"शान्ता थपलिया" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३:
उनको जन्म [[तेह्रथुम जिल्ला]]को [[आठराई]]मा स्वर्गीय पिता चन्द्रप्रसाद प्रसाईं एवं माता बिष्णुमाया प्रसाईँको कोखबाट जन्मिएका एघार सन्तानमध्ये दोश्री सन्तानका रुपमा विक्रम संवत् १९९८ पुस १८ मा भएको हो ।
== शिक्षा र कानुनी सेवा ==
थपलियाले [[क्यालिफोर्निया विश्वविद्यालय]]बाट एलएलएम र [[दिल्ली विश्वविद्यालय]]बाट विद्यावारिधि]] गरेकी थिइन् । उनले नेपाल ल क्याम्पसमा साढे तीन दशक अध्यापन पनि गरेकी थिइन् । मानव अधिकार संरक्षणमा गहिरो अभिरुचि भएकी थपलियाले नेपाल न्यायिक प्रतिष्ठान, प्रहरी सुधार तथा सुझाव आयोग, [[त्रिभुवन विश्वविद्यालय]]को प्राज्ञिक परिषद्लगायत संघसंस्थाको सदस्य भएर पनि काम गरेकी थिइन् । थपलिया सार्क क्षेत्रीय महिला अधिकार समितिमा पनि सदस्य थिइन् ।
उनले नेपालको पारिवारिक कानुन, महिलाको सम्पत्तिमाथिको अधिकार, महिला अधिकारलगायत क्षेत्रमा निकै ठूलो योगदान पुर्‍याएकी छन् । मुलुकी ऐन ११ औं संशोधनको मस्यौदा उनैले तयार पारेकी थिइन् । छोरीले पनि अंश पाउने कानुन बनाउन उनले सरकारलाई निकै ठूलो दबाब दिएकी थिइन् ।
मानव अधिकारको संरक्षण र विपतमा परेका महिलाको कानुनी सहायतामा सक्रिय रूपले लागेकी थपलिया उनले २०४३ मा [[कानुनी सहायता तथा परामर्श केन्द्र (ल्याक)]] को स्थापना गरेकी थिइन् ।
सयौं असहाय महिलालाई कानुनी सहायता प्रदान गरेकी थपलियाले आफू काम गर्न नसक्ने हालतमा पुगेको भन्दै आफ्नी छात्रा [[शशी अधिकारी]]लाई २०६७ भदौमा संस्थाको जिम्मेवारी सुम्पेकी थिइन् ।
सन् १९९५ मा [[बेइजिङ]]मा भएको महिलाको चौंथो विश्व सम्मेलनमा उनले नेपाली गैरसरकारी संस्थाको प्रतिनिधित्व गरेकी थिइन् ।
 
== कृति र कीर्ति ==
उनको आत्मकथा [[मनोबल]] प्रकाशित छ । विसं २०२५ सालदेखि कानुनी सेवामा संलग्न उनलाई २०६७ मा [[लक्ष्मण अर्याल महिला अधिकार पुरस्कार]] प्रदान गरिएको थियो ।