"सल्यान जिल्ला" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति ४४:
==जिल्लाको इतिहास==
[[Image:NepalSalyanDistrictmap.png|thumb|left|300px|VDCs in Salyan]]
बाईसे राज्यभित्र पर्ने सल्यान जिल्लाको इतिहास लामो छ। यो सैत्य परिवारले राज्य गरेको सोशान्त राज्य हो यसलाईअत्यन्त गरिव राज्य भनि प्रसिध्द इतिहासकार हे। मिल्टन भन्दछन तापनी नेपाल राष्ट्रको एकिकरण अभियानमा [[पृथ्वीनारायण शाहसँगशाह]]सँग यहाँको राजा कृष्ण शाहको घनिष्ट मित्रता थियो। वि.स १८२३ माघ २५ गते सल्यानी युवराज रणभिम शाह सँग पृथ्वीनारायण शाहले आफ्नी छोरी विलासकुमारीलाई प्रणयसुत्रमा वाँधिदिए। छिल्ली बिजौरीदेखि पश्चिम दाङ्ग क्षेत्र आफ्नी छोरीलाई कुशविर्ता दिए। पृथ्वीनारायण शाहले आफ्नो कब्जामा नआउदै कुशविर्ता दिएबाटकॆ देखिन्छ भने सल्यान पृथ्वीनारायण शाहको नजरमा ज्यादै बलियो राज्य रहेछ।
 
पृथ्वीनारायण शाहको सल्यान प्रतिको नीति कायम राख्दै [[भीमसेन थापा]]ले पाल्पा विजय गरेपछि सल्यानका विषयमा रुची बढेको थियो। फलतः वि.सं.१८६९ भाद्र ३ गते मंगलबारका दिन सल्यान पनि नेपाल एकिकरण अभियान भित्र परेको सल्यान जिल्लाको ऐतिहासिक पृष्ठभूमि महत्त्वपूर्ण छ। राणकालिन अबस्थामा सल्यान जिल्ला अन्तर्गत हालको रुकुम, रोल्पा र दाङ जिल्लाको अधिकतम भाग यस जिल्लामा नै थियो। यसको क्षेत्र पनि ठूलो थियो चौथो दर्जाको बडाहाकिमको दरवन्दीथियो। अघि भएका कुराको बयान नै ईतिहास हो ति पुराना दैविक शक्तिका घटनालाई पुराण र मानविय घटना प्रधानलाई ईतिहास छुट्टयाई ईतिहास पराणानी,पञ्चमो वेद उच्येतेः भनेर वेदलाई जसौ गरी इतिहासलाई हाम्रा पुर्वजहरूले आदर भावले हेथ्र्ये । ऐतिहासिक पृष्भुमिमा सल्यान राज्यलाई गोर्खाले वि.सं.१८४३,१८६५, १९०६ मा अधिनस्थ भएपनि २०१५ सालमाको संसदिय निर्वाचमा जिल्लाको रुप खडा भएको थियो । त्यसपछि २०१७ सालमा यस सल्यान राज्यलाई कर्णाली र भेरी र राप्ती अंचलमा विभाजित गरियो । यसको पुर्व सिमा धौलागिरी र लुम्बनी दक्षिणी सिमा भारतको उत्तरप्रदेश, पश्चिमी सिमा भेरी अंञ्चल र उत्तरि सिमा कर्णाली अंञ्चल छन । यसको राप्ती अञ्चल नाम रहनको कारण यो छ कि माडी र झिम्मुग संगम राप्ती र (इरावती) र पुर्वि भागबाट बहनो बाराही (बबै) र शारदा संगम इरावती दुवै नामबाट आखिरी तिन अक्षर रावतीका आधारमा यो भुभागको नाम राप्ती रहेको हो । सल्यान भुमी पहिले बिस्तृत रूपमा ठूली थिईन ।