"कोङ्कणी लिपि" का संशोधनहरू बिचको अन्तर
नयाँ पृष्ठ निर्माण चिनो: २०१७ स्रोत सम्पादन |
(कुनै भिन्नता छैन)
|
२१:५३, २१ जनवरी २०२१ जस्तै गरी पुनरावलोकन
कोङ्कणी लिपिअन्तर्गत कोङ्कणी भाषा लेख्नका लागि प्रयोग गरिने पञ्चलिपि, अर्थात् देवनागरी, रोमन, कन्नड, मलयालम र अरबी लिपिहरू पर्दछन् ।
सन् १९८७ को कानुनअनुसार देवनागरी लिपिमा लेखिने पोण्डा भाषिकालाई मानक कोङ्कणीको दर्जा दिई गोवाको आधिकारिक भाषाको रूपमा प्रयोग गरिएको छ ।[१][२] रोमी कोङ्कणीले भने कुनै आधिकारिक दर्जा प्राप्त नगरेपनि गोवा सरकारद्वारा पारित अध्यादेशको आधारमा सो भाषालाई आधिकारिक सम्पर्क भाषाको रूपमा प्रयोग गर्न सकिन्छ । उक्त अध्यादेशलाई विभिन्न मन्त्रालयले विभिन्न तरिकाले कार्यान्वयन गरेको छ । उदाहरणका लागि, सन् १९९६ मा पारित गोवा पञ्चायत नियमअनुसार निर्वाचनमा प्रयोग गरिने फारम दुवै देवनागरी र रोमन लिपिमा छापिएको हुनुपर्छ ।
प्राचीनकाल
गोयकानडी लिपिमा लिखित गोवा राज्यको अरवालेममा भेट्टाइएको कोङ्कणी भाषाको पहिलो अभिलेख अनुमानतः दोस्रो शताब्दीमा गुप्त कालको बेलाको हो । त्यसमा लेखिएको छ, "शाचिपुराचे शिरसि" (अनुवाद: शाचिपुरको शिखरमा) । गोमटेश्वर बाहुबली नामक प्रकाण्ड जैन पाषाणस्तम्भको पदमा लेखिएको छ, "श्रीचामुण्डाराजें कर वियालें, श्रीगङ्गाराय सुत्ताले कर वियालें" ({{translation|श्री [[चामुण्डरायले गराए, पछि श्री गङ्गारायले पुनः गराए}}) ।[३] श्रवणबेलगोलास्थित गोमटेश्वरको पदमा दुई अभिलेख छन् — दाहिनेपट्टि र देब्रेपट्टि । दाहिनेपट्टिको अभिलेख प्राचीन कन्नड लिपिमा लेखिएको छ भने देब्रेपट्टिको अभिलेख देवनागरीमा लेखिएको छ ।
सन्दर्भ सामग्री
- ↑ Goa, Daman and Diu Act, 1987 section 1 subsection 2 clause (c) defines "Konkani language" as Konkani in Devanagari script, and section 3 subsection 1 promulgates Konkani to be the official language of the Union Territory.
- ↑ On 20.8.1992 Parliament of India by effecting the 78th amendment to the Constitution of India, Konkani in Devanagari script has been included in VIIIth Schedule of Constitution of India.
- ↑ Chavundaraya was the military chief of the Ganga dynasty King Gangaraya. This inscription on the Bahubali statue draws attention to a Basadi (Jain temple) initially built by him and then modified by Gangaraya in the 12th century CE Ref: S. Settar in Adiga (2006), p 256