"राजनीतिक दल" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : हिज्जे मिलाउँदै
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ५:
 
==लोकतन्त्रमा राजनीतिक दल==
[[नेपालको अन्तरिम संविधान २०६३]]ले राजतन्त्रको विधिवत् अन्त्य गरी नेपाललाई सङ्घीय लोकतान्त्रिक [[गणतन्त्र]]को घोषणा गरेको छ । यसरी अहिले सङ्घिय लोकतान्त्रिक गणतन्त्र भएको देशलाई संस्थागत (आगामी संविधानमा उल्लेख) गर्नु र व्यवहारमा कार्यान्वयन गर्नु नै लोकतन्त्रको मुख्य आधार हो । [[सार्वभौमसत्ता]] र राजकीय सत्ता सम्पन्न नेपाली जनता नै भएकोले प्रतिष्प्रर्धात्मक बहूदलीय लोकतान्त्रिक शासन व्यवस्थामा हुने स्वतन्त्र र निष्पक्ष चुनाव मार्फत राजनीतिक दलहरु जनताबाट चुनिएर जनप्रतिनिधिको रूपमा [[लोकतन्त्र]], जनआन्दोलन र अन्य आन्दोलनका भावना र मर्मलाई संविधानमा समेट्न अग्रसर हुनुपर्छ । देशमा भएका जातीय, क्षेत्रीय, लैंगिक र वर्गीय समस्यालाई सम्बोधन गर्नुपर्दछ । आफ्नो संविधान आफै बनाउन पाउने (आफ्नो भोट आफै छनौट गर्न पाउने) व्यवस्था लोकतन्त्रमा मात्र सम्भव छ । लोकतान्त्रिक शासन व्यवस्थामा पनि विभिन्न किसिमले जनताको प्रतिनिधित्व हुन्छ । मुख्यगरी प्रतिनिधि, प्रत्यक्ष र मिश्रीतलाई लिन सकिन्छ । प्रत्यक्ष लोकतन्त्रमा मतदाताले प्रत्यक्ष रूपमा नै नीति निर्माणमा सहभागी हुन्छन् । त्यसैगरी प्रतिनिधि लोकतन्त्रमा मतदताबाट चुनिएर जाने प्रतिनिधिमार्फत नीति निर्माण गर्दछन् भने मिश्रीत लोकतन्त्रमा कुनै नीति, नियम प्रत्यक्ष र कुनै प्रतिनिधि मार्फत हुने गर्दछ । लोकतन्त्रको दुई मुलभूत सिद्धान्त भनेको समानता र स्वतन्त्रता हुन् । राज्यमा वस्ने सबै नागरीक [[कानून|कानुन]]को हेराईमा वरावर र समान हुन्छन् अनि त्यहांको संविधानमा नागरिक स्वतन्त्रता उल्लेख गरिएको हुन्छ ।
 
१८ औँ शताव्दिमा पुरातनवादी “ टोरीज” विरुद्ध “ हेविग्ज” समूह पछि वेलायतबाट आधुनिक राजनीतिक दलको उदय भएको हो । जहाँ [[लोकतन्त्र]] (संसदीय बहुदलीय निर्वाचन पद्धती) छ, त्यहाँ राजनीतिक दलको अस्तित्व हुन्छ । राजनीतिक दलको मुख्य उद्देश्य निर्वाचन मार्फत चुनिएर सरकार (राज्य र सत्ता) सञ्चालन गर्नु हो । लोकतन्त्रमा कुनै पनि राजनीतिक दललाई चुनावमा स्वतन्त्र रूपमा प्रचार प्रसार गर्न बन्देज हुदैन । राजनीतिक दलले खुल्ला(स्वतन्त्र) रूपमा आप्mनो विचार, नीति, कार्यक्रम, अभिव्यक्ति घोषणापत्र(प्रतिवद्धता) मार्फत जनता समक्ष लैजान्छन् । राजनीतिक दललाई जनतामाझ जान र जनतालाई राजनीतिक दल छनौट गर्न कुनैपनि व्यक्ति, समूह, दलको डर, धम्की, त्रास र आतंक हुनु हुंदैन । नेपालमा राजनीतिक दल खोल्न पाउने अधिकारलाई [[मौलिक हक]]को रूपमा उल्लेख गरिएको छ ।
पङ्क्ति ११:
दोस्रो [[संविधानसभा]]को निर्वाचन पछि लोकतन्त्र र राजनीतिक दलका वारेमा धेरै किसिमका टिका टिप्पणी, बहस, छलफल भएका छन् । कसैले लोकतन्त्रको विजयको उद्घोष गरेका छन् त कसैले सङ्घियता विरोधीको जीतको संज्ञा दिएका छन् । जे होस् जनताको मतलाई स्वीकार्नै पर्छ । लोकतन्त्रको आधारभूत पक्ष भनेको नै जनादेशको सम्मान गर्नु हो । बहूदलीय प्रणालीमा दर्जनौं राजनीतिक दलहरु चुनावी प्रक्रियामा समावेश भएका हुन्छन् तर धेरै कम दललाई मात्र चुनाव जित्ने र वास्तविक राजनीतिक सत्ता हातपार्ने अवसर प्राप्त हुन्छ । राजनीतिक दल त्यो बेला मात्र सफल हुन्छ जहाँ जनभावना अनुसार शक्ति र सत्तामा रहेर जनताकै लागि काम गर्छ । जनभावना (परिवर्तन) लाई संस्थागत गर्न नसक्दा त्यसबाट लोकतन्त्र कमजोर हुनुका साथै अधिनायकबाद (निरंकुशता) जन्मन्छ । कुनै पनि राजनीतिक दलले जनभावना अनुसार काम गरेन भने त्यसलाई हटाउने क्षमता चुनावी प्रक्रिया मार्फत मात्र हुन्छ । त्यसको लागि आवधिक (नियमित) निर्वाचनको व्यवस्था हुन्छ । [[राजनीतिक दल]] संधै सफल हुन्छन् भन्ने छैन असफल पनि हुन सक्छन् । आन्तरिक (सङ्गठनिक) वा वाह्य कारणबाट तर समग्र लोकतान्त्तिक प्रणालीमा राजनीतिक दलको अस्तित्व समाप्त हुंदैन । नेपालका राजनीतिक दल र तिनका नेतृत्वले विगतमा गरेका गल्तिलाई सच्याएर आगामी दिनमा देशलाई गति (संविधान साथै विकास) दिन सक्यो भने राजनीतिक दलप्रति आम जनताको समर्थन सदैव रहन्छ ।
 
राजनीतिक दल विनाको लोकतन्त्र र लोकतन्त्रमा राजनीतिक दलको भूमिका नहुने भन्ने हुंदैन । राजनीतिक दल र लोकतन्त्रको एक आपसमा मेल (समझदारी) नहुँदा कुनै एक वा दुवै (राजनीतिक दल र लोकतन्त्र) कमजोर हुन्छ । जसबाट समाज (राष्ट्र) मा द्धन्द्ध, अस्थिरता पैदा हुन्छ । त्यसैले यी दुवै अन्तरसम्बन्धित छन् र हुनुपर्दछ । राजनीतिक दलहरु सरकारमा गएसँगै लोकतान्त्रिक भावनालाई विर्सेर दलगत स्वार्थमा लागेको पाइन्छ । राजनीतिक दलले सँधै निर्वाचनमा सहभागी हुने र शान्तिपूर्ण बाटोबाट मात्र सरकारमा स्थापित हुनुको सट्टा क्रान्तिकारी र आन्दोलनको बाटोबाट पनि अगाडि वढ्न सक्दछन् । देशको परिस्थिति, परिवर्तन, जनचाहना अनुसार अगाडि वढ्न सक्यो भने दलहरु सफल हुन्छन् । लोकतन्त्रलाई कमजोर बनाउन निरंकुशतावादी तत्व (समूह)हरू लागि परेका हुन्छन् । उनीहरूको एउटै मात्र उद्देश्य एकल शासन गरी अन्य जनतालाई नियन्त्रणमा राखी शक्ति र सत्ताको अभ्यासमा सम्पूर्ण शक्ति आप्mनो पक्षमा लिनु हुन्छ । विश्वमा धेरै देशहरूमा लोकतान्त्रिक शासन पद्दती छ त्यहाँ बहुदलीय शासन प्रणालीलाई स्वीकार गरिन्छ । जहाँ एकदलीय प्रणाली वा निरंकुशता हुन्छ त्यहाँ न राजनीतिक दलको अस्तित्व हुन्छ न लोकतन्त्रको नै । साउदी अरव, बहराईन, सयुक्त अरब इमिरेट्समा निरंकुश एकतन्त्रिक साशन छ भने उत्तर कोरिया, चीन, क्युवामा साम्यवादी एकतन्त्रिय शासन छ । निरंकुश, राजतन्त्र, शैनिक शासन र कम्युनिष्ट शासन भएका देश परिवर्तित भएर बहुदलीय प्रणालीमा प्रवेश गर्दैछन् । संसारमा कम्युनिष्ट शासनको (साम्यवादी) प्रयोग भएपनि त्यो निरंकुशतातर्फ उन्मुख भएकोले कम्युनिष्ट शासन पनि असफल हुंदैछ । [[रुस|रसिया]]([[सोभियत सघ]]) पनि यही कारणले असफल भएको थियो । त्यसैले लोकतान्त्रिक शासन पद्धति सर्वमान्य छ जहाँ राजनीतिक दल, जनता र अन्य समूहको अस्तित्व हुन्छ ।
 
राजनीतिक दलमाथि अविश्वास रहे पनि जनताले फेरी पनि तिनै राजनीतिक दललाई चुनावमार्फत आगामी संविधान निर्माण गर्ने जिम्मेवारी दिएका छन् । किनकी लोकतन्त्रमा अर्को कुनै विधि नै छैन । जननिर्वाचित व्यक्ति, समूह (राजनीतिक दल) ले मात्र त्यो प्रक्रियामा भाग लिन पाउँछ । यसमा राजनीतिक दलका नेता तथा नेतृत्व साथै सम्पूर्ण सम्बन्धित पक्ष जिम्मेवारपूर्ण हुनुपर्छ । यो अवसर पटक पटक आउने पनि छैन र संविधान निर्माण गर्ने जस्तो कुरा राजनीतिक दलको घोषणापत्र(दस्तावेज) नभएर देशमा रहेका सम्पूर्ण शक्ति (जनता) को प्रतिनिधि हुने खालको हुने भएकोले सम्पूर्ण दलको जिम्मेवारी वरावरी रहन्छ । यसो भएको खण्डमा मात्र लोकतान्त्रिक संविधान वन्छ त्यो सवैको हितमा हुन्छ । अहिलेको संक्रमणकालिन अवस्थामा देशलाई निकास दिन सक्ने वैधानिक शक्ति(निकाय) राजनीतिक दल हुन् । २००७, २०४६, २०६२।६३ मा भएका जनआन्दोलनको नेतृत्व पनि राजनीतिक दलले नै गरेका थिए । जनतामाझ राजनीतिक चेतना फैलाउने, राजनीतिक, संस्कृतिक, आर्थिक कार्यक्रम सञ्चालन गर्ने, सङ्गठन निर्माण गर्ने देखि लिएर सरकारको स्थापना र नियन्त्रण, कानुन तथा नीति निर्माण गर्ने, संवैधानिक अंगमा नियुक्ति गर्ने, अन्तरराष्ट्रिय जनतासँग सम्बन्ध स्थापित गर्ने, सरकारका अनुचित गतिविधिका प्रतिपक्षमा रहेर आलोचना गर्ने काम पनि राजनीतिक दलले नै गर्दछन् । त्यसैले राजनीतिक दलको भूमिका सबैभन्दा उच्च हुन्छ ।
"https://ne.wikipedia.org/wiki/राजनीतिक_दल" बाट अनुप्रेषित