"बङ्गलादेश अवामी लिग" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
নতুন পাতা তৈরি করা হয়৷
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
(कुनै भिन्नता छैन)

०९:२१, १९ जनवरी २०२१ जस्तै गरी पुनरावलोकन

बङ्गलादेश आवामी लिग (बङ्गाली: বাংলাদেশ আওয়ামী লীগ) जनप्रजातान्त्रिक बङ्गलादेशको एक ऐतिहासिक तथा वर्तमानमा सत्ताधारी राजनैतिक दल हो।[४] यस राजनैतिक दलको स्थापना सन् १९४९ जुन २३ का दिन पूर्व पाकिस्तानमा आवामी मुस्लिम लिगको नामबाट भएको थियो भने त्यसपछि यस दललाई निखिल पाकिस्तान आवामी लिग भनिन थालिएको थियो। सन् १९७० देखि यस राजनैतिक दलको चुनाव चिह्न डुङ्गा राखिएको थियो। बङ्गलादेश स्वतन्त्रता युद्धको धर्मनिरपेक्षवादी राजनैतिक विचारधारा दर्शाउन सन् १९५५ मा यस दलमो नाम फेरबदल गरी "आवामी लिग" राखिएको थियो।

बङ्गलादेश आवामी लिग

বাংলাদেশ আওয়ামী লীগ
छोटो रूपAL
अध्यक्षशेख हसिना
महासचिववायदुल कादेर
संस्थापकहरूआब्दुल हामिद खान भासानी
यार मोहाम्मद खान
शामसुल हक
स्थापना23 जुन 1949 (७४ वर्ष पहिले) (1949-०६-23)
टुक्रिएकोमुस्लिम लिग
पूर्वकालीनआवामी मुस्लिम लिग
प्रमुख कार्यालयढाका
समाचारपत्रउत्तरन
सोच संयन्त्रअनुसन्धान र सूचना केन्द्र
विद्यार्थी सङ्गठनबङ्गलादेश छात्र लिग
युवा सङ्गठनआवामी जुबो लिग
महिला सङ्गठनमहिला आवामी लिग
कृषक शाखाकृषक लिग
व्यापार सङ्घ शाखाजातीय श्रमिक लिग
स्वयंसेवकक शाखाआवामी स्वेच्छासेवक लिग
सैन्य शाखारक्खी वाहिनी सन् १९७२
विचारधाराबङ्गाली राष्ट्रवादी
सामाजिक स्वतन्त्रतावादी[१]
अर्थनैतिक स्वतन्त्रतावादी[१]
राजनीतिक स्थानकेन्द्र[२][३][१]
राष्ट्रिय सम्बद्धतामहाजोट
रङहरू  हरियो
नाराजोय बाङ्ला (জয় বাংলা)
जातीय संसद
२२३ / ३५०
९ / १२
राष्ट्रपति
१ / १
निर्वाचन चिह्न
AL party symbol
राजनीतिक दलको झन्डा
वेबसाइट
albd.org

सन् १९४९ मा बङ्गाली राष्ट्रवादीहरू; आब्दुल हामिद खान भासानी, शओकत आली, यार मोहाम्मद खान र शमसुल हकद्वारा पूर्व बङ्गालको राजधानी ढाकामा अखिल पाकिस्तान आवामी मुस्लिम लिगको स्थापना गरिएको थियो भने त्यसपछि होसेन सहिद सोहरावार्दी पनि यस दल समावेश भएका थिए जो पछि पाकिस्तानका प्रधानमन्त्री बनेका थिए। पाकिस्तानमा मुस्लिम लिगको प्रभुत्व र सरकारलाई केन्द्रीकृत गर्नका लागि पाकिस्तान आवामी मुस्लिम लिगलाई बङ्गाली विकल्पको रूपमा स्थापना गरिएको थियो। यस राजनैतिक दलको स्थापना पश्चात् निकै चाँडै यसले पूर्व बङ्गालमा ठूलो लोकप्रियता हासिल गर्न सफल भएको थियो। पूर्व बङ्गालको नाम परिवर्तन गरी पूर्व पाकिस्तान बनाइए पछि आवामी लिगले अन्ततः पश्चिम पाकिस्तानको सेना र राजनीतिक प्रतिष्ठानहरू विरुद्ध सङ्घर्षमा बङ्गाली राष्ट्रवाद शक्तिको नेतृत्व गरेको थियो।[५]

बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको नेतृत्वमा यस दलले पूर्व पाकिस्तानको स्वतन्त्रताका लागि गरिएको सङ्घर्षमा नेतृत्व गरेको थियो जसमा विभिन्न चरणहरूमा गरिएको जनआन्दोलन, सन् १९६६ को ६ बुँदे आन्दोलन र सन् १९७० को असहयोग आन्दोलन र सन् १९७१ को स्वतन्त्रता युद्ध समावेश छन्।

स्वतन्त्र बङ्गलादेशको उदय पश्चात् आवामी लिग सन् १९७१ को पहिलो जन निर्वाचन जित्न सफल भएको थियो तर शेख मुजिबुर रहमानको हत्या पश्चात् सन् १९७५ मा यस दललाई सत्ताबाट हटाइएको थियो। यस दललाई पछि राजनीतिक सीमाहरूमा सैन्य शासनद्वारा बाध्य बनाइएको थियो भने यस दलका कयौँ वरिष्ठ नेता तथा कार्यकर्ताहरूको हत्या गरिएको थियो भने कयौँलाई कैद बनाइएको थियो। सन् १९९० मा प्रजातान्त्रको पुनःस्थापना पश्चात् आवामी लिग बङ्गलादेशी राजनीतिमा पुनः प्रमुख दलको रूपमा उदाएको थियो।

आवामी लिगका शीर्ष नेताहरूमध्ये ५ जना बङ्गलादेशका राष्ट्रपति र ४ जना बङ्गलादेशका प्रधानमन्त्री र एक जना पाकिस्तानका प्रधानमन्त्री बनेका छन्। बङ्गलादेशको वर्तमान प्रधानमन्त्री शेख हसिनाले सन् १९८१ देखि यस राजनैतिक दलको नेतृत्व गर्दै आएकी छिन् जो बङ्गलादेशका प्रथम राष्ट्रपति तथा राष्ट्रजनक शेख मुजिबुर रहमानकी छोरी हुन्।

सन्दर्भ सामग्रीहरू

  1. १.० १.१ १.२ "Bangladesh election: Voters prepare to go to polls amid 'atmosphere of fear' for opposition activists", The Independent, २३ डिसेम्बर २०१८, मूलबाट २८ डिसेम्बर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ सेप्टेम्बर २०१९ 
  2. Bhattacharjee, Joyeeta (नोभेम्बर २०११), "Bangladesh: Political Trends and Key Players", Strategic Trends 1 (2): १, मूलबाट २८ डिसेम्बर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ अक्टोबर २०१९ 
  3. Nazneen, Sohela (२००९), "Bangladesh: Political Party Discourses on Women's Empowerment", South Asian Journal of Cancer 24: 44–52, मूलबाट २८ डिसेम्बर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ अक्टोबर २०१९ 
  4. "যাহা জয় বাংলা তাহাই জিন্দাবাদ!"প্রথম আলো। १८ जुलाई २०१४। 
  5. হারুন-অর-রশিদ। "বাংলাদেশ আওয়ামী লীগ"বাংলাপিডিয়া। सङ्ग्रह मिति २४ जुन २०१५ 

बाह्य कडीहरू