान जिल्ला" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति ६९:
छायाक्षेत्र
नेपालका सबै शक्तिपीठहरु मध्ये बली नचढाइने एकमात्र शक्ति पीठ हो सल्यान छायाक्षेत्रको छत्रेश्वरीदेवी मन्दिर । यहाँ सर्वप्रथम अष्ट भैरवले पूजाआराधना गरेकाले कुनै पनि अवसरमा बलि नचढाइने बताइन्छ ।
सत्ययुगमा महादेवले सतीदेवीको[[सतीदेवी]]को मृत शरीर बोकेर विश्व भ्रमण गर्दा देवीको अन्तिम अङ्ग पतन भएको विश्वास गरिने छायाक्षेत्र सल्यानको महत्त्वपूर्ण धार्मिक पर्यटन गन्तव्य हो ।
दाङको घोराहीदेखि करीब ७० किलोमिटर राप्ती राजमार्ग पार गरेपछि सल्यानको शंखमूल पुगिन्छ । त्यहाँबाट पैदल एक घण्टा उत्तरतर्फको डाँडोमा चढेपछि छत्रेश्वरी देवीको मन्दिरमा पुगिन्छ ।
सल्यान सदरमुकाम खलङ्गादेखि १९ किलोमिटर दक्षिणपूर्वमा पर्ने उक्त मन्दिर शारदा नदीको पनि पूर्वतिर रहेको छ ।
त्यहाँ पुग्ने जो कोहीलाई छायाक्षेत्र साँच्चिकै आफै छायाँमा परेको महसुस हुन्छ । टाढा-टाढाबाट मानिसहरु आए पनि यहाँ आउने बाटो, आवास, पानीलगायतकोपानी लगायतको राम्रो व्यवस्था हुन सकेको छैन ।
५० रोपनी क्षेत्रफलमा फैलिएको छायाँक्षेत्र मन्दिरमा शिवरात्रीको बेलामा ठूलो मेला लाग्ने गर्दछ ।
मन्दिर परिसरमा अहिले छत्रेश्वरी देवीको ठूलो मन्दिर छ । यससँगै सुकमोला योगिनी पिशाचेश्वर महादेवको उत्पत्ति भएको धार्मिक विश्वास छ । यस मोक्ष भूमिमा काल आदि अष्ट भैरवले तपस्या गरेका थिए । जहाँ-जहाँ सतीदेवीको शरीर पतन भएको थियो, त्यहीं-त्यहीं पीठ उत्पन्न हुँदै गएको धार्मिक ग्रन्थमा उल्लेख छ ।