"विकिपिडिया:चौतारी (नीति)" का संशोधनहरू बिचको अन्तर

टिप्पणी
छलफल
पङ्क्ति ३६७:
* विश्वव्यापी आचार संहिता लागु भएपश्चात् हरेक विकिपिडिया परियोजनाहरूको लागि एक न्यूनतम मापदण्ड सहितको नीति लागु हुनेछ। जसले गर्दा साना परियोजनाहरूमा नीतिको अभावमा निर्णय लिन अप्ठ्यारो हुने स्थितिमा सहायक भूमिका खेल्ने अपेक्षा गर्दछु। तथापि सबै परियोजनाहरू वा समुदायहरू आफैँमा स्वतन्त्र हुने भएको ले ती परियोजना वा समुदायको नीति र प्रस्तावित विश्वव्यापी आचार संहिताबीच कहीँ कतै विरोधाभाष आउन सक्ने हुनसक्छ। सो कुरालाई समेत विचार पुऱ्याउनु आवश्यक छ।--[[User:Nirajan pant|Nirajan pant]] ([[User talk:Nirajan pant|कुरा गर्ने]]) २०:५९, २६ जनवरी २०२१ (नेपाली समय)
* विश्वव्यापी आचार संहिताले सम्पुर्ण विकिपिडियाहरूमा न्युनतम नीति तथा निर्देशनहरूको व्यबस्था हुने छ। यद्यपी यस्ता नीतिनियमहरू राष्ट्र वा समुदाय अनुसार फरक-फरक हुनसक्ने भएको हुनाले यस सम्बन्धमा समुदायलाई पूर्ण रूपमा जानकारी दिनु तथा आवश्यक सुझाव लिनु उपयुक्त हुने देख्छु। --[[User:Nirmal Dulal|<span style="text-shadow:gray 3px 3px 2px;"><font color="#000">'''''निर्मल दुलाल'''''</font></span>]]&nbsp;[[User Talk:Nirmal Dulal|<span style="text-shadow:gray 3px 3px 2px;"><sup>(<font color="#0272FD">कुरा गर्नुहोस</font>)</sup></span>]] १०:४९, २९ जनवरी २०२१ (नेपाली समय)
* '''विश्वव्यापी आचार संहिता (युसिओसी)''' एउटा प्रमुख नीतिगत पहल रहेको र जसले सबै विकिमिडिया परियोजना र अभियान भित्र स्वीकार्य व्यवहारको एउटा सार्वभौमिक मापदण्ड प्रदान गर्न तथा विकिपिडियालाई एउटा सुरक्षित स्थान बनाउन पहल हुने देखिन्छ। जसले सम्पूर्ण योगदानकर्ताहरूलाई सुरक्षित, सकारात्मक, स्वस्थ्य वातावरण तथा सबैको सहभागिता प्रदान गर्ने तर्फ अग्रसर हुने देखिन्छ। तथापि विश्वव्यापी आचार संहिताका बारेमा समुदायमा थप छलफल चलाई बिस्तृत जानकारी गराउन सके राम्रो हुने देखिन्छ।--[[User:Janak Bhatta|Janak Bhatta]] ([[User talk:Janak Bhatta|कुरा गर्ने]]) १३:०१, २९ जनवरी २०२१ (नेपाली समय)