"रोमी कोङ्कणी" का संशोधनहरू बिचको अन्तर

सा →‎बाह्य कडी: सामान्य सुधार
चिनो: २०१७ स्रोत सम्पादन
→‎इतिहास: लेख विस्तार
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति ६:
 
==इतिहास==
सोह्रौँ शताब्दीमा इसाई धर्मप्रचारकका समूहले कोङ्कणी भाषा तथा कोङ्कणी साहित्यका विभिन्न विधाका गहन अध्ययन गरी व्याकरण सन्दर्भ तथा शब्दकोश बनाएका थिए । सन् १५५६ मा [[इसाई समाज]]ले गोवामा [[गोवामा मुद्रणको इतिहास|एसियाको सर्वप्रथम छापाखाना]]को स्थापना गरेका थिए । त्यसपछि रोमी कोङ्कणी साहित्यको समृद्ध इतिहासको प्रारम्भ भएको थियो । इस्वी संवत्‌को सत्रौँ शताब्दीको सुरुवातमा [[थोमस स्टिवन्स]]ले रोमी कोङ्कणी वर्णविन्यासको विकासमा महत्त्वपूर्ण योगदान दिएका थिए । एद्वार्दो ब्रुनो डिसुजा सन् १८८९ मा [[पुणे]]बाट ''उदेन्तेचे सालक'' ([[कोङ्कणी भाषा|कोङ्कणी]]: ''उदेंतेचे साळक'', [[रोमन लिपि]]: ''Udentechem Salok'', {{translation|पूर्वी कमल}}) नामक प्रथम रोमी कोङ्कणी मासिक पत्रिकाको मुद्रणको सुरुवात गरेका थिए । उनले कोङ्कणी भाषाको प्रथम उपन्यास, ''क्रिस्तांव घोरबो'' ([[रोमन लिपि]]: ''Kristanv Ghorabo'', {{translation|इसाई घर}}) लेखेका थिए । [[शेणै गोंयबाब]]ले रोमी कोङ्कणीमा कुल सात पुस्तक लेखे ।<ref name = goanews>{{cite web|url=http://www.goanews.com/shenoi.htm|archive-url=https://web.archive.org/web/20080828083336/http://www.goanews.com/shenoi.htm|url-status=मृत|archive-date=२८ अगस्त २००८|title=GOANEWS - BY SANDESH PRABHUDESAI|date=२८ अगस्त २००८}}</ref> सन् १९६१ भन्दा पहिले कोङ्कणी साहित्यमा रोमी कोङ्कणीको प्राबल्य थियो ।<ref name="KarthikMalli">{{cite news |last1=मल्ली|first1=कार्तिक|title=Romi Konkani: The story of a Goan script, born out of Portuguese influence, which faces possible decline |url=https://www.firstpost.com/living/romi-konkani-the-story-of-a-goan-script-born-out-of-portuguese-influence-which-faces-possible-decline-6510431.html |work=फर्स्टपोस्ट|date=२८ अप्रिल २०१९}}</ref> रेजिनाल्डो फर्नान्डिजले रोमी कोङ्कणीमा ''रोमान्सेस'' ([[कोङ्कणी भाषा|कोङ्कणी]]: ''रोमांसेज़रोमांसेज'', [[रोमन लिपि]]: ''Romanses'') वर्गभित्र पर्ने गरी २०० कृति रचना गरेका थिए ।<ref>https://timesofindia.indiatimes.com/city/goa/Reginaldo-Fernandes-A-votary-of-Konkani/articleshow/52737582.cms</ref>
 
वर्तमानकालमा रोमी कोङ्कणी मुख्यतः इसाई धर्मावलम्बीहरूले प्रयोग गर्छन् किनभने गोवाको क्याथोलिक चर्चको देह संस्कारको रीति रोमी कोङ्कणीमा लेखिएको छ । यसका साथै [[गोवा र दमनको महाधर्मप्रान्त]]का काजक्रिया रोमी कोङ्कणीमा नै समापन हुन्छ । यद्यपि, इसाई धर्म नमान्ने टन्नै साहित्यकारहरूले रोमी कोङ्कणीमा साहित्य रचना गर्छन् । रोमी कोङ्कणीलाई [[तियात्र]]मा पनि प्रयोग गरिन्छ ।
 
कोङ्कणी लेख्नका लागि रोमन लिपिको मात्रै प्रयोग गर्ने मान्छेहरू पनि धेरै छन् । देवनागरी लिपिलाई कोङ्कणी भाषाको आधिकारिक लिपि मानिएको हुनाले कयौँ राम्रा कोङ्कणी साहित्यको वास्ता गरिँदैन । संरक्षित तथा संवर्द्धित रोमी कोङ्कणी साहित्यले गर्दा नै [[भारतीय साहित्य अकादमी]]ले सन् १९७५ मा कोङ्कणीलाई एक स्वतन्त्र, साहित्यिक भाषाको दर्जा दिएको थियो ।<ref>{{cite web|url=https://timesofindia.indiatimes.com/city/goa/konkani-back-in-script-row/articleshow/22955814.cms|title=Konkani back in script row|date=२४ सेप्टेम्बर २०१३|via=टाइम्स अफ इन्डिया}}</ref> यद्यपि, सन् १९८७ मा देवनागरी कोङ्कणीलाई गोवाको आधिकारिक भाषा घोषणा गरेदेखि अकादमीले केवल देवनागरी कोङ्कणी साहित्यलाई मात्रै मान्यता दिन थाल्यो । तसर्थ, रोमी कोङ्कणी साहित्य र कन्नड लिपिमा लिखित कोङ्कणी साहित्यलाई साहित्य अकादमी पुरस्कारको लागि चुनावित गरिँदैन ।<ref>{{cite web|url=https://www.thehindu.com/todays-paper/tp-national/tp-karnataka/lsquoConsider-Konkani-writers-for-Akademi-awards-irrespective-of-the-script/article16205603.ece|title=Consider Konkani writers for Akademi awards irrespective of the script'|date=२२ जुलाई २०१०|via=द हिन्दु}}</ref>
 
==रोमी कोङ्कणीको आधिकारिक मान्यता हेतु आन्दोलन==
वर्तमानकालमा देवनागरी लिपिमा लिखित कोङ्कणीका साथै रोमी कोङ्कणीलाई आधिकारिक मान्यता प्रदान गराउनका लागि माग बढेको छ । यसको प्रमुख उदाहरण ''वौरड्यांचो इष्ट'' ([[रोमन लिपि]]: ''Vauraddeancho Ixtt'') पत्रिकाको पाठक सङ्ख्याको वृद्धि हो ।<ref name="VauraddeanchoIxtt">{{cite web|url=http://www.goanews.com/news_disp.php?rnpageno=2&newsid=1060&catid=183 |title='Ixtt' with a new vigour |publisher=गोवा न्युज|accessdate=२९ अगस्त २०१२}}</ref> यसका साथै सामाजिक सञ्जाल वेबसाइट [[फेसबुक]]मा पनि रोमी कोङ्कणीसम्बन्धी विभिन्न पेजको निर्माण भएको छ ।<ref>{{cite web|url=http://www.facebook.com/Konkani.in.Roman.script?v=info |title=Konkani in the Roman script / Romi Konknni |publisher=फेसबुक|date=२५ डिसेम्बर २०१०|accessdate=२९ अगस्त २०१२}}</ref> देवनागरी कोङ्कणीका समालोचकहरूले पोण्डा भाषिका गोवाका वासिन्दाहरूले नै बुझ्न गाह्रो मान्ने हुनाले अन्य कोङ्कणी वक्ताहरूले बुझ्न नसक्ने तर्क प्रस्तुत गर्दै कर्नाटक तटमा रोमन लिपि र कन्नड लिपिको प्रयोगको तुलनामा देवनागरी लिपिको प्रयोग अत्यन्तै कम छ भनेका छन् । <ref name="goacom2049">{{url=http://goanet.org/post.php?name=News&list=goanet&info=2006-June/thread&post_id=044809|archive-url=https://web.archive.org/web/20110724132146/http://goanet.org/post.php?name=News&list=goanet&info=2006-June%2Fthread&post_id=044809|title=MORE GOA-RELATED NEWS|date=२४ जुलाई २०११}}</ref> देवनागरी कोङ्कणीका आलोचकहरू मुख्यतः [[कोङ्कणी भाषा आन्दोलन]]मा अग्रसर कोङ्कणी क्याथोलिक जनसमूह हुन् जसले परापूर्व कालदेखि नै कोङ्कणी साहित्य लेख्नका लागि रोमन लिपिको प्रयोग गर्दै आएका छन् । तसर्थ, उनीहरूले रोमन लिपिलाई पनि देवनागरी लिपिसमान दर्जा दिने माग गरिरहेका छन् ।<ref>{{cite web|author= |url=http://articles.timesofindia.indiatimes.com/2007-02-20/india/27871957_1_konkani-language-roman-script-official-language-status |title=Goa group wants Konkani in Roman script - The Times of India |publisher=टाइम्स अफ इन्डिया|date=२० फेब्रुअरी २००७|accessdate=१२ अगस्त २०१५}}</ref> तियात्र कलाकारहरूले पनि रोमी कोङ्कणीप्रति समर्थन व्यक्त गरेका छन् । रोमी कोङ्कणीले आधिकारिक दर्जा पाएमा गोवास्थित इसाई समुदाय तथा रोमन लिपिका प्रयोगकर्ताका लागि एक समावेशी वातावरणको सिर्जना हुने तर्क अघि सारिएको छ । देवनागरी लिपि नजान्ने कोङ्कणी वक्ताका लागि पनि रोमी कोङ्कणीको आधिकारिक मान्यताले भाषा सिक्नमा टेवा पुर्‍याउनेछ । देवनागरी नजान्ने गोवा निवासीहरूले आफ्नो सरकारसँग सम्पर्क गर्नका लागि कोङ्कणीको साटो अङ्ग्रेजीको प्रयोग गर्नुपरेको हुनाले पनि कोङ्कणी भाषाको प्रयोग स्वाट्टै घटेको छ ।<ref name="KarthikMalli" /> इन्टरनेटमा पनि कोङ्कणी लेख्नका लागि रोमन लिपिको व्यापक प्रयोग गरिन्छ । उक्त लिपि कम्प्युटरमा पनि सर्वाधिक समर्थित लिपि हो ।
 
==वर्णमाला==
"https://ne.wikipedia.org/wiki/रोमी_कोङ्कणी" बाट अनुप्रेषित