"कोङ्कणी लिपि" का संशोधनहरू बिचको अन्तर

सा →‎टीका-टिप्पणी: सामान्य सुधार
चिनो: २०१७ स्रोत सम्पादन
→‎टीका-टिप्पणी: लेख विस्तार
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति ६४:
* विशेष स्थितिहरूमा नासिक्य स्वरका लागि रोमी कोङ्कणीमा स्वरवर्ण अक्षरको माथि टिल्ड (~) चिह्नको प्रयोग गरिन्छ । उदाहरणका लागि, "पांय" लाई रोमी कोङ्कणीमा "pãy" लेखिन्छ ।<ref name="RomiKors"/>
* स्पष्ट विभेदनका लागि भने बन्द स्वर (ए र ओ) का लागि सर्कमफ्लेक्स चिह्न (ê र ô) को प्रयोग गरिन्छ भने खुला स्वर (ऍ र ऑ) का लागि कुनै विशिष्ट चिह्न (e र o) को प्रयोग गरिँदैन ।<ref name="RomiKors"/> यद्यपि, पाठकलाई स्वरवर्णको सही उच्चारण आउने अपेक्षा गरिएको छ भने सर्कमफ्लेक्सको प्रयोग गर्नु आवश्यक छैन ।
 
===अवग्रह (ऽ)===
बोल्ने क्रममा मनमा उब्जने आश्चर्य, खुसी, दुःख, घृणा, प्रशंसा आदि भावलाई लम्ब्याउनका लागि बाहेक [[अवग्रह]]को प्रयोग गर्ने थोरै हिन्द-आर्य भाषाहरूमध्ये कोङ्कणी पनि एक हो । मानक कोङ्कणीमा अवग्रहको प्रयोग नगरिएपनि सामान्यतया कन्नड सरस्वत जनसमूहले [[हिन्द-आर्य भाषाहरूमा श्वा विलोपन]]का नियमको अनुकूल अपूर्ण कालका क्रियापदहरूमा अवग्रहको प्रयोग गर्ने गर्छन् ।<ref name="parijnan">{{cite book | title=Hā̃va āmmi | author=परिजननाश्रम तृतीय| year=सन् २००८|edition=१| publisher=शरवरी आर्ट्स| location=मुम्बई| pages=५–७}}</ref>
 
{| class="wikitable"
|-
! वाक्य !! देवनागरी कोङ्कणी
|-
| उसले गर्दै थियो || तॊ करतलॊऽशिलॊ
|-
| उसले गर्दैछ || तॊ करतऽसा
|-
| उसले गर्दै हुनेछ || तॊ करतलॊऽसतलॊ
|}
 
शब्दको अन्त्यमा प्रयोग गर्दा अवग्रहले श्वा विलोपन नहुने अवस्थालाई सङ्केत गर्छ ।
 
==सन्दर्भ सामग्री==
"https://ne.wikipedia.org/wiki/कोङ्कणी_लिपि" बाट अनुप्रेषित